20160331

"नेपाली जनताले निर्वाचनवाट व्यक्त गरेको मतको अपमानस्वरुप यो संविधानलाई उत्कृष्ट भनिएको छ, यो घोर आपत्तिजन्य र कृत्रिम कुरा हो" : विष्ट

"कमल थापाका फुँई मात्र हुन, हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्र छाडिसके"
रा.प्र.पा. नेपाल फेरी फुटको सँघारमा ! 
राप्रपा नेपालका सह अध्यक्ष केशर वहादुर विष्टद्वारा जारी प्रेस वक्तव्य
 २०४६ सालको जनआन्दोलन पछि देशमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी अतिरिक्त यौटा वैकल्पिक प्रजातान्त्रिक पार्टी आवश्यकतालाई महसुस गरेर तत्कालिन निर्दलिय राज्य व्यवस्था अर्न्तर्गत रहेर काम गरेका राजनीतिक शक्तिहरुको एउटै राजनीतिक दल निर्माण गर्ने र संवैधानिक राजसंस्था, वहुदलिय प्रजातन्त्रको र्सवमान्य मूल आदर्शलाई आत्मसात गर्दै एक सवल र देशको लागि वैकल्पिक प्रजातान्त्रिक पार्टी स्थापना गर्ने मूल
उदेश्यका साथ २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना भएको हो ।
२०४८ सालमा खडा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी २४ वर्षपुरा गर्न लाग्दाको अवस्थामा पार्टी  विभिन्न स्वार्थ गुटको शिकार भएर विभिन्न शाखा उपशाखा प्रशाखा जस्तै अनेकन नाममा विभाजित भई समान सिद्धान्तका राजनीतिक शक्ति विभिन्न दलको नाममा निरीह जस्तै अवस्थामा पुगेका छन् ।
२०६२ । २०६३ सालको जन आन्दोलन पश्चात् देशमा नयाँ राजनीतिक परिस्थितिको प्रादर्ुभाव भएको छ । गणतन्त्र, संघियता, धर्म निरपेक्षताको सवालमा मुलुकको राजनीति नराम्ररी विभाजित भएको छ । २०६२ मार्ग ७ गतेको भारतको राजधानी नयाँ दिल्लीमा भएको १२ वुँदे समझदारी,  २०५२ सालदेखिको माओवादी जनयुद्ध लगायतका विगतले मुलुकको राजनीतिक स्थीरता, समृद्धि, राष्ट्रिय अखण्डता जस्ता विषयहरु संवेदनशील रुपमा उठेका छन् ।     
२०७२ आश्विन ३ गते हालको नेपालको संविधान जारी भए पछि अझ जातीय, क्षेत्रिय, धार्मिक लगायतका क्षेत्रमा देशको जनमानस दर्ुदान्त तवरले विभाजित छ । समग्र देशको नेपाली राष्ट्रियता पहाडे राष्ट्रियता, मधेशी राष्ट्रियता, धार्मिक राष्ट्रियता, अधार्मिक राष्ट्रियता, धर्म सापक्षे निरपेक्ष राष्ट्रियता, धर्म निरपेक्षताका नाममा हिन्दुत्वको, वौद्धत्वको राष्ट्रियतार्,र् इर्साई धर्म राष्ट्रियतार् इत्यादि । आज देश धर्म परिवर्तनको दर्ुदान्त पिडामा फसेको छ । तर यसलाई सम्बोधन गर्न सक्ने मौलिक राष्ट्रिय राजनीतिक पार्टी देशमा अभाव छ ।
नयाँ सम्विधानको निर्माण नेपाली जनताको इच्छा वमोजिम वनेको भनिए पनि ९४ प्रतिशत ओमकार परिवारको नेपाल र्सव धर्म समभाव, पर्ूण्ा धार्मिक स्वतन्त्रता सहितको कसैले कसैको धर्म कुनै पनि वहानामा परिवर्तन गर्न नपाउने प्रत्याभूति सहितको संविधान निर्माणमा दिईएको सूझावलाई उल्लंघन गर्दै वनेको यो संविधानमा जनताको अपनत्व छैन । जनताको अपनत्व नभएको मात्रै होइन कि यो संविधानको आदर्श भन्दा पृथक राजनीतिक आदर्श राख्ने राप्रपा नेपालका केही नेता कार्यकर्ताले यसलाई उत्कृष्ट संविधानको नामाकरण गरेर राप्रपा नेपालको सिद्धान्त निकृष्ट हो भन्ने सन्देश जारी गरिराखेका छन् । राप्रपा नेपालको सिद्धान्त हिन्दु राष्ट, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन प्रणाली सहितको राज्य व्यवस्थाको मान्यतालाई आत्मसात गर्दै  ६,३०,००० नेपाली जनताले निर्वाचनवाट व्यक्त गरेको मतको अपमानस्वरुप यो संविधानलाई उत्कृष्ट भनिएको छ, यो घोर आपत्तिजन्य र कृत्रिम कुरा हो । राप्रपा नेपालको आदर्श र हामीले पाएको जनादेशको सम्मान गर्न हामीले यो संविधानको कुनै नाम र वहानामा र्समर्थन गर्ने, सपथ लिने र लागु गर्ने कार्य हुनु हुँदैन । जो भई रहेको छ । र्सार्वभौम सत्ता जनतामा नीहित सिद्धान्तको मान्यतालाई राप्रपा नेपालले मौलिक कुरा र सिद्धान्तलाई जनमत संग्रहमा लैजाने प्रयत्न पनि स्वीकार नभएको अवस्था छ ।
अतयव वलियो पार्टर्ीीनाउन संविधान प्रदत्त अधिकारहरुको प्रयोग गर्ने हो भने सवै राप्रपा एकिकृत हुनु वाहेक अर्को विकल्प हुन सक्दैन साथसाथै तुरुन्त राप्रपा नेपालले असान्दर्भिक सरकारमा वर्साई गरिरहनु उपयुक्त छैन ।
पार्टी  संस्थागत परिपार्टी चलाउन व्यक्तिको असीमित आडम्बर र मनपरिवाट जोगाउनु, पार्टी  नेता, कार्यकर्तालाई दास दलालको पहिचानवाट स्वाभिमानी, अनुशासित, भिन्न विचारलाई कदर गर्ने, प्रजातान्त्रिक चरित्रको वनाई राष्ट्रिय बैकल्पिक प्रजातान्त्रिक पार्टी  रुपमा स्थापित गरी हाम्रा मान्यता धार्मिक स्वतन्त्रता सहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानिय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै देशको स्वाभीमान  सुहाउँदो, पर्ुखाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ भन्ने मान्यता वोकेका र यस मान्यताको प्राप्तिका लागि संर्घष्ा गरी रहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकिकृत राप्रपा वनाउनु पर्ने आजको आवश्यकता हो ।

केशर वहादुर विष्ट
सह अध्यक्ष
राप्रपा नेपाल   

कमल थापामाथि केशरबहादुरका ५ आरोप
'६ लाख ३० हजार मतदाताको अपमान भयो'
१.संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्रको सर्वमान्य मूल आदर्शलाई आत्मसात गर्दै वैकल्पिक प्रजातान्त्रिक पार्टी स्थापना गर्ने उद्देश्यका साथ ०४८ सालमा खडा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी आज २४ वर्ष पूरा गर्न लाग्दा विभिन्न स्वार्थ गुटको शिकार भएर विभिन्न शाखा उपशाखा प्रशाखा जस्तै अनेकन नाममा विभाजित भई दलको नाममा निरीहजस्तै अवस्थामा पुगेको छ ।
२. राप्रपा नेपालको सिद्धान्त हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन प्रणालीसहितको राज्य व्यवस्थाको मान्यतालाई आत्मसात गर्दै ६,३०,००० नेपाली जनताले निर्वाचनवाट व्यक्त गरेको मतको अपमानस्वरुप यो संविधानलाई उत्कृष्ट भनिएको छ, यो घोर आपत्तिजन्य र कृत्रिम कुरा हो ।
३. राप्रपा नेपालको आदर्श र हामीले पाएको जनादेशको सम्मान गर्न हामीले यो संविधानको कुनै नाम र वहानामा समर्थन गर्ने, सपथ लिने र लागु गर्ने कार्य हुनुहुँदैन, जो भइरहेको छ ।
४. बलियो पार्टी बनाउन संविधान प्रदत्त अधिकारहरुको प्रयोग गर्ने हो भने सबै राप्रपा एकीकृत हुनुबाहेक अर्को विकल्प हुन सक्दैन । साथसाथै तुरुन्त राप्रपा नेपालले असान्दर्भिक सरकारमा बसाइ गरिरहनु उपयुक्त छैन ।
५. पार्टीलाई संस्थागत परिपाटीमा चलाउन व्यक्तिको असीमित आडम्बर र मनपरीबाट जोगाउनु, पार्टीका नेता, कार्यकर्तालाई दास दलालको पहिचानवाट स्वाभिमानी, अनुशासित, भिन्न विचारलाई कदर गर्ने, प्रजातान्त्रिक चरित्रको बनाई राष्ट्रिय बैकल्पिक प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक छ ।
हाम्रा मान्यता धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानीय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै देशको स्वाभीमान सुहाउँदो, पूर्खाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ ।
यही मान्यता बोकेका र यस मान्यताको प्राप्तिका लागि संघर्ष गरी रहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकीकृत राप्रपा बनाउनुपर्ने आजको आवश्यकता हो ।
(सह-अध्यक्ष विष्टद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिबाट)


************************
कमल थापाका फुँई मात्र हुन, हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्र छाडिसके
Keshar1
केशरबहादुर बिष्ट( सहअध्यक्ष राप्रपा नेपाल)
राप्रपा नेपालको तपाई दोस्रो नेता तथा सहअध्यक्ष तर किन केन्द्रीय समितिको बैठकमा जानु भएन  ?
दुर्भाग्यवस मलाइ केन्द्रीय समितिको बैठक बारे थाहा छैन र कसैले पनि सुचना पनि गरेको छैन । मैले पनि आजदेखि केन्द्रीय समितिको बैठक बस्दैछ भन्ने सुनेको छु तर जानकारी दिएका दिएनन् ।
जानकारी पाउनु भएनकी मन फाट्यो ?
मन फाट्या छैन, यस्ता कुरामा मन फाट्दैन पनि । तर मैले केही पार्टीहितका लागि एजेण्डाहरु उठाएको छु, । म नभएपनि ति एजेण्डामा केन्द्रीय समितिभित्र पक्कै छलफल होला । हिन्दुराष्ट्र, संबैधानिक राजतन्त्रका बिषयम पार्टी लिएको नीति र हाम्रा क्रियाकलाप सामान छैनन् । यही कारणले पार्टी फुटाउने वा अलग्गीने कुरा चाँहि नगरौ ।
तपाई राख्न खाजेका एजेण्डा के के हुन ?
म  चाहिँ राप्रपाहरु एकिकृत हुनुपर्छ भनेर ‘स्ट्रङ’  विचार राख्ने मानिस हुँ । जसरी माक्र्सवादी, माओवादी, र लेनिनवादीहरु एमाले र एकजुट हुँदैछन् त्यसैगरी  हिजोदेखि राजासँग काम गरेका,  पञ्चायत व्यवस्थामा उदाएका  प्रजातन्त्रवादी, राजतन्त्रवादी र धर्मवादी सवै एकै ठाउँमा हुनु पर्दछ भन्ने मान्यता राख्छु । यी सवैलाई एकै ठाउँमा ल्याउने मेरो अभियान हो ।
यस्ता कुरा त बारम्वार अध्यक्ष कमल थापा पनि भन्दै आउनु भएको छैन र ?
उहाँले भन्नु मात्र भयो, गर्नु भएन । हाम्रो एजेण्डा हिन्दुराष्ट्र हो तर संविधानमा धर्मनिरपेक्षता छ, हाम्रो एजेण्डा संबैधानिक राजतन्त्र हो, तर संविधानमा गणतन्त्र छ, हाम्रो एजेण्डा स्थानीय स्वायत्त शासन हो, संविधानमा संघिय लोकतान्त्रिक गणतन्त्र छ । अब तपाईहरु नै भन्नु होस यस्तो नीति लिने पार्टीले कसरी संविधानको स्वागत गर्न सक्छ ? हाम्रा एजेण्डा नसमेटेको संविधान अन्तर्गत सरकारमा जानु गलत थियो र सुर्धानका लागि सरकारबाट बाहिर आउनु पर्दछ ।
यो सरकारमा तपाईको छोरा विराट बिष्टपनि मन्त्री हुनुहुन्छ होइन र ? छोरालाई किन पठाउनु भयो ?
मैले नीतिको कुरा गरेको हुँ । पार्टी सरकारमा जानु पर्दैन भन्नेमा पहिले देखि नै थिएँ । तर सरकारमा गएपछि को ब्यक्ति गयो भन्ने कुरा आउँदैन । मैले कमल थापा जानु भयो, विराज जानु भयो भन्ने प्रश्न उठाएको होइन । अहिले हाम्रो पार्टीका सात जनाले झण्डा हालेका छन् । कसले झण्डा हाले भन्नु भन्दा झण्डा हाल्नु गलत हो भन्ने हाम्रो कुरा हो ।
बाहिर कुरा के आएको छ भने दुई राप्रपाको एकीकरणपछि तपाई लोकेन्द्रबहादुर चन्दलाई पार्टी अध्यक्ष बनाउन यस्तो खेल खेल्दै हुनुहुन्छ भन्ने छ नी ?
यो कुरा पूर्णरुपमा सत्य होइन । एक चौथाई सत्य हो । पहिलो कुरा पार्टी एकतामा अवरोध नहोस भन्नका लागि अहिले यो छलफल चलिरहेको छ । पार्टी एकतालाई बल पुरयाउन र अध्यक्षलाई नै सहयोग गर्न यो छलफल चलाएका हौ । तुरुन्तै महाधिवेशन गरौ महाधिबेशमा चाँहि नउठ्ने मान्छेले अध्यक्षता गरौ यो चाहिँ भन्या हो । लोकेन्द्रबहादुरजी अध्यक्षतामा उठ्नु भएन भने केही आपत्ति भएन । उठ्नु भयो भने अध्यक्षता नगरौ भन्ने हाम्रो भनाई हो ।
कुरा सजिलै भए किन बिज्ञप्ती निकाल्नु भयो र किन केन्द्रीय समितिको बैठकमा जानु भएन ?
बिज्ञप्ती आवश्यक परेर निकालेको हो । छलफल अलिकति डाइभर्ट हुन थालेको बुझेर मैले ट्रयाकमा ल्याउन बिज्ञप्ती निकालेको हुँ ।
********************************************
ओलीलाई गाई बेचेर सत्ता किन्ने कमल थापा अब के गर्लान ?
- सूर्य खड्का

चैत्र १६ गते एकाएक राप्रपा नेपालका सहअध्यक्ष काठमाण्डूमा समाचारको मुख्य शीर्षक बन्दै गर्दा पार्टी अध्यक्ष कमल थापा मधेश क्षेत्रमा सरकारका उपलव्धीको चर्चा गर्दै थिए । यो सरकारबाट पार्टीको घोषित कार्यलक्ष्य प्राप्त गर्न असम्भव रहेकाले पार्टी तत्काल सरकारबाट फिर्ता हुनुपर्छ भनी सहध्यक्ष बिष्टले आह्वान गरिरहँदा गृहनगर क्षेत्रमा रहेका संस्थापक अध्यक्ष थापाका मनमा जति धेरै चिसो पस्यो, त्यो भन्दा बढी रातको निन्द्रा विथोलिएको हुनुपर्छ बालुवाटारमा सरकार प्रमुख केपी ओलीको । कारण झापा क्रान्तिदेखि बाचुन्जेल कमल थापापन्थ र विचार विरासतको खिलाफमा लडेका तिनै ओलीलाई अहिले देशको कार्यकारी  प्रमुखको कुर्सीमा चढ्न, टिक्न र बिक्न उनै कमल थापाको साहरा अनिवार्य मध्येको एक शर्त हो ।
समकालिन नेपाली राजनीतिमा, खासगरी २०६२÷६३ को परिवर्तनका हिमायतीहरुका नजरमा कमल थापा नानाथरी थएपनि यो सत्तासमीकरणका र ओली सत्ताका लागि त बैशाखी नै हुन । बर्तमान सत्ताको आयू र उपलव्धी वा सुरक्षाको खोजी हँुदा अनिवार्य पात्र हुन् कमल थापा । कमल थापा एक व्यक्ति मात्रै हनन् बरु हुन् एक जर्वजस्त प्रवृत्ति जो यो वा त्यो मानेमा सधँै हुन्छन् सत्ताकै वरिपरी । गणतन्त्र नेपालको संविधान कार्यान्यन गर्ने कसम खाएर सिंहदरवार पसेको सरकारका शक्तिशाली मन्त्री कमल थापा बन्नु र खासगरी देशको बिदेश मामलामा लागेको कालो बादल चिर्ने प्रमुख सेतुपात्र नै थापा बन्नु धेरैका लागि अस्वभाविक थियो भने स्वयं प्रधानमन्त्री ओलीका लागि पनि बिझाउँदो वाध्यतात्मक साथ । त्यसैले ओलीले राप्रपा नेपालका मन्त्रीहरुको सम्भावित सत्ताबर्हिगमनको असरबारे हिसाब–किताव मिलाउन सहयोगीहरुलाई पक्कै सुझाए होलान् र थापासँग दूरभाष संवाद पनि गरे होलान् । त्यो उनीहरु नै जानुन् । सरकारका एक अनुभवी र शक्तिशाली मन्त्रीका रुपमा थापाको सिंहदरवार राजको रहस्य पछि खोतलाँैला तर अहिले प्रसङ्ग उनै थापाको दल राप्रपा नेपालको विबाद नै हो ।
लोक जान्दछ राप्रपा नेपालमा फेरि बिभाजन भैसकेको छ यद्यपि यसको औपचारिक घोषणा हुन भ्याएको छैन शायद । बिभाजनको पूर्वघण्टीका बीच यो दलले बिहिबार वीरगञ्जमा गरेको केन्द्रीय भेला पार्टीमा नयाँ उर्जा संचार गर्ने प्रयाश त जरुर हो । तर, यो पार्टी जीवनको एउटा औपचारिक निरन्तरता शिवाय उल्लेख उपलव्धी खोज्ने तहको कुनै कुम्भभेला हैन, भएको पनि छैन । भेलाले सरकारका उपलव्धीका जति चर्चा गरे पनि, सत्तामा हुँदाका जति फाईदाका हिसाव निकाले पनि राप्रपा नेपाल सत्तामा जाँदा घट्दै र सड्दै गएको तथ्य पुष्टि गर्न शायद सहअध्यक्ष विष्टकै बर्हिगमन काफी उदाहरण हो ।
नेपालीमा प्रचलित उखान बोकाको मुखमा कुभिण्डो अट्दैन भन्ने आख्यानसँग ठ्याक्कै मेल खान्छ राप्रपा नेपालको अहिलेको द्धन्द । सहअध्यक्ष विष्टको केही दिन अघिको सार्वजनिक विरोध र वक्तव्यवाजीलाई खारेज गर्ने वीरगञ्ज वैठकको उपादेयता किन सावित हुने छैन भने यसले पार्टीको साख र शक्तिलाई थपेन बरु सबै दल उस्तै हुन्, राप्रपा नेपाल पनि त्यही ड्याङको मुला हो भन्ने मान्यतालाई चरितार्थ गरेको छ । एकादुई वा एउटा तप्का वा विष्ट मार्का मात्रै पनि यो अवधिमा बिद्रोही बन्नु भनेको राप्रपा नेपालको पार्टी जीवनको क्षती हो भने बाँकी लोकजनका लागि खिल्ली–ट्यूरीको मसला ।
प्रत्यक्षतर्फ शून्य सिटको जीतका बाबजुद संसदको चौथो ठूलो दल बन्ने जनादेश राप्रपा नेपालको मुद्धा, अडान र निष्ठाप्रतिको जनऐक्यवद्धता थियो । तर के निर्वाचनपछिका यी अवधिमा राप्रपा नेपालको भूमिका जनादेशको जगमा जनताको हित र पार्टीको नीति अनुरुप नै चल्यो त ? यो अनुत्तरित प्रश्नभित्रै छ शायद सहअध्यक्ष विष्टको शालीन विद्रोहको कारण र पार्टीले सरकारमा हावी हुन पाउँदा पनि जनताबाट स्यावासी पाउन नसक्नुको यथार्थ । फिफाले सर्टिफाईड गरेका भ्रष्ट भाई गणेश थापालाई माननीयको छाता नओढाएको भए, समानान्तर राप्रपा वालाहरुलाई रिझाएको भए, नागार्जुनतिरको ग्रीन सिग्नल अनुसार नै पार्टीलाई सबैको बनाउन सकेको भए, जनादेश अनुसार सत्ताका लागि हतार नगरेको भए वा संघीय गणतन्त्रको संविधानको रक्षाकवच बन्ने खेलमा नलागेर कमल थापा जनताका बस्ती बस्ती र दैलो–दैलोमा संगठन गर्न दौडेका भए शायद उनी अहिलेको भन्दा अग्लो कदमा देखिन्थे की ?  
राप्रपा नेपाल दल हो की कमल थापाको क्लब ? यसको उत्तर अरुले भन्दा ज्यादा टंक ढकालहरुले देलान्, जवाफ वकिल बिष्णु भट्टराई, बालकृष्ण न्यौपानेहरु वा केही हदसम्म राजाराम श्रेष्ठहरुसंग नै बढी होला । तर राजसंस्था सहितको विकेन्द्रीत प्रजातन्त्र र हिन्दुराष्ट्र पुर्नस्थापनको दमदार एजेण्डाका साथ जनताबाट पाएको २५ सीटको माननीय जत्था सत्ताको वरीपरी नै झुम्मिँदा दल उँभो लाग्न नसक्नु शायद वीरगञ्ज भेलामा मिहिन रुपमा खोतलिनु पर्ने बिषय हो । भन्नेहरुले भनेकै हुन् थापाले ओलीलाई गाई बेचेर सत्ता किने । हो के ? त्यो उनै जानुन् । तर विष्ट जस्ता दाजुभाईहरुलाई रिझाउन नसक्दा वा राप्रपा नेपाल समानान्तरको व्यानर मुनी गोलबन्द भएकाहरुलाई अघिपछि लाउन चुकेर थापाले गाईको नाममा जुटेका भाई मिलाउने योग्यता प्रमाणित गर्न नसकेको साँचो सत्य शायद ओपन सेक्रेट हो ।
अहिले पशुपति राणा र लोकेन्द्र बहादुर राप्रपावालाहरुको लफडाको अस्थायी व्यवस्थापनसँगै राप्रपा नेपाल र राप्रपावीच एकिरकणको जुन हल्ला छ त्यो सार्थक हुने–नहुने भन्ने पनि धेरै हदसम्म कमल थापाकै सुरतालमा भर पर्नेछ । थापाले पार्टीभित्रैका प्वाल टाल्न नसकेको बेला मुद्धा नै नमिल्ने राप्रपासँग एकिकरण गर्न जति कठिन छ, उति नै उनले पार्टीको अहिलेको सान, मान र स्वभाभिमान जोगाउन मात्रै पनि सहज छैन । कमल थापाको जति पनि राजनीतिक कदम सधैँ सत्ताको स्वाद चाख्नमै बित्दै जाँदा उनी पंचायत, पुर्नस्थापित प्रजातन्त्र र गणतन्त्रसम्मका शक्तिशाली मन्त्री त रहे । तर त्यो सार्थक कति भो त पद पाउने हद बाहेक ?
हजार तर्क होलान राप्रपा नेपालका नेता कार्यकत्र्तासँग यो सत्ताको मतियार वा साझेदार हुनुको आधार, कारण प्रष्ट्याउन । तर एकै प्रश्न काफी छ उत्तरका लागि । के यो नै उनको पार्टीको नीति थियो त ? लौ नीति त मुल्तवीमा प¥यो रे, संक्रमणकालिन अवस्थामा, उसो भए उपलव्धी के त ? केही थान मन्त्री, सत्ताको चास्नी र सत्तारुढको हैसियत मात्रै ?  शायद कमल थापा पन्थले गरि खाएको हेर्न चाहने असंगठित देशैभरका जनता र नागार्जुनवासी पूर्वराजा ज्ञानेन्द्रले पनि हेरिरहँदा पनि नबुझेको तथ्य यही हो की ? हेरौँ यसको जवाफ कतै वीरगञ्ज भेलाबाट खोतलिन्छ की ?
*******************

कमल थापाको दुखेसो ‘सरकारका कामप्रति मेरै मन अमिलो छ’
kamal thapa  उपप्रधान तथा परराष्टन्त्री कमल थापाले सरकारका कतिपय क्रियाकलापबाट आफु निकै दुखी भएको सार्वजनिक अभिब्यक्ति दिएका छन् । ‘म सरकारका कतिपय निर्णय र काम कारवाहीबाट दुखि भएको छु’, बुधबार गृहजिल्ला हेटौडा पुगेर उपप्रधानमन्त्री थापाले भने ‘कालोबजारी नियन्त्रण र राष्टपिता पृथ्वीनारायण शाहको जन्म दिन नमनाउने कुराले हाम्रो मन अमिलो भएको छ ।’
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कमल थापा उपप्रधानसहित परराष्ट र स्थानीय विकासमन्त्री छन् । तीन वटा मन्त्रालय पाएको राप्रपा नेपालले आफ्ै सहभागि सरकारप्रति दुख पोखिरहेको छ । प्रधानमन्त्रीपछि थापा नै बढि चर्चित मन्त्री छन् तर पनि उनी सरकारको काम कारवाहीबाट सन्तुष्ट हुन सकेका छैनन् ।
हेटौडा नगरपरिषदको बैठक उद्घाटन गर्दै थापाले सरकारले नाकाबन्दीपछि बढ्दै गएको कालोबजारीलाई नियन्त्रण गर्न नसकेको बताए । ‘कालोबजारी मौलाउँदै गएको छ, भूकम्मबाट घरबास गुमाएकाले अझै आवास पाउन सकेका छैनन्’, थापाले भने ‘अन्य सरकारभन्दा यो सरकारले धेरै राम्रा र दिर्घकालिन उपलब्धीका काम गरेको छ तर सन्तुष्ट हुने ठाउँ अझै छैन ।’
राप्रपा नेपालकै सह अध्यक्ष केशरबहादुर बिष्टले सरकारबाट बाहिरिन थापालाई चेतावनी दिएको दुई दिनपछि यस्तो अभिब्यक्ति आएको हो । ‘सरकारमा बस्ने या बाहिरिने ब्यक्तिको चाहानामा भर पर्दैन, थापाले भने ‘त्यसका लागि केन्द्रीय समिति बैठकले निर्णय गर्छ ।’ राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आजदेखि वीरगञ्जमा बस्दैछ । तर सहअध्यक्ष बिष्ट भने बैठकमा सहभागि नहुँने भएका छन्
***************
कमल थापाले जबाफ दिन सक्नुहोला यि प्रश्नहरुको ?!
सर्बोच्च अदालतमा न्यायाधिश प्रस्तावित हुँदा न्यायाधिश पद छोडेर बसेका र राजनीति मार्फत देशको न्याय क्षेत्रकै अपरेशन गर्छु भन्दै राजनीतिमा होमिएका पुराना अधिबक्ता, प्रखर बक्ता बिष्णु भट्टराईले सर्बोच्च अदालतसम्म पुगेर आफैले बार बार कानुनी रुपमा जिबन दान दिएका रा.प्र.पा. नेपाल र कमल थापाका बारेमा यसरी बोल्नु भएछ !



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक