(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20160303

‘धिक्कार’ मेरा सन्तान–दरसन्तान इन्स्योरेन्स एजेन्ट नबनुन् ! - शिव प्रकाश

 बोस्टनका एक मित्रले इन्स्योरेन्समा आफू ठगिएको दुःखेसो पोख्दै भने– मेरा सन्तान–दरसन्तान इन्स्योरेन्स एजेन्ट नबनुन् ! इन्स्योरेन्सको प्रसंगलाई पुनः जोड्ने छु । यसअघि म किन ‘धिक्कार’ लेख्दै छु ? आफैंमा उब्जिएको यो प्रश्नको जवाफ पनि आफैं दिदै छु ।
‘धिक्कार’ शिर्षक राखेर यसअघि एउटा लेखेको थिएँ । अन्य शिर्षकामा जोडेर थप केही लेखहरु पनि लेखेँ । जसलाई अग्रज तथा पाठकमित्रहरुले रुचाइदिनु भो । खुसी लाग्यो ।
यो शिर्षकमा केही लेखेपछि ‘धिक्कार’लाई अभियानका रुपमा चलाउनु पर्ने सुझाव पुराना पत्रकार तथा लेखक रमेश शर्माले दिनुभयो । यसबारेमा हामीबीच चर्चापरिचर्चा अझै चलिरेको छ ।
एउटा थोत्रो मित्र राजेश मिश्र, जो दशक अगाडिसम्म पत्रकारिता र लेखनमा सक्रिय थियो । खासमा सक्रिय मात्र थिएन, एक कलमबाजका रुपमा थियो । नेपालका थोरै पत्रकार र लेखकमध्ये निर्भिक र इमान्दार मानिन्थ्यो, मेरो नजरमा । तिनै थोरै पत्रकार र लेखक मध्ये उसको कलमको निभ मलाई धारिलो तरबारको तीखो टुप्पो जस्तो लाग्थ्यो, यद्यपि लाग्छ । साँध लगाउँन नछोड्नु है राजेश ।
पत्रपत्रिकामा तरबारको तीखो टुप्पोले कोरेका उसका शब्दहरुको पाठक
थिएँ, म । यद्यपि छु ।
dhikkar1
किन ‘धिक्कार’ लेख्दै छु ? आफैंमा उब्जिएको यो प्रश्नको जवाफ पनि आफैं दिदै छु । ‘धिक्कार’ शिर्षक राखेर यसअघि एउटा लेखेको थिएँ । अन्य शिर्षकामा जोडेर थप केही लेखहरु पनि लेखेँ । जसलाई अग्रज तथा पाठकमित्रहरुले रुचाइदिनु भो । खुसी लाग्यो । यो शिर्षकमा केही लेखेपछि ‘धिक्कार’लाई अभियानका रुपमा चलाउनु पर्ने सुझाव पुराना पत्रकार तथा लेखक रमेश शर्माले दिनुभयो । यसबारेमा हामीबीच चर्चापरिचर्चा अझै चलिरेको छ ।
निष्ठाको बाटो हो, पत्रकारिता र लेखन । राजनीति जस्तो सेवा हैन तर पेशा हो । जसलाई व्यवासाय पनि भन्न सकिन्छ तर व्यपार हैन । धिक्कार भन्नै पर्छ, यस्तो पवित्र पेशालाई पनि कतिले व्यापार बनाएका छन् ।
सेवा ठानिएको राजनीतिको कुरा नगरे हुन्छ । नेपालमा राजनीति व्यवासाय, व्यवसायभन्दा बढी व्यापार र व्यापारभन्दा बढी कालाबजारीको पर्याय भएको छ । लेख्नु र धिक्कार भन्नु बाहेक यिनका लागि हामीले गर्ने दवाई अरु केही छैन । हाम्रो दवाईले कहिल्यै छुदैन, तै पनि हामी गरिरहेका छौं । राजनीतिमा कालाबजारी व्यापार बढ्दो छ, धिक्कार !
पत्रकारिता र लेखनलाई पनि व्यापार बनाउने धेरै छन् । अमेरिकामा जीवन विमाका नाउँमा नेपालीले नेपालीलाई डरलाग्दो किसिमले ठगी गरेर बदनाम् भएजस्तो पत्रकारिता र लेखनका नाउँमा बदनाम भएका कथितहरुको पनि कमी छैन । कुन स्तरका छन् ती कथितहरु धेरै पठाकलाई थाह नै छ । कथिहरुप्रति पनि धिक्कार भन्नु बाहेक केही छैन ।
एउटा कुरामा विश्वस्त छु– मान्छे जे हो त्यही नै हो, सुध्रिए जस्तो देखिन्छ तर असल मान्छे सुध्रिन जरुरत नै छैन । खराब कहिल्यै सुध्रिदैन । खराबले अन्ततः खराबै परिणाम दिन्छ । जिउँदो उदाहरण हो, अमेरिकामा ‘मृत्यु विमा’ प्रकम्प ! धिक्कार !
मेरो विश्वासले भन्छ, राजेश पत्रकारितालाई व्यवसाय बनाउन चाहन्छ तर व्यपार हैन । उनको स्वभाव र आचरण व्यपार गर्ने खालको छैन । स्पष्ट र निर्भिक मान्छेले व्यापार गर्न जान्दैन । सक्दैन । व्यापारमा दलाली चाहिन्छ । त्यस्ता टेढाले के दलाली गर्नु ?
बल्ल बुझ्दै छु, जसले धेरै चिल्लो घस्दैन, त्यसले सायद कहिल्यै चिप्ल्याउँदैन ।
राजेश र मेरो एकदुई स्वाभावमा एकरुपता देखेको छु । ऊ पनि मभन्दा कम खस्रो छैन । म जस्तै अमेरिकामा धेरै वर्ष शितनिद्रामा बसेपछि अहिले जागेको छ । लेख्न थालेको छ । लेखनसँगै पर्लस्ट्रिट जर्नल (pearlstjournal.com),  नेपाली र अँग्रेजी दुबै भाषामा प्रकाशित हुने यो पोर्टल संचालनमा ल्याएको छ । लेख्ने मान्छे न हो, चुपचाप बस्न सक्दैन । विषय र बस्तुहरुले चिमोट्छन् ।
मित्रताको सम्बन्धले यो पोर्टलसँग मलाई पनि जोड्यो । समय–समयमा ‘धिक्कार’ स्तम्भ अन्र्तगत केही लेख्ने बाचा मित्रसँग गरेको छु । भित्री मनले गरेको छु, मित्रप्रति विश्वास गरेर गरेको छु ।
भन्न त बोस्टनका एक मित्रले भनेका थिए, मान्छेसँग मित्रता र सम्बन्ध भित्री मनले गाँस्ने नै हैन । त्यो दिन झल्याँस्स भए, ती मित्रले पनि मसँग कस्तो सम्बन्ध राखेका रहेछन् ? जसलाई भित्रैदेखि विश्वास गर्थे । कमजोरी नै भन्नु प¥यो, मन र बोली कहिल्यै फरक बनाउँन सकिन । प्रयास गर्छु हुदैन । मनमा जे छ मुहारमा झल्कीहाल्छ, टर्रो स्वाद घोलिएको बोली फुटिहाल्छ, हुनु कसरी ? कुटिलता मसँग ‘फिट’ नहुने शब्द भएको छ, अहिलेसम्म ।

scam
जीवन विमा भनेर बेचेका ती बस्तु जुन किन्नका लागि हैन, बेच्नका लागि मात्र बनाएका रहेछन्, तिनैलाई मैले ‘मृत्यु विमा’ नामाकरण गरेको छु । ‘मृत्यु विमा’ जसले किनेका छन् तिनले गुमाउनु बाहेक जीवनभर पाउने केही छैन । विमाले तोकेको वर्ष, दिन र समयभित्र मृत्यु भयो भने हकवालाले केही पाउन सक्छ । त्यो पनि तोकिएको दिन र समयभित्रै मृत्यु नभए सबै गुम्छ । केही पाउन विमाको ‘स्क्याजुएल’ अनुसार मर्नु पर्ने भएकोले ‘मृत्यु विमा’ भनेको हुँ

जे होस्, अमेरिकाका नेपालीमित्रले, नेपालीमित्र र आफन्तलाई विश्वास गरेर ‘जीवन विमा’ नाउँका ‘मृत्यु विमा’को किनबेच जस्तो हुनेछैन हाम्रो समन्ध भन्ने विश्वास छ ।
मित्रतामा कति शक्ति हुन्छ ? हामी देखाउँन सकूँ । मित्रले मित्रसँग ‘मृत्यु बिमा’ किनेर पछुताए जस्तो हामीले पछुताउनु पर्ने छैन भन्ने विश्वास पनि छ । एकले अर्कालाई ‘धिक्कार’ भन्नु पर्ने छैन भन्ने विश्वास झन् बलियो छ । ‘धिक्कार’ स्तम्भमा लेखिरहने छु भन्ने भित्री विश्वासले जितेको छ ।
‘धिक्कार’ स्तम्भ अन्तर्गतको लेखन कतै व्यङ्ग्यात्मक, कतै मूर्त–अमूर्त शैलीमा हुने छ । ‘घागी’मा कथाहरु ‘प्रयोग’ गरिए जस्तै यो स्तम्भ लेखनमा ‘नयाँ प्रयोग’ हुन सक्छ । धिक्कार भन्न लायकका आफ्ना भोगाई र जीवनका रङ्गहरुलाई उतार्ने प्रयत्न गर्ने छु । चित्त नबुझेका र असंगत कामकुरालाई ‘धिक्कार’ भन्छु, चित्त बुझाउँछु ।
भोगाईको मेसोमा अहिले अमेरिकाको नेपाली समाजमा छाएको विमा आतङ्क छ । जीवन विमा भनेर बेचेका ती बस्तु जुन किन्नका लागि हैन, बेच्नका लागि मात्र बनाएका रहेछन्, तिनैलाई मैले ‘मृत्यु विमा’ नामाकरण गरेको छु ।
‘मृत्यु विमा’ जसले किनेका छन् तिनले गुमाउनु बाहेक जीवनभर पाउने केही छैन । विमाले तोकेको वर्ष, दिन र समयभित्र मृत्यु भयो भने हकवालाले केही पाउन सक्छ । त्यो पनि तोकिएको दिन र समयभित्रै मृत्यु नभए सबै गुम्छ । केही पाउन विमाको ‘स्क्याजुएल’ अनुसार मर्नु पर्ने भएकोले ‘मृत्यु विमा’ भनेको हुँ ।
संसारका सबै बस्तु, सबै पशु र सबै मान्छे खराब छैनन् । हामी सुनेको भरमा असल र खराब छुट्याउँछौं जुन आफैंमा खराब हो । त्यो खराब कमजोरी हामी सबैमा हुन्छ नै प्रायः ।
मित्रलाई भने, त्यसैको सिकार हुन भो, खराबका फेला पर्नु भो ।
म बचेँ ! नत्र म पनि फस्ने थिएँ, मित्रताको माखेसाङ्लो नतोडेको भए । नाई भन्न सायद सक्दिनथे । नसक्नुको कारण हुन्थ्यो– भित्री मनले मित्र ठान्नु र विश्वास गर्नु । मन र मुख फरक पार्न आफूले नजान्नु । अरुले पारेको नबुझ्नु ।
मित्रताको माखेसाङ्लोमा फसेका मित्रहरु अहिले ‘मृत्यु विमा’को गहिरो कुवामा फसेका छन् । निस्कन गाह्रो भएको छ ।
मित्रहरु, मान्छे सबैभन्दा बढी दाह्रा र नङ्ग्रा भएका पशुसँग डराउँछ तर अहिले चर्चामा आएको विमा आतंकले मान्छेसँगै मान्छे सबैभन्दा बढी डराउनु पर्ने देखाएको छ ।
इन्स्योरेन्स स्क्याण्डलका बारेमा धेरै लेख्दिन, लेखिसकेको छु । किन लेखेँ भन्ने कुरा पनि लेखिसकेको छु । लेखक–पत्रकारले बाटो देखाउन सक्छ तर डो¥याएर हिड्न सक्दैन । तै पनि केही प्रश्न उब्जिएका छन्– के सबै इन्स्योरेन्स खराब हुन्छन् ? के सबै एजेन्ट पनि उस्तै खराब हुन्छन ? के इन्स्योरेन्स ऐजेन्ट भनेको दलाल हो ? ठग हो ?
अमेरिकामा जीवन विमाका नाउँमा नेपालीले नेपालीलाई डरलाग्दो किसिमले ठगी गरेर बदनाम् भएजस्तो पत्रकारिता र लेखनका नाउँमा बदनाम भएका कथितहरुको पनि कमी छैन । कुन स्तरका छन् ती कथितहरु धेरै पठाकलाई थाह नै छ । कथिहरुप्रति पनि धिक्कार भन्नु बाहेक केही छैन ।
पक्कै होइन, तर पनि यी प्रश्नले सामुहिक उत्तर खोजेका छन् । पेशालाई मर्यादित बनाउनु पर्ने जिम्मेवारी बढेको छ । यो जिम्मेवारी व्यक्तिगत मात्र हैन, सामाजिक पनि हो ।
कुनै पनि पेशा आफैमा खराब हुदैन । यदि खराब छ भने त्यो पेशा हुदैन । त्यो पेशा, जुन पेशाले अर्काको आत्मा रुवाएर आफूलाई खुसी बनाउँछ, त्यो पेशा हुदैन । त्यो पेशा, जुन पेशाले अर्काको गाँस खोसेर आफ्नो मुख मिठ्याइदिन्छ, त्यो पनि पेशा हुदैन । त्यो पेशा, जुन पेशाले अर्काको कपास लुछेर आफू सिँगारिदिन्छ, त्यो पनि पेशा हुदैन । नेपालको ‘हर्वो’ जस्तो धन्धा हुन्छ ।
पेशागत धर्मको सीमान्त रेखा पार ग¥यो भने जुनसुकै पेशा पनि धन्धामा परिणत हुन्छ । त्यतिबेला त्यो धन्धा हुन्छ, जब कसैले मित्रता तथा सामुदायिक साइनो र नाता जोडर अमेरिका जस्तो ठाउँमा जीवन विमाका नाउँमा ‘मृत्यु विमा’ बेचेर रातारात धनी बन्ने र सुखसयलमा बाच्ने सपना बुन्छ ।
मित्रहरु, लेख्दा हामीले जति जिम्मेवार भएर लेख्नु पर्ने हुन्छ, त्योभन्दा बढी जिम्मेवार हरेक पेशाका व्यक्तिले हुन जरुरी छ । नहुदा सम्पूर्ण पेशाप्रति नै घृणा र शङ्का पैदा हुन सक्छ, जसरी अहिले अमेरिकाको नेपाली र भुटानी शरणार्थी समुहमा बेचिएका विमाले पैदा गरेको छ ।
मेरा सन्तान–दरसन्तन विमा एजेन्ट नबनुन् भन्ने अवस्थमा पुगेको यो ‘मत्यु विमा’ प्रकरणका बारेमा ‘धिक्कार’ भन्नु बाहेक अब मसँग अरु कुनै शब्द छैनन्  - http://www.pearlstjournal.com/np/?p=9715
(सन् २००८ तिर बोस्टनको चीसोमा शिवप्रकाश र मेरो लेखन र लेखकीय धर्मबारे तात्तातो बहस हुन्थ्यो, प्रत्येक दिन। ती सबै संग्रह गरेको भए शिवप्रकाशको “घाघी” भन्दा धेरै पहिले एउटा अर्कै पुस्तक प्रकाशित भैसक्नेथियो। तर हामी पछि आफ्नो बाटो लाग्यौं। अहिले समयक्रमले हाम्रो फेरि भेट भएको छ, कहिले उ लेखक, म पाठक, कहिले म लेखक, उ समालोचक। “ठुला ठुला कुरा लेखेर काम छैन, आम जनतालाई चाखलाग्दो तरिकाले झक्झ्क्याउन सके पुग्छ,” उसको सदाबहार बाणी हो यो। झर्रो मान्छेको टर्रो लेखन। )
-राजेश मिश्र (सम्पादक)

******************************
Did you read Shiva Prakash's "Ghagi ?" 

 ***************************
-  मिलनकुमार शाही
अहिले अमेरिकी नेपाली समाजमा जीवन बीमाका बारेमा निकै चर्चा–परिचर्चा चलिरहेको छ । अझ भन्नुपर्दा एकअर्काप्रति आरोप–प्रत्यारोप लगाइएका छन् । जीवन बीमा बेच्ने एजेन्टलाई ठगी गरिएको आरोप लगाइएको छ । जहाँ गहुँ पिस्दा घुन पनि पिसिएजस्तै राम्रो मनसाय र नेपाली समाजलाई बीमासम्बन्धी राम्रो ज्ञान बाँडेर आम्दानीअनुसारको उपयुक्त जीवन बीमा बेच्ने एजेन्टहरुसमेत एउटै घानमा परेका छन् । जुन यतिबेला नेपाली समाजले छुट्याउन गाह्रो भइरहेको महसुस गरेका छन् । अमेरिकामा तथ्यांक संकलन गर्ने हो भने अधिकांश नेपालीहरुले जीवन बीमा खरिद गरेको पाइन्छ । जहाँ बीमासम्बन्धी विनाजानकारी र विना ज्ञान बीमा खरिद गरिएको छ ।
समाजलाई दिशानिर्देश गर्ने समाजसेवी, समाजमा भएका गन्धकीहरुलाई गन्हाउन नदिई बाहिर ल्याई उजागर गर्न सक्षम पत्रकार तथा सञ्चारकर्मीहरुसमेत यसबाट अछुतो छैनन् । जीवन बीमालाई सही अर्थमा लिने हो भने यो आफैंमा राम्रो र लाभदायक मानिन्छ । किनकि जीवनको यो गाडी कुन घुम्तीमा कहाँ मोडिंदा कसरी र कतिबेला दुर्घटना हुन्छ, थाहा हुँदैन । प्रत्येक व्यक्तिलाई आफ्नो परिवारको माया हुन्छ र आफू मरेर परिवारलाई सुखी र जीवन्त राख्न चाहन्छ । त्यसकारण मानिस जीवन बीमा किन्छ ।

के हो त जीवन बीमा ?

छोटकरीमा भन्नुपर्दा जीवन बीमा भनेको कुनै पनि व्यक्तिले बीमा कम्पनीसँग गरिने करार, जुन आफ्नो मृत्युपछि आफूमाथि निर्भर रहेका परिवारका सदस्यलाई प्राप्त हुने एकमुष्ठ रकम बुझाउँछ । जसले आफ्नो अनुपस्थितिमा परिवारको गर्जो टार्न सकोस् । यसरी जीवन बीमा बजारमा विभिन्न किसिमका हुन्छन् । औसत नेपालीलाई उपयुक्त हुने बीमाहरुमध्ये होल लाइफ, कस्टम होल लाइफ, टर्म लाइफलगायत छन् । होल लाइफ इन्सुरेन्स तपाईंले करार गरेको दिनदेखि मृत्यु हुँदाका दिनसम्म तिर्नुपर्ने हुन्छ, तर यसो भनिरहँदा जीवनभर नै तपाईंको आफ्नो पकेटबाट तिर्न चाहिं पर्दैन । बरु केही निश्चित समयपछि तपाईंले तिरेको एकमुष्ठ रकमबाट हिसाबमा आउने लाभांशबाट बाँकी समयको प्रिमियम तिरिंदै जान्छ । जुन समय भनेको तत्कालीन समयअनुरुप कम्तीमा १६–२५ वर्षसम्म तिर्नुपर्ने हुन्छ ।
यसैगरी कष्टम होल लाइफमा तपाईंले आफ्नो सुविधाअनुसार टाइम फ्रेम बनाएर करार गर्दाकै दिनमा तोक्न सक्नुहुनेछ, कहिलेसम्म तिर्ने भनेर । बचत भएको सो रकम समयावधि समाप्त भइसकेपछि आफूलाई आवश्यक परेमा आफ्नै जीवनकालमा ७० प्रतिशत रकम प्रयोग गर्न सकिन्छ र बीमा गरिएको कुल रकम पनि सुरक्षित नै रहन्छ । जुन रकम क्यास भ्यालुका रुपमा आफूले जम्मा गरेको रकमभन्दा बढी हुन जान्छ । उदाहरणका लागि २० वर्षको कष्टम होललाइफमा महिनाको २ सय डलर जम्मा गर्दै जाँदा २० वर्षमा ४८ हजार रकम जम्मा गर्नुभयो भने यसको क्यास भ्यालु सोभन्दा बढी हुने हुन्छ । औसतमा यो रकम बजारभाउअनुसार डिभिडेन्ट १.५ गुणासम्म वृद्धि हुने गर्दछ ।
औसतमा यो खालको लाइफ इन्सुरेन्सको मासिक प्रिमियम अलि बढी तिर्नुपर्ने र ग्यारेन्टीसमेत हुने हुन्छ । र, सबै इन्सुरेन्स कम्पनीले यस खालको इन्सुरेन्स बेच्दैनन् ।
टर्म लाइफ इन्सुरेन्स एउटा टाइम फ्रेमभित्र गरिने कररार, जुन समयावधिभित्र इन्सुरेन्स लिने व्यक्तिको मृत्यु भएमा मात्र यसबाट लाभान्वित हुन्छ । अन्यथा बुझाइएको रकम शून्य हुन्छ । यो खालको इन्सुरेन्स सस्तो हुन्छ । जुन अलि उमेर पुगेका पाका व्यक्तिहरुले गर्दा राम्रो हुन्छ । र, यो प्रायःगरी ५ देखि ३० वर्षसम्मका हुन्छन् ।
यसरी यी मुख्य इन्सुरेन्सहरुको परिभाषा हेर्दा लाइफ इन्सुरेन्स लिंदा आफ्नो जीवनको उत्तराद्र्धतिर आइपुग्दा होस् या आफू दुर्घटनामा परेर मृत्यु हुँदा होस्, एक किसिमको आफूमाथि निर्भर रहेका व्यक्तिहरुका लागि आफूले गरिदिएको बचत पनि हो । तर, अहिले आएर यसलाई एक किसिमको जुवाघरजस्तो बनाइएको छ । जुवाघरमा खेल्ने व्यक्तिहरु सधैं घाटामा भए पनि जुवाघर सधैं मुनाफामा नै रहन्छ । ठीक त्यसैगरी अमेरिकी नेपाली समाजमा बीमा गराउने एजेन्टहरु मात्र लाभान्वित भइरहेका छन् । इन्सुरेन्स खरिद गर्ने व्यक्तिहरु मार परेका छन् । कारण इन्सुरेन्स बेच्ने दलालहरु नेपालीहरुको सोझोपन, भाषाको समस्या अति नै छिटो विश्वास गरिहाल्ने बानी र भद्रपनको फाइदा उठाइरहेका छन् । त्यसैले यिनीहरुको व्यापार मौलाइरहेको पाइन्छ । सामान्यतया इन्सुरेन्स बेच्नका लागि त्यस विषयमा पढेर परीक्षा पास गरी लाइसेन्स प्राप्त हुनुपर्दछ । त्यसैगरी इन्सुरेन्स किन्ने व्यक्तिलाई सरल भाषामा सबै कुरा सम्झाई बुझाई अनुमति लिएर मात्र बेच्नुपर्दछ । करकाप गर्न मिल्दैन । परिवारको कुल आम्दानीको औसतले हिसाब गरी सबै खर्च कटाएर बचेको रकमबाट मासिक प्रिमियम तिर्न सक्छ कि सक्दैन भनी एजेन्टले तथ्यांक निकालेर मात्रै बेच्नुपर्दछ ।
तर, यसो भएको छैन यहाँ । यदि इन्सुरेन्स गर्ने परिवारको आम्दानी कम छ भने फर्जी आम्दानी देखाई आम्दानीलाई बढाइचढाइँ गरिदिएर घरका प्रत्येक परिवारका सदस्यहरुलाई इन्सुरेन्स भिडाइएको तथ्यहरु सार्वजनिक भएका छन् । एउटै व्यक्तिलाई होल लाइफ इन्सुरेन्ससँग ५ वर्षे छोटो अवधिको टर्म लाइफ इन्सुरेन्स भिडाइएका छन् । जसले गर्दा एजेन्टलाई २ वटा कमिसन एउटै व्यक्तिबाट पाइने हुन्छ । २५ वर्षको व्यक्तिलाई किन ५ वर्षे टर्म लाइफ इन्सुरेन्स चाहियो ? टर्मलाइफ इन्सुरेन्स भनेको त कम्तीमा ३५–४० वर्ष नाघेका व्यक्तिलाई बढीभन्दा बढी अर्थात् २०–३० वर्षको माथिको लिंदा पो यसको महत्व बढेर जान्छ । कोही पनि ५ वर्षमा मर्ने चाहना त राख्दैन नि । अनि किन जानी–जानी आफ्नो दोब्बर कमिसनको चक्करमा आफ्नै समाजभित्र मन मिल्ने साथीभाइ तथा परिवारलाई फसाइन्छ ?
इन्सुरेन्स गर्नका लागि आवश्यक इन्सुरेन्स किन्नेलाई कि एजेन्टलाई ? यहाँ त इन्सुरेन्स किन्दासम्म फोन आतंक नै हुने, दिनमा दशौं पटक फोन आइरहने । मानिस न हो, फोन आतंकबाट वाक्कदिक्क भएर आफ्नो लागि नभई एजेन्टका लागि इन्सुरेन्स किन्ने व्यक्तिहरु पनि भेटिए । प्रायः अमेरिकी समाजमा हजुरबुबा, हजुरआमाले आफ्ना ससाना नाति–नातिनलाई मायाको चिनो भनेर उनीहरुका नाममा इन्सुरेन्स किनिदिने चलन छ । तर, त्यही देखासिकी गरेर हाम्रा नेपाली एजेन्टहरुले अनेक बहाना, प्रलोभन र ठूल्ठूला सपना देखाई ससाना दुधे बालकको नाममा उनैक बाबुआमालाई इन्सुरेन्स बेचेर आर्थिक भार थोपरिदिएका छन् । जसले गर्दा २ देखि ८–१० वर्षसम्म तिरिसकेकाले आर्थिक बोझ थाम्न नसकेर भटाभट सरेन्डर गरिरहेका छन् । जसले गर्दा त्यस्ता परिवारले आफैले खुन–पसिना एक गरी कमाएको हजारौं डलर गुमाउन बाध्य भएका छन् ।
एकथरी नेटवर्किङ बिजनेससँग सम्बन्धित र सञ्चालित इन्सुरेन्समा लागेका छन् । त्यस्ता कतिपय इन्सुरेन्स छन्, जुन सीमित समयपछि क्यास भ्यालु शून्य भएर जान्छ र त्यसको केही महत्व हुँदैन । जुन कुरा किन्ने व्यक्तिलाई न बताइएको हुन्छ, न त किन्ने व्यक्तिले इन्सुरेन्स किन्दा दिइएको इन्सुरेन्ससम्बन्धी विवरण किताब नै खोलेर पढेको हुन्छ । कारण एजेन्टप्रतिको पूर्ण विश्वास र भाषाको समस्या । यसरी नेपाली समुदायमा यहाँसम्म देखियो कि परिवारको एक जनाले लाइसेन्स लिएको छ भने अनय सदस्यहरुले पनि इन्सुरेन्स बेचेको पाइयो । यस्तो किसिमको घृणित कार्य कानूनतः दण्डनीय हुन्छ ।

कस्ता छन् इन्सुरेन्स एजेन्टहरु ?

प्रायः गरेर अमेरिकी नेपाली समाजमा इन्सुरेन्स एजेन्टहरु समाजसेवामा लागेका, कुनै न कुनै संघसंस्थासँग आबद्ध भएका हुन्छन् । यदि लाइसेन्स लिने बेलासम्ममा समाजसेवी हुन भ्याएको छैन र संघसंस्थामा आबद्ध भइसकेको छैन भने उसको पहिलो प्रमुख काम भनेको कुनै न कुनै संघसंस्थामा आबद्ध भई समाजसेवीका रुपमा परिचय दिनु हो । त्यस्ता व्यक्तिहरुले कुनै पनि संघसंस्थाका कार्यक्रमहरु, कार्यशाला गोष्ठीहरु तथा विभिन्न खाले कार्यक्रमहरुमा भाग लिन पुग्दछन् र आफ्नो बिजनेस कार्ड बाँड्ने, आफ्नो परिचय आफू सम्बन्धित रहेको संस्थासँग गराउने, फोन नम्बर लिने गर्दछन् न कि कार्यक्रमप्रति उसको चासो रहन्छ ।
त्यसैगरी कोही नयाँ व्यक्ति नेपालबाट अमेरिका झरेको अर्को दिनदेखि उसको पछि लाग्ने गरिन्छ । नयाँ व्यक्ति, न जागिर, न आम्दानी, न त बस्ने ठेगान केही हुँदैन । तर पनि उसलाई फकाई फुस्लाई, लालच र प्रलोभन देखाई इन्सुरेन्स बेचिन्छ ।
यसरी नेपाली समुदायमा बढ्दै गइरहेको जीवन बीमासम्बन्धी ठगीलाई विगत केही वर्षदेखि औंल्याउन थालिएको भए पनि अहिले आएर यो अमेरिकामा मात्रै होइन, विश्वमै नेपालीहरुमाझ चर्चाको विषय बनेको छ । समाजसेवी, अधिकारकर्मी, पत्रकार तथा सञ्चारकर्मीहरु यसलाई उदांगो पार्नका लागि एक भएका छन् । अब यतिबेला नेपाली समाजलाई यस्ता चण्डाल, ठगहरुको चंगुलबाट निकाल्नु छ भने पीडित मात्रै होइन, सम्पूर्ण प्रवासी नेपाली एकजुट भई विनापूर्वाग्रह कारबाहीको हदसम्म पुग्नुपर्ने देखिन्छ । जसको परिणामस्वरुप अन्य ठगीहरु जस्तै काम लगाइदिन्छु भन्दै ठग्ने तथा नेपालबाट परिवार झिकाइदिन्छु भन्दै मोटो रकम ठग्ने दलालीहरु पनि निरुत्साहित हुन् ।
हरेक कुरामा एकता जरुरी छ, नेपालीको एकता हरेक बाधा, अड्चन छिचोल्न सफल रहेको विगतमा पनि प्रमाणित भइसकेको छ । आउनुहोस् जातजाति, गुट–उपगुट तथा राजनीतिमा विभाजित नभई केवल नेपाली भनेर चिनौं र चिनाऔं । आऔं सबै मिली एकै स्वरमा भनौं– नेपाली एकता जिन्दावाद ! - http://vishwanews.com/MenuPages/content/details.aspx?cat=20&news_id=10387

कम्बल ओढेर घिउ खान पल्केका केही इन्स्योरेन्स एजेन्टहरुको कम्बल अहिले हावाले उढाइदिएको छ । कम्बल उढिसके पछी थाहा छैन उनिहरु अब के ले आफ्नो मुख छोपेर घिउ खाने हुन - इन्स्योरेन्स बिशेषज्ञ अनिल खनालको यो भनाइ कम घतलाग्दो र रहस्यमय  छैन ।           

इन्स्योरेन्स बिशेषज्ञ अनिल खनालले यि टिप्सहरु दिनुभएको इन्स्योरेन्स लिएका ग्राहकलाई : अमेरिकामा इन्स्योरेन्स ठगी प्रकरण र यस बिरुद्धको जनचेतना अभियान ।


जनचेतना अभियान शुरु गरिए पछी अनिल खनाल र नेपाल मदर सँग फोन गरेर, भेटेर, मेसेज पठाएर हामीलाई त बर्बाद पारे हजुर के गर्ने होला ? भन्दै प्रश्न गर्ने पीडितहरुको सँख्या हजार नाघेको छ । नेपाल मदर डट कम र ब्यक्तिगत रुपमा म इन्स्योरेन्सको धेरै जानकारी राख्दैनौँ तर हाम्रा श्रोत ब्यक्ती इन्स्योरेन्स बिशेषज्ञ अनिल खनालले यि टिप्सहरु दिनुभएको तपाईंका लागि :

१ - जो जस सँग, जुन कम्पनी सँग, एजेन्टसँग तपाईंहरुले इन्स्योरेन्स लिनुभएको छ सबै भन्दा पहिला तिनलाई कल गर्नुस बोलाउनुस, तपाईंलाई दिइएको जुन इन्स्योरेन्स बाइन्डर छ त्यसको शुरु देखी अन्त्य सम्मका सबै कुराबुझाउन भन्नोस । उसलाई सोध्नुस् मैले अहिले सम्म कती पैसा तिरेँ ? मेरो एकाउन्टमा कती पैसा जम्मा भएको छ ? यदी मैले आज सरेन्डर गरेँ भने मैले कती फिर्ता पाउँछु ?? एक्कुमुलेट भ्यालु होइन क्यास भ्यालु कती मेरो हात मा पर्छ सोध्नुस् ।
यो भन्न नभुल्नुस् - मलाई अनुमानित डाटा होइन ग्यारेन्टी पार्ट मात्र देखाउ । लङ टर्म, सर्ट टर्म दुबै । भोली कम्पनी फाईदामा गए हामीले यती दिन्छौँ भन्ने छन त्यो कुरा होइन मैले ग्यारेन्टी कती पाउँछु यो सोध्नुस् । आज पाउने अथवा बिस देखी पच्चिस बर्ष पछी पाउने ग्यारेन्टी भ्यालु कती हो ?? अनी मैले सरेन्डर गर्दा बिभिन्न नाममा कती फि र शुल्क काटिन्छ ? त्यो पनि सोध्नुस् । बर्सेनी मेरो उमेर बढ्दै जाँदा
मेरो कस्ट अफ इन्स्योरेन्स कुन दरले बढ्दै जान्छ ?? सोध्नुस् । मेरो कती जम्मा भएको छ भन्दा धेरै बताउने तर मैले पोलिसी क्यान्सिल गर्छु, सबै गरेर नेट क्यास कती आउँछ आज भनेर सोध्नुस, हो त्यहा उनिहरुले ट्रिक गर्छन् र भन्छन - सरेन्डर चार्ज यती, फि यती, सब कटाउँदा सके जिरो नत्र निकै थोरै पो आउँछ भनेर बताउने छन ।     लिखित रुपमा माग्नुस ।

२- यस बिषयमा आफूलाई लागेका हरेक कुरा सोध्नुस् एजेन्ट सँग, उनिहरुले तपाईंलाई जबाफ दिनै पर्छ ।

३ - त्यस पछी सम्बन्धित कम्पनीमा फोन गर्नुस् र सोध्नुस् तिनै कुरा । यदी एजेन्टले तपाईंलाई मिस रिप्रिजेन्ट गरेको रहेछ भने पनि सम्बन्धित कम्पनीले तपाईंलाई वास्तविक कुरा बताउन कर लाग्छ । इन्स्योरेन्सको बिज्ञ कसै सँग पनि प्रोडक्ट को बारेमा, यसका बिबिध पक्षको बारेमा सोध्नुस्, अहिले त गुगल गरेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ हेर्नुस् ।

४- अनी आफूलाई उचित लाग्छ रहनुस, लाग्दैन भने उचित निर्णय लिनुस् ।

" नेपाली र भुटानी मुलका नेपाली समुदायलाई इन्स्योरेन्सबाट हुने ठगीबाट सचेत गराउने अभियान "
हाम्रो यो अभियान इन्स्योरेन्स ठगी हुन नदिने र भैरहेको ठगीलाई रोक्ने मात्र हो । हाम्रो कोही कसै सँग कुनै रिस द्वेस छैन र हुने पनि छैन । हाम्रो यो जनचेतना जगाउने अभियान कुनै ब्यक्ती वा कम्पनिका बिरुद्ध वा समर्थनमा लक्षित छैन । तर ठगी गर्ने, मिस रिप्रिजेन्ट गर्नेका बिरुद्ध अबस्य छ । सभ्य ढंगले प्रतिकृया लेखौँ । बदम्नाशी गर्ने लाई अगाडि ल्याउँ तर अनुशासन मर्यादा सभ्यता लाई ख्याल गर्न अनुरोध छ । राम्रा इन्स्योरेन्स कम्पनी र त्यहा कार्यरत परिपक्व, राम्रा इन्स्योरेन्स एजेन्टहरु प्रती हाम्रो सधैं सम्मान छ । उनिहरुमा कुनै भ्रम नपरोस । हाम्रो निशाना ठगी गर्ने तिर मात्र हो ।
तपाईंलाई लागेका कुरा अनुभब पनि शेयर गर्दै गर्नुहोला ।
* इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल सँग तपाईंलाई लागेका कुरा, जिज्ञासा वा प्रश्न भए वहाँ सँग सोध्न सक्नुहुन्छ वहाँको फोन नम्बर हो - 703-789-2307, Face Book मा अनिल खनाल https://www.facebook.com/anil.khanal2010
, Email - anil.khanal@yahoo.com , visit www.nepalmother.com too.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक