20160411

नेपाली नयाँ बर्ष २०७३ को अबसरमा अमेरिकाको बाल्टिमोरमा आयोजित एउटा बिशेष साँस्कृतिक कार्यक्रममा परदेशी छोरो / छोरो खेलाऊँदैको बिमोचन

नेपाली नयाँ बर्ष २०७३ को अबसरमा अमेरिकाको बाल्टिमोरमा आयोजित एउटा बिशेष साँस्कृतिक कार्यक्रममा लोक गायक कमल खनालको नयाँ गीति एल्बम परदेशी छोरो / छोरो खेलाऊँदैको महाबाणिज्यदुत एबम लोक गायक प्रेमराजा महत, अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम लोक लोक गायक रामप्रसाद खनालले
संयुक्त रुपमा बिमोचन गर्नुभएको छ । बिमोचनमा बाना अध्यक्ष कुलमणी, समाजसेबी ज्ञानु रिमाल र शान्ता गौतमले पनि साथ दिनुभएको उक्त कार्यक्रममा कमल खनालले बिमोचित एल्बमाका गीतहरु गाएका थिए । कार्यक्रममा प्रेमराजा महत र रामप्रसाद खनालले बिभिन्न लोकगीतहरु प्रस्तुत गरी उपस्थित सहभागीहरुलाई मनोरन्जन गराउनुभएको थियो । उक्त कार्यक्रममा चलचित्र नायक सरोज खनाल, दिलिप रायमाझीले महत र खनालका गीतहरुमा नाचेर साथ दिनुभएको थियो । उक्त साँस्कृतिक साँझमा अतिथी कलाकारहरु सबैले शुभकामना मन्तब्य पनि ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बाल्टिमोर निवासी नेपालीहरुको बाक्लो उपस्थिती थियो ।
 यसै गरी सोही दिन भर्जिनियाको मनाससमा र बाल्टिमोरमै सरोज खनाल सहित बिभिन्न कलाकारहरु द्वारा अभिनित नेपाली चलचित्र प्रेम गीतको प्रदर्शन पनि गरिएको थियो ।



 
 









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक