20160419

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सिन्धुपाल्चोक मेलम्चीमा दोश्रो नमुना वस्ती बनाउने घोषणा गरे !

* अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको तर्फबाट पनि सबै सहयोगी हातहरुलाई कलाकार धुर्मुस र सुन्तलीको यो पवित्र कार्यमा सहयोग गरी पुण्य कमाउन हार्दिक आह्वान ! 
* सुस्मा खनालले जन्म दिनमा पाएको गिफ्ट रुपैँया ३०१११.११ धुर्मुस सुन्तली परियोजनालाई !   
सरकार, पुनर्निर्माण प्राधिकरण, सम्बन्धित निकायहरु जे जस्ता भए पनि, जन परिचालन गरेर हर कुरा गर्न सक्ने पार्टी, संघ संगठन, समुह, एन जि ओ, आइ एन जि ओ हरु जे जस्ता भए पनि, सबै कमाउने र हजम गर्ने खेलो मेलोमा लागे पनि धुर्मुस र सुन्तलीको जोडी भने कमाउने खेलो मेलो मेसो छोडेर जनसेवा र सामाजिक अभियान मा दिन रात खटेका देख्दा अचम्म पनि लाग्छ । गत बर्ष कार्यक्रमका सन्दर्भमा अमेरिका आएका यि जोडी यहाँ पनि आफ्नो कमाइ भन्दा शौचालय र सरसफाइको नारामा बढी केन्द्रित भएको हामीले देख्यौँ । उनिहरु यहाँ कार्यक्रमहरु गर्दै थिए त्यत्तिकै मा नेपालमा भुकम्प गयो । धुर्मुस र सुन्तलीले म सँग भने "के गर्नु रामप्रसाद दाजु, देशमा त्यस्तो बिपत्ती छ हामी यहाँ मान्छे हँसाएर कुन नैतिकताले बसौँ र ! त्यसैले हामी त भोली बिहानै नेपाल फर्किनै लाग्यौँ"
मलाई थाहा थियो धुर्मुस र सुन्तलीका तय भैसकेका दर्जनौँ कार्यक्रम हरु छोडेर उनिहरु नेपाल फर्किने कुरा गर्दै थिए र म उनीहरुको कुरा मा सहि थप्दै थिएँ । उनिहरु अमेरिकाबाट नेपाल पुग्ना साथ आफ्नो घर परिवार, आफ्नो भुकम्पले क्षतिग्रस्थ घर बनाउन तिर होइन जनताका घर तिर होमिएको हामीले देख्यौँ । खाइ नखाइ सुती नसुती यो जोडीले भुकम्प पछाडि दिएको योगदान म अक्षर मा बयान गर्न सक्दिन । उनिहरुले के के गरे दुनियाँका आँखा अगाडि छर्लंग छ । जे गरे राम्रो गरे । सरकार भन्दा अगाडि पनि देखिए कुनै कुनै ठाउँँ मा । त्यसका लागि  यि दुबै कलाकार भाई बहिनीलाई हृदय देखिनै साधुबाद ।
केही महिनाअघि काभ्रेपलाञ्चोकको डाँडागाउँमा २० घरको एकीकृत बस्ती बनाएका उनीहरुले अहिले फेरि सिन्धुपाल्चोक मेलम्चीमा दोश्रो नमुना वस्ती (६५ घरको नयाँ एकीकृत बस्ती) बनाउने घोषणा गरेछन । शौचालय अभियान, सरसफाइ अभियान लगायत बिभिन्न जनचेतना  अभियान चलाइरहेका कलाकार भाई बहिनी धुर्मुस र सुन्तलीको यो अभियानको घोषणा सुनेर गर्बले छाती झन फुलेर आएको छ । यो जोडीको निस्वार्थ सामाजिक अभियान लाई म स्यालुट गर्दछु । यो अभियानको सुरुवातमा मेरी छोरी सुस्मा खनालको (उनी पनि नाच्ने गाउने सानो तिनो कलाकार नै भैसकेकी छिन अमेरिकामा) केही समय अघि भएको जन्मदिनको पार्टीमा उनलाई दिइएको गिफ्टको तिस हजार एक सय एघार  रुपैयाँ एघार पैसा डोनेशन गरेर यो अभियान लाई सफल पार्न संसार भर रहेका सहयोगी हातहरुलाई आव्हान गर्ने हामी बाबु छोरी ले निधो गरेकाछौं । यसै गरी अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको तर्फबाट पनि सबै सहयोगी हातहरुलाई पवित्र कार्यमा सहयोग गरी पुण्य कमाउन म हार्दिक आह्वान गर्दछु । धन्यवाद ।  तपाईंहरुपनी दिल खोलेर यो अभियानमा सरिक हुनेकी ? यदी सरिक हुन चाहनुहुन्छ भने यो वेब साइट

मा गएर वा Email: dhurmussuntali47@gmail.com , Facebook

संपर्क नम्बर 9803472476  मा धुर्मुस र सुन्तली सँग संपर्क गरी सहयोग गर्न सक्नुहुन्छ ।     
- रामप्रसाद खनाल - अध्यक्ष  
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका
 

अब हेर्नुस यो समाचार: कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सिन्धुपाल्चोक मेलम्चीमा दोश्रो नमुना वस्ती बनाउने घोषणा गरेका छन्। केही महिनाअघि काभ्रेपलाञ्चोकको डाँडागाउँमा २०
घरको एकीकृत बस्ती बनाएका उनीहरुले ६५ घरको नयाँ एकीकृत बस्ती बनाउने घोषणा गरेका हुन्। धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको नयाँ बस्ती स्थानीय तामाङ समुदायको हो। स्थानीयले एकीकृत बस्ती बनाउनका लागि नगरपालिकाको स्वीकृति समेत लिइसकेका यसै अभियानमा सहभागी कलाकार गोपाल लामाले बताए। धुर्मुस सुन्तली सहितका कलाकारको टोलीले केही दिनअघि स्थान अवलोकन गरी एकीकृत बस्ती बनाउने निर्णय गरेका हुन्। उनीहरुले आउँदो वैशाख १२ गते शिलान्यास गर्ने तयारी गरेका छन्।



नमुना बस्ती बनाउने घोषणा गरिएको मेलम्चीको गोदामचौरमा भूकम्पले क्षतिग्रस्त घरहरु

पहिलो एकीकृत बस्ती भन्दा यो निकै ठूलो बस्ती बन्नेछ। यो बस्तीलाई हामी सफा र बालमैत्री नमुना गाउँ बनाउने योजनामा छौँ। जहाँ भूकम्पबाट सुरक्षित घर, हरेक घरमा एक चर्पी, एक धारो अनी एक बगैँचा हुनेछ। बस्तीलाई होम स्टेको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने अभिप्राय पनि हामीले बोकेका छौँ। त्यस्तै, बस्तीमा कम्युनिटी हल बनाइनेछ। जसको भित्तामा बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम राखिनेछ' उनीहरुले अपिलमा भनेका छन्।

एकीकृत वस्ती निर्माणका लागि आफुहरुसँग कुनै कोष र आर्थिक श्रोत नभएको भन्दै सहयोगको अपिल गरेका छन्। अपिलमा लेखेका छन्। यो काममा जो कोही पनि हिस्सेदार र सहयोगी बन्न सक्नेछ। साना साना सहयोगले नै ठूला काम गर्ने आँट र साहास पलाउनेछ। पहिलो बस्ती निर्माणका क्रममा तपाईहरुले गरेको सहयोग र विश्वासकै कारण अर्को बस्ती बसाउन सकिन्छ कि? भन्ने आँट पलाएको हो। आशा छ, आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने महानुभावहरु हामीले थुप्रै पाउने छौँ। र यो छिट्टै अर्को चिटिक्क परेको बस्ती निर्माण गरेर गिदान चौरका भूकम्प पीडितलाई बुझाउन सक्नेछौं।


फोटोहरु : धुर्मुस सुन्तली फाउण्डेसन

यस्तो बन्नेछ एकीकृत बस्ती

स्थान :  मेलम्ची नगरपालिका ८, गिदानचौर, सिन्धुपाल्चोक

क्षेत्रफलः १ सय रोपनी

बन्ने घरको किसिमः ट्वाइलेट बाथरुम सहित चार कोठे भूकम्प प्रतिरोधी भवन

घरको रंग : रातो, सेतो र निलो

घर संख्याः ६५

जनसंख्या संख्याः ५ सय १५

बस्तीको किसिमः एक घर, एक धारा, एक चर्पी, एक बगैँचा, बालमैत्री एवं सफा एकीकृत गाउँ साथमा एक सामुदायिक भवन।







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक