20160418

साहित्यकार राधेश्याम लेकालीलाई भारतको सिलिगुडीमा सम्मान

डा. किङ्ग गुनु घर्ती इन्टरनेसनल फाउन्डेसन, एसोसिएसन फर रिसर्च अफ नन प्रफिट अर्गनाइजेसन एन्ड भोलियन्टेरी (अर्नोवा) र मंगल माइती ट्रस्टले संयुक्त रूपमा साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेको छ । लेकालीलाई भारतको सिलिगुडीमा आयोजित कार्यक्रममा प्रथम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । लेकालीलाई भारु ११ हजार राशिको उक्त पुरस्कारसहित सम्मान गरिएको हो । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अनेसास नेपाल च्याप्टरका अध्यक्ष, साहित्यिक पत्रकार संघ विशेष कार्यसमितिका अध्यक्ष साहित्यकारसमेत हुन् । वरिष्ठ साहित्यकार नरबहादुर दाहालको आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व फाउन्डेसनका अध्यक्ष रुबेन गुरुङले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथिमा चन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, मदन ओझा, मिजोरमका उदय कुमार, नेपालका कुमार जोशी, कृष्ण प्रसाई, पीबी छेत्री, हिमालय दर्पणका सम्पादक शिवु छेत्री, अशोक प्रशान्त, युवराज काफ्लेलगायत थिए । कार्यक्रममा नेपाल, म्यान्मार, मिजोरम, मणिपुर सिक्किम, कालेम्बुङ, गुहाटी, असम,
नागरी, दार्जिलिङ, मिरिक, करसाङलगायतका स्रष्टाको सहभागिता थियो ।

कार्यक्रममा साहित्य तथा शिक्षा क्षेत्रमा सिलगढीबाट डा. कृष्णराज घतानी र मुक्ति बराल उपाध्याय, सचिन राई दुमी दार्जीलिङ, मटिल्ला राई (खरसाङ), शंकर प्रधान, (डुबर्स), वीरभद्र कार्की ढोले (गान्तोक, सिक्किम), नवीन स्पन्दन (कालेबुङ) कीर्तिमणि खतिवडा (मणिपुर), वन्दना गौतम (म्यान्मार), गायिका दीपा रूचाल (कालेबुङ), मणि श्रेष्ठ (नागरी फार्म), लोकगायक केबी खाती (पोख्रेबुङ), प्रकाश राई (दुलियाजन असम), पवन राई (नामदुङ, नागरी), खरसाङ्का गोपाल छेत्री, चन्द्र शर्मा (असम), प्रमोद गिरी (सिलगढी), रोशन राई आदित्य (मिरिक), सुलोचना थिङ (नेपाल), अमीर सुन्दास (डुबर्स) सुवास छेत्री (दार्जिलिङ) लाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । यस्तै सिटोङका अरुण खवास, पानीघट्टा सिलगढीका रङगु सौरिया, रतन छेत्री र हरि शर्मा पराजुलीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा लतिका जोशीको कविता संग्रह ‘भुटभुटी’ को विमोचन पनि गरिएको प्रचारप्रसार समितिका आरबी रुचालले जानकारी दिए ।
 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक