20160417

अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले भने - अमेरिकामा बसेर नेपालको राजनीति गर्नु अनुपयुक्त छ सके अमेरिकी राजनीति गर्नु नि !

राजदुत कार्की को यो भनाइलाई नेपाल मदर डट कम पूर्ण समर्थन गर्दछ र अब देखी त्यस्ता राजनीतिक पार्टीका र भगिनी संस्थाका कार्यक्रममा, त्यसै गरि जिल्ला नगर देखी टोल टोल सम्मका नाम मा खुलेका नानाथरी संस्था, समुह, जातिय, क्षेत्रिय र साम्प्रदायिक  कुरा गर्ने संघ संगठनका कार्यक्रम मा समेत राजदुत उपस्थित भएर गलत कार्यलाई प्रोत्साहन दिने परिपार्टी अन्त्य गर्न नेपाल मदर आग्रह पनि गर्दछ !                 

DSC_0214

अमेरीकाकोलागी नेपालका राजदुत डा. अर्जनकुमार कार्कीले कोलोराडोमा एक समारोह बिच नेपालमा राजनीति गर्न देश भित्रनै प्रयाप्त मानीस भएकाले अमेरीकामा बसेर नेपालको राजनीति गर्नु नपर्ने धारणा राखेका छन् । संखुवासभा जिल्लाबाट अमेरीकामा आई बसोवास गर्ने नेपालीहरुको संखुवासभा समाजको प्रथम साधारण
सभाको पानसमा बत्ती बालेर उद्धाटन गर्दै उनले उक्त धारणा राखेका हुन् । राजदुत कार्कीले अमेरीकामा बसेर नेपालकोलागी राजनीती गर्नुको सट्टा यहिको पार्टि सकृय भई निती निमार्ण तहमा पुग्न सके नेपालको हितमा निती गर्न सकिने यसबाट नेपाललाई ठुलो सहयोग पु¥याउन सकिने धारणा राखेका हुन् । विश्वमा नामै नसुनिएका देशका मनिसले यहाको राजनितमिा प्रवेसगरी माथिल्लो ओहोदामा पुगेर आनो मुलुकलाई धेरै सहयोग पु¥याएका प्रसंग उल्लेखगर्दै उनले अहिले नेपाली मुलका मान्छे त्यो ठाउमा भए आज आफुलाई कामगर्न कति सजिलो हुन्थ्यो होला भनेर कल्पना गर्ने गरेको बताए ।

यसरी उद्धाटन सत्रमा शुभकामना मन्तव्य राख्नेहरुमा पशुपती फाउण्डेसन क्यालीफोर्नियाका अध्यक्ष तथा आर्टिसिया सिटीका प्लानिङ्ग कमिष्नर भक्त थापा, भर्जिनिया प्रतिनीधी पवन बराकोटी खनाल, कोलोराडोमा चालिस बर्ष देखि बसोवास गर्दे आएका हेल्पिङ्ग ≈याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नयनराज पोख्रेल लगायतका रहेका थिए । बक्ताहरु सबैले आ–आºनो राजनिती आस्था,मुल्य र मान्यता देखी माथि उठेर बिसुद्ध गृह जिल्ला तथा मातृ भुमीको विकासको लागी समाजले अमुल्य योगदानगर्न सकोस भनी शुभकामना दिएका थिए ।

समाजका संयोजक शान्ति श्रेष्ठको अध्यक्षतामा संम्पन्न उद्धाटन सत्रको कार्यक्रममा धर्मराज श्रेष्टले स्वागत मन्तब्य राखेका थिए भने हरिकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । हसिलो मुद्रामा कार्यक्रम स्थल प्रवेस गरेका प्रमुख अतिथी राजदुत कार्कीलाई संयोजक शान्ति श्रेष्ठले खादा पहि¥याई दिई स्वागत गरेकी थिईन । कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा संखुवा सभामा जन्मेर अमेरीकामा बसोबास गर्ने नेपाली, स्थानीय संघ संस्थाका प्रतिनीधी, बुद्धीजिवी, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बेलायत, हङकङ, कोरीया, सिंगापुर, बु्रनाई, दुवाई, कतारमा संखुवासभा समाज गठन भईसकेको र अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, वेल्जियममा गठनहुने क्रममा रहेको जानाकारी गराईएको थियो । त्यस्तैगरी संखुवासभामा जन्मेर अमेरीकामा माथिल्लो स्थरमा पुग्न सफल व्यक्तिहरुको नाम पढेर सुनाईएको थियो । जसमा स्वयं माहामहिम राजदुत अर्जुनकुमार कार्की, अमेरिकी राष्ट्रपती ओवामाका एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर सम्बन्धि सल्लाहकार मण्डलका सल्लाहकार संजिता प्रधान, एनआरएनका निवर्तमान डाईरेक्टर बलराम थापा, नेपाली जनसंम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, प्रवासी नेपाली मन्चका अमेरिकाका उपाध्यक्ष जिवन जोशी, अमेरीका डेमोक्याटीक पार्टि कोलोराडो राज्य बोल्डर काउन्टिको पार्टी भोलेन्टियर परिचालन कमिटीका संयोजक सुरेन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरु सवै संखुवासभामा जन्मिएका भनेर जानकारि गराईएको थियो ।
उद्धाटन सत्र पछि बसेको बन्द सत्रले समाजको विधान पारित गर्दै संयोजक शान्तिको संयोजकत्वमा ३१ सदस्सिय तदर्थ समिति गठन गरेको छ ।  - नतिबाबु भट्ट कोलोराडो, अमेरीका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक