(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160417

अमेरिकाको ह्यारिसनबर्गमा नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा एक साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान र रात्रीभोजको आयोजना !


अमेरिकाको ह्यारिसन बर्ग भर्जिनियामा हिजो नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा Nepali Association of Central Virginia को आयोजनामा एक साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान र रात्रीभोजको आयोजना गरियो । संस्थाका अध्यक्ष अशोक कन्बरको स्वागत मन्तब्य राख्दै संस्थाले यस किसिमका कार्यक्रम गर्दै अाइरहेको र भबिस्यमा पनि गरिरहने कुरा बताउनुभयो । कार्यक्रमका सँयोजक दिपक जमरकट्टेलको कार्यक्रम बारे परिचय मन्तब्य पछि प्रमुख अतिथिको आशनबाट बोल्दै अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले "हामी जहाँ भए पनि, जहाँ रहेपनी नेपाली हौं । तसर्थ नेपाली भाषा, सँस्कृति, चाडवाड, रितिरिवाज भुल्नु हुँदैन" भन्नु भयो । ब्यबसायी एकराज  जमरकट्टेल, हेमन्त शर्मा, जनार्दन पाण्डे, दिनेश शर्माले
पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रकाश सापकोटा र सुनिल देबकोटाको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी खनालले बिभिन्न गीतहरु गाएर उपस्थित दर्शक श्रोताहरुलाई मनोरन्जन प्रदान गर्नुभएको थियो । अर्पना सापकोटाको नाच पछि नेपाली गीतहरुमा सबैले नाचेर मनोरन्जन गरेको कार्यक्रम सँयोजक दिपक जमरकट्टेलले नेपाल मदर लाई बताउनु भयो । कार्यक्रमका केही तस्बीरहरु तल प्रस्तुत छन:         






 










  



             
















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक