20160421

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिका विभिन्न राज्यमा जीवन विमासम्बन्धमा ठगिएको समाचारहरु आइरहेका बेला छलफल कार्यक्रमको आयोजना गर्दै !

जीवन बिमा सम्बन्धमा छलफल कार्यक्रम गर्दै वासिंङटन डीसी केही समयदेखि अमेरिका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायमा जीवन विमासम्बन्धमा अनलाइन तथा पत्रपत्रिकाहरुमा धेरै नेपाली भाषीहरु ठगिएको समाचारहरु आइरहेकाले यसबारे वासिंङटन डीसी वरपर रहेका नेपाली समुदायको सहभागिता रहनेगरी नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले एक छलफल कार्यक्रमको आयोजना गर्दैछ । यही आउँदो अप्रिल २३ तारिख शनिबार मनाससस्थित बुल रन पुस्तकालयमा हुन लागेको उक्त कार्यक्रममा जीवन बिमासम्बन्धी जानकार व्यक्तिहरु र जीवन विमा क्रेताहरुलगायत समुदायका सबैखाले व्यक्तिलाई सहभागीतका लागि संघले आह्वान गरेको जानकारी नेजाका क्षेत्रिय उपाध्यक्ष विश्व थापाले जानकारी गराउनुभएको छ । कार्यक्रममा बिमा बिक्रेताहरुलाईसमेत सहभागीताका लागि आह्वान गरिएको छ । शनिबार दिउँसो २ बजेबाट शुरु गरिने कार्यक्रममा सहभागीहरुले कृपया १:३० बजेसम्ममा पुस्तकालयमा आइदिन हुन समेत थापाले आह्वान गर्नुभएको छ । नेजा सन् २००७ मा स्थापित भएको अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था हो । नेजाले आफ्नो पाँचौं अधिवेशन आउँदो मे
महिनाको ७ र ८ तारिख क्यालिफोर्नियामा गर्दैछ ।
फेसबुकमा नेजाको आह्वान यस्तो छ  
 ttps://www.facebook.com/events/449026585305225/
केही समययता अमेरिकी नेपाली समाजमा जीवन बीमासम्बन्धमा चलिरहेको बहसका बारे डीसी मेट्रो क्षेत्रमा एक कार्यक्रम आयोजना गर्न लागिएको छ | तसर्थ जीवन बीमासम्बन्धी निम्न मिति,समय र स्थानमा आयोजना गर्न लागिएको कार्यक्रम सहभागी भै दिनु हुन सबैलाई हार्दिक अनुरोध गरिन्छ ।
आयोजक
नेपाल अमेरिका पत्रकार संघ
कार्यक्रम:
मिति: अप्रिल २३, २०१६ शनिवार
समय: दिनको ठीक १:३० बजे
स्थान: 8051 Ashton Ave, Manassas, VA 20109

Bull Run Regional Library 8051 Ashton Ave, Manassas, VA 20109
Room A & B
सम्पर्क :
गौतम दाहाल (410) 908 8744 (अध्यक्ष नेजा)
विश्व थापा (571) 241 7091
(क्षेत्रीय उपाध्यक्ष नेजा)
मधुकर अधिकारी (कार्यकारी सदस्य) 917 412 6915
एवं यस क्षेत्रका नेजा सदस्यहरु

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक