20160421

कमल थापाको अमेरिका भ्रमणमा पनि गम्भीर धक्का

* सहअध्यक्ष केशरबहादुर विष्टलाई कारवाही गर्ने राप्रपा नेपाल संस्थापन पक्षको निर्णयबिरुद्ध ८ केन्द्रीय सदस्यहरु उभिए
* सत्ता र मन्त्री पदका लागि हिन्दू धर्म, संबैधानिक राजसँस्थाको पक्ष, सँघियता बिरोधी नारा सिंहदरबार भित्र र शितल निवास तिर चटक्कै भुलेको, जब सिँहदरबार बाहिर निस्किन्छन फेरी उही दुई जिब्रे पारा देखाइहाल्छन भनी  आरोप लागिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा मुश्किलमा !

* कमल थापा वास्तवमै मुसा हो, यो मान्छेले सत्ताका लागि जे पनि गर्न सक्दछ: कमल थापा बिरोधिहरु 
* कमल थापा नेपालको वास्तविक नेता हो : कमल थापा निकटहरु
रा.प्र.पा नेपालका अध्यक्ष एबम उपप्रधान र पररास्ट्र मन्त्री कमल थापा अहिले अमेरिकामा हुनुहुन्छ । सरकारी कार्यक्रममा आएको मौका छोपेर वहाँ अहिले आफ्नै पार्टीको भगिनी संस्था प्रबासी नेपाली एकता समाजको अधिबेशन उदघाटन मा लाग्दै गर्दा यो पनि बिबादित बनेको छ । अमेरिकामा नेपाली राजनीतिक पार्टीका भगिनी
संस्था खोल्नु कानुन बिपरित र दण्डनिय हुने ब्यबस्था का बिषयमा आवाज उठदै गर्दा यो बिषय झनै बिबाद मा परेको छ भने अमेरिकामा रहेका रा.प्र.पा नेपाल निकट ब्यक्तिहरु नै कमल थापाले हिन्दू धर्म, संबैधानिक राजसँस्थाको पक्षमा र  सँघियताको बिपक्षमा सत्ता र कुर्सिका लागि गद्दारी गरेको भन्दै बहिस्कार शुरु गरेका छन । उनलाई समर्थन गर्ने निकै थोरै र बिरोध गर्नेको यहाँ तान्ती देखिन थालेको छ भन्छन रा.प्र.पा नेपाल कै एक नेता । उनले भर्खरै नेपाल मा सह अध्यक्ष केशर बिष्ट, केन्द्रिय सदस्य बिष्णु भट्टराई र सहायक मन्त्री बिराज बिष्ट सहित केहीलाई गरेको करवाहीले कमल थापा लाई अमेरिकामा पनि गम्भीर धक्का पुगेको देखिन्छ । उनका बिरोधिहरुले भनेका छन - कमल थापा वास्तव मै मुसा हो, यो मान्छे ले सत्ताका लागि जे पनि गर्न सक्दछ तर कमल थापा निकट हरु भने कमल थापा नेपालको वास्तविक नेता भन्दै ज्यु हजुरीमा दण्डवत देखिन्छन यहाँ पनि ।  उता नेपालमा सहअध्यक्ष केशरबहादुर विष्टलाई कारवाही गर्ने राप्रपा नेपाल संस्थापन पक्षको निर्णयबिरुद्ध ८ केन्द्रीय सदस्यहरु उभिएका छन् । विहीबार बिज्ञप्ती निकाल्दै बिष्टलाई तीन बर्षका लागि निलम्बन गर्ने निर्णयको विरोध गरेका छन् । बिज्ञप्तीमा बिष्टले पार्टीभित्र फरक मत राखेकै कारण अध्यक्ष कमल थापा पक्षधरले कारवाही गरेको जनाउँदै तत्काल कारवाही फुकूवा गर्न संस्थापनलाई दवाव दिएका छन् । ‘परिवर्तित एंव प्रजातान्त्रीक परिवेशमा पार्टी भित्र विधि पद्धती र प्रजातान्त्रीक प्रक्रियाको विकास गरिनु पर्दछ भन्ने विचार राखिएको आधारमा गरिएको यस स्तरको निलम्वन र निस्कासनले पार्टीभित्र र कार्यकर्तामा ठुलो समस्या पैदा भएको छ’ बिज्ञप्तीमा भनिएको छ ‘कार्यकताको मात्र नभएर पार्टीसंग समान विचार राख्ने देश विदेशमा रहेका सुभेक्ष्युक तथा राप्रपा नेपाललाई मुलुकको चौथो राजनैतिक शक्तिको हैसियत प्रदान गर्ने मतदाता राष्ट्रवादी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको भावनामा गहिरो चोट पुग्न गएको छ ।’ बिज्ञप्ती निकाल्नेमा केन्द्रीय सदस्यहरु विष्णु भट्टराई, मिरा राणा, पदम ठकुराठी, घनश्याम गिरी, ऋषिबाबु परियार, दमन बस्नेत, बसन्तराज लम्साल र इन्द्र थापा रहेका छन् भने प्रवास विभाग प्रमुख श्याम केसी र राप्रपा नेपाल निकट पूर्व प्रहरी संगठनका निराकार मान सिङ्ग रेग्मीले पनि विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

 राजसंस्था र हिन्दु राष्ट्रको नारा बोकेर संसदमा उपस्थिति जनाएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको नारालाई ओझेल पार्दै लगेका छन् ।
उनले अहिले विभिन्न जिल्लाहरूमा आफ्नो अभियान जारी राखेका छन् । तर, उनले कहिल्यै पनि मुलुकमा संवैधानिक राजसंस्था ल्याउनुपर्छ भनेर आफ्नो बाक्य भन्ने गरेका छैनन् । यूनाइटेड पोष्टले समाचार छापेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँगको टसलका कारण कमल थापाले राजसंस्थाको विषय छाड्न थालेका हुन् । उनले हिन्दू राष्ट्रको नारालाई मात्रै बोकेर भारतमा जस्तै भारतीय जनता पार्टीले सत्ताकब्जा गरे जसरी अगाडि बढ्ने सपना देखेका छन् । तर उनले के भुलेका छन् भने हिन्दू राष्ट्र र राजसंस्थाको विषय एकआपसका अपरिहार्य विषय हुन् ।
हिन्दू राष्ट्रको नारालाई पनि क्रिश्चियन धर्म प्रचारकहरूसँग बिक्री गरेको कमल थापामाथि ठूलो आरोप छ । यसको पुष्टि हुने गरेर उनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जोडदार आवाज उठाउने केशरबहादुर विष्ट र विराजबहादुर विष्टलाई कारबाही गरेर प्रमाण दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टीलाई कमजोर र फुटको संघारमा ल्याइदिएको आरोप आफन्तहरूसँग गुनासो गर्ने गरेका छन् । सोही कारण कमल थापा पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध भित्रभित्रै लागेका हुन् ।
अर्को चुनावमा ठूलो पार्टी बन्ने सपना देखेका कमल थापाले जनताबाट कस्तो मत पाउने हुन् भविष्यले बताउने छ । तर, कमल थापाको क्रिश्चियन परस्त व्यवहार र संवैधानिक राजसंस्था छाड्दै गरेको अवस्थाले अब चङ्गा चैट हुने सम्भावना रहेको देखिन्छ ।


सत्ता र मन्त्री पदका लागि हिन्दू धर्म, संबैधानिक राजसँस्थाको पक्ष , सँघियता बिरोधी नारा सिंहदरबार भित्र र शितल निवास तिर चटक्कै भुलेको, जब सिँहदरबार बाहिर निस्किन्छन फेरी उही दुई जिब्रे पारा देखाइहाल्छन भनी  आरोप लागिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले योजनाबद्ध र संगठित रूपले धर्म परिवर्तन भइरहेको बताएका छन्। उनले सनातन धर्मको रक्षाका लागि जनतालाई जागरुक गर्न, सरकारलाई दबाब दिन र अतिक्रमणकारीलाई चेतावनी दिन हिन्दु जागरण अभियान सुरु गरिएको बताए ।
संविधानमा धर्म निरपेक्षता घोषणासूगै अहिले गाउूगाउूमा गरिबीको फाइदा उठाउूदै संगठितरुपमा धर्म परिवर्तन गराउने काम भएको छ, शनिबार वीरेन्द्रनगरमा भएको हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्दै थापाले भने, यसैका विरुद्ध हामीले देशैभर जनतालाई जागरुक बनाउने अभियान थालेका छौं ।
८४ प्रतिशत हिन्दु रहेको देशलाई अन्य राजनीतिक दलले विदेशीको दबाब र प्रभावमा परेर धर्म निरपेक्ष घोषणा गरेको उनले आरोप लगाए। नेपाली जनताको गरिबीको शोषण गरेर, भ्रम फैलाएर र पैसाको प्रलोभन दिएर अहिले संगठित रुपमा धर्म परिवर्तन गराउने काम भइराखेको छ, उनले भने, हामी हिन्दु धर्मलाई मासेर अर्को धर्म फैलाउने कुरा कदापि स्विकार्दैनौं ।
अध्यक्ष थापाले संविधानको परिधिभित्रै रहेर हिन्दुत्वको लडाईं लड्ने बताए। उनले संविधानमा हिन्दुराष्ट्र लेखाउन नसकेपछि आफूहरुमाझ दुईवटा मात्रै विकल्प रहेको बताए। संविधानलाई च्यातचुत पारी बन्दुक बोकेर जंगल पस्ने वा प्रजातान्त्रिक ढंगबाट शान्तिपूर्ण संघर्ष गर्दै आफ्नो एजेन्डा स्थापित गर्ने भन्ने विकल्प मात्रै हामीसग थियो, उपप्रधानमन्त्रीसमेत रहेका थापाले भने, हामीले संविधानलाई आलोचनात्मक समर्थन गर्दै आफ्ना एजेन्डा जनतामाझ लिएर जाने निर्णय गर्यौं ।
अध्यक्ष थापाले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबाहेक संविधानमा महत्वपुर्ण उपलब्धि रहेको बताए। पूर्ण विचार स्वतन्त्रता, पार्टीमा प्रतिबन्ध नलगाउने व्यवस्था, प्रत्येक पाूच वर्षमा अद्यावधिक चुनाव, संविधान संशोधनको सरल विषय यो संविधानका महत्वपुर्ण उपलब्धि हुन्, उनले भने, यी उपलब्धिको उपयोग गर्दै हिन्दुराष्ट्र नेपाल, राजतन्त्र र अधिकारसहितको स्थानीय शासन संविधानमा लेखाउनका लागि निरन्तर संघर्ष गरिरहन्छौं।
उनले मधेसवादी दललाई संविधानप्रति असहमति जनाएर सीमामा नाकाबन्दी गर्नुभन्दा जनताको मन जित्न आग्रह गरे। संविधानमा कुनै पनि धारा अपरिवर्तनीय नभएको भन्दै जनताको मन जितेर संविधान संशोधन गर्न सकिने बताए। नाकाबन्दी गरेर जनतालाई दुःख दिनुभन्दा जनताको मन जितेर संविधान संशोधन गर्ने दिशातिर अघि बढ्न उनले मधेसी दललाई सुझावसमेत दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक