20160520

लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान
 सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उहाँले बताउनुभयो । “सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ र
तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ,”– सञ्चारमन्त्री राईले भन्नुभयो । सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, पहिरोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक