20160523

न्युयोर्कको मुटु म्यानहटनमा ‘नेपाल डे परेड’, परेडमा नेपालीहरु विभिन्न साँस्कृतिक झाँकी, सांगीतिक प्रस्तुति एवं मौलिक भेषभुषामा सहभागी

- विष्णुप्रसाद पौडेल/ नेपालय


म्यानहटन बन्यो मिनी नेपाल

न्युयोर्क / सनाइको प्याइँप्याइँसँगै दमाहा अनी ट्याम्कोको आवाजले लाग्थ्यो आज कसैको विवाह हँुदैछ । संसारकै ठूलो र आकर्षक व्यापारिक केन्द्र न्युयोर्कको मुटु म्यानहटनमा नेपालीहरु दौरासुरुवाल अनी गुन्यो चोलीमा सजिएर लस्करै उभिएको देख्दा जोकोही नेपालीले त अनुमान लगाउन सक्थे भने नेपाल र नेपालीको
बारेमा जानकारी भएका विदेशीले पनि सहजै अनुमान लगाउँथे । तर उनीहरुले गरेको अनुमान सही होइन । यो विवाह नभई नेपालीले आफ्नो मातृभूमिलाई चिनाउन गरेको कार्यक्रम ‘नेपाल डे परेड’ थियो ।
नेपाली संस्कृति र पहिचान देखाइ पर्यटक लोभ्याउने हेतु राखेर आयोजित कार्यक्रममा नेपालीले आफ्ना विविध साँस्कृतिक झाँकी सहित मातृभूमिका ऐतिहासिक स्थलहरुलाई दुलई झैं सिँगार्दै देशलाई गुन्जाएका थिए । मे २२ तारिखमा भएको परेडमा म्यानहटनस्थित ब्रोडवेको २९ स्ट्रिटदेखी १९ स्ट्रिटसम्म नेपाल गुन्जिएको थियो ।
13
न्युयोर्कको मुटु म्यानहटनमा आयोजित ‘नेपाल डे परेड’ न्युयोर्कस्थित नेपाली संघसंस्थाले यहाँको नेपाली महावाणिज्य दूतावासको समेत साथ र समर्थन लिएर गरिएको कार्यक्रम हो । भारतले न्युयोर्कमा हरेक वर्ष इन्डिया डे भनेर म्यानहटनमा परेड गर्दै आएकोमा नेपालको तर्फबाट पहिलोपटक यो परेड भएको हो । करिब तीन हजार जति नेपालीको उपस्थिती रहेको सो नेपाल परेडको उद्घाटन सयुक्त राष्ट्रसघंका लागि नेपालकी सह–प्रमुख सेवा लम्साल अधिकारीले रिबन काटेर गरेकि थिइन् ।fifna
परेडमा नेपालीहरु विभिन्न साँस्कृतिक झाँकी, सांगीतिक प्रस्तुति एवं मौलिक भेषभुषामा सहभागी भएका थिए । विविध जातजातिका नेपाली मौलिक पोशाक र बाजामा गरिएकोे नृत्यका दृश्य सयांै विदेशीको क्यामरा तथा मोबाइलमा कैद भए । jana
कार्यक्रममा गुरुङ जातिको सोरठी, तामाङ जातिको झाँक्री तथा डम्फु, नेवार समुदायको लाखे र धिमे, राई जातिको साकेला, बाल्टिमोर समाजले पन्चे बाजा, मगर जातिको कौडा, लिम्बु जातिको च्याब्रुङ, तराई मधेश समुदायबाट घाँघरा र चोली, रिजउड नेपाली समाजबाट भजन मण्डली र कलाकार संघबाट नेपाली कला र संगीत समिश्रित प्रस्तुति थियो ।over
नेपाली तथा अमेरिकी राष्ट्रिय गीत बजाएर परेडको प्रारम्भ गरिएको थियो । ¥यालीमा तीनवटा परेड फ्लोट (लामो ट्रक) प्रयोग गरिएको थियो । तिनमा नेपाली गौरव झल्किने बुद्धको शालिक, बौद्ध स्तुपा, पशुपतिनाथको मन्दिर, जानकी मन्दिर र विश्वको उच्च शिखर सगरमाथाको आकृति थियो । 15
परेडको आयोजकमा जनजाती महासंघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका, रिजउड सोसाइटी, नेप्लिज अमेरिकन आर्टिस्ट एसोसिएसन नर्थ अमेरिका, फेडरल सोसलिस्ट सोसाइटी, गुरुङ सोसाइटी, मगर एसोसिएशन, ध्याल्सुम्दो सेवा संस्था, ह्योल्मो सोसाइटी, किराँत राई सोसाइटी लगायतका संस्था थिए । 16
त्यस्तै मनाङ समाज, मुस्ताङ किदुग, न्युयोर्क नेवा गुठी नेवा नख, सुनुवार सोसाइटी, तामाङ सोसाइटी, युनाइटेड किराँत राई अर्गनाइजेसन, बाग्लुङ समाज नर्थ अमेरिका, गैरआवासीय नेपाली समाज (एनआरएनए) अमेरिका, एनआरएनए न्युयोर्क च्याप्टर, एनआरएनए न्युजर्सी च्याप्टर, ब्लड डोनर एसोसिएसन न्युजर्सी च्याप्टर, नेपाली पब्लिक रिलेसन कमिटी, कनेक्टिकट नेप्लिज सोसाइटी, लङ आइल्यान्ड नेपाली सोसाइटी, युएस – नेपाल चेम्बर अफ कमर्स, न्युजर्सी नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क, युनाइटेड नेप्लिज इमिग्रान्ट सोसाइटी, बाल्टिमोर नेपाली समाज, नेपाली युथ रिलेसन कमिटी, एसोसिएसन अफ नेपाली फिजिसियनलगायत तीन दर्जन संस्था थिए ।
नेपाल डे परेडमा न्युयोर्क सहित वरपरका शहरहरु न्युजर्सी, कनेक्टिकट, बाल्टिमोर, वासिङ्टन डिसी, टेक्सास, भर्जिनिया, बोस्टन लगायतका स्थानबाट नेपाली समुदायको ठूलो संख्यामा उपस्थिति थियो । magar
‘पश्चिम कोहि पूर्व घर आँगन त तर एउटै हो छरिएर बसे के भो सन्तान त एउटै हो’ गोपाल योञ्जनको यो गीत घन्किदै गर्दा नेपाल डे परेडमा जात, धर्म, क्षेत्र, राजनीति एवं व्यक्तिगत इगोको आधारमा आफूलाई विभाजित बनाएर देश चिनाउने महान कार्यमा हामै्र समाजका केही अगुवाको उपस्थिती नभए पनि नेपाल डे परेड पूर्ण रुपमा सफल भएरै छोड्यो । आखिर देशभन्दा माथि कोही हँुदैन । देश चिनाउने अभियानमा पनि हामी चुक्छौं भने त्यसले हामीलाई राम्रो पाठ सिकाउँदैन ।rai
आगामी वर्षदेखि न्युयोर्क शहरमा हरेक गणतन्त्र दिवसका दिन नेपाल डे परेड गरिने आयोजकले बताएका छन् ।
महिनौदेखि यो अभियानलाई यहाँसम्म ल्याउन सफल लुवसाङ वाइवा, आनन्द बिष्ट, तथा सञ्जय थापाको अभियानले पक्कै पनि सहि र राम्रो कार्यका थालनी गरेको छ । यसमा उनीहरुको कडा मेहनतले नै आज यो अभियान सफल भएर नेपालीले गर्व गर्न लायक परेड इतिहासको दस्तावेजका रुपमा नेपाली माझ लेखिने छ । कार्यक्रममा केही कमजोरीहरु भए पनि आगामी वर्ष सुधार्दै लगेमा नेपाल डे परेड स्थापित पर्वको रुपमा पक्कै विकशित हुने छ ।


main
14


17














 photo: Gita Panth, Surya Thapa, Nepalaya, gobenepal and face book. 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक