20160523

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको लसएञ्जलसमा आयोजना गरेको "प्रथम अनेसास च्याप्टर सम्मेलन" सम्पन्न

- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रेस बिज्ञप्ती जस्ताको तस्तै 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको लसएञ्जलसमा आयोजना गरेको "प्रथम अनेसास च्याप्टर सम्मेलन" सम्पन्न भएको छ |अनेसासको २५ बर्षे इतिहासमा प्रथम पटक २० मे शुक्रबारदेखि २२ आइतबारसम्म चलेको सम्मेलनमा अमेरिकाका बिभिन्न राज्यमा रहेका अनेसास च्याप्टरका प्रतिनिधिहरूको साथै विश्वका बिभिन्न
देशमा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो |
कार्यक्रमको पहिलो दिन स्वागत तथा अनेसासका गतिविधिबारे छलफल गर्नुका साथै स्थानीय संघ सस्थाका प्रतिनिधिहरूको सहभागीतामा रात्रीभोजको आयोजना गरिएको थियो |
दोश्रो दिनको उद्घाटन सत्र अनेसासका सल्लाहकार डा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा तथा अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो |
कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, अनेसास पुर्व अध्यक्ष मोहन सिटौला, ऋषि ढकाल, डा. शम्भु ढुंगाना, डा. जीत जोशी , गोवर्धन पूजा , प्रकाश नेपाल , दिल श्रेष्ठ, भक्त थापा, शान्तिराम ढकाल, मुकुन्द ढुंगानालगायतले मन्तव्य व्यक्त गरे भने अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष श्याम कार्की र एएनएका अध्यक्ष रजर अधिकारीको शुभकामना सन्देश वाचन गरिएको थियो |
कार्यक्रममा गत दुई वर्षभरिमा उत्कृष्ट कार्य गरे वापत अनेसास नेपाल च्याप्टरलाई नगद अमेरिकी डलर पाँचसय सहित स्थापित " अनेसास राम लामा पुरस्कार" प्रदान गरिएको थियो | पुरस्कारको निरन्तरताका लागि प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने सम्झौता पत्रमा सस्थापनको तर्फबाट राम लामा र अनेसासका तर्फबाट पदम विश्वकर्माले हस्ताक्षर गर्नु भएको थियो ।
कार्यक्रममा कवि गुणराज लुइटेलको जलेको मन (कविता संग्रह), कथाकार नीशा अर्यालको अनगिन्ति चोटहरू ( कथा संग्रह) र राष्ट्रनिर्माता र राजनीति ( लेख संग्रह) बिमोचन गरिएको थियो |
उदघाटन कार्यक्रम पश्चात उक्त दिनको दोश्रो सत्रमा अनेसासका बिभिन्न च्याप्टरका प्रतिनिधिले आ आफ्नो च्याप्टरको गतिबिधि प्रस्तुत गरेका थिए | जसमा न्युयोर्कबाट राजेन्द्र श्रेष्ठ, अष्ट्रेलियाबाट गणेश घिमिरे, डाल्लासबाट विजय भट्टराई, कोलोराडोबाट कपिल सुबेदी, बोस्टनबाट लालगोपाल सुबेदी, फ्लोरिडाबाट मीना शाक्य , न्युह्याम्प्श्यारबाट कृष्ण गिरी, अष्टिनबाट मोहन सिटौला, पोर्चुगलबाट वाईबि गुरुङ, कतारबाट तीर्थसंगम राई, लसएन्जलसबाट शान्तिराम ढकाल, लसभेगसबाट कृष्ण कुसुम लगायतको प्रस्तुति रहेको थियो |
कार्यक्रमको तेश्रो सत्र मोहन सिटौलाको सभापतित्वमा विश्व काव्य गोष्ठी सम्पन भएको थियो | जसमा तीनदर्जन भन्दा बढी कविहरुको सिर्जना वाचन गरिएको थियो |
कार्यक्रमको तेश्रो दिनको पहिलो सत्रमा दीपक सिम्खडाले "च्याप्टरहरूको सस्थागत बिकास , व्यबस्थापन", डाक्टर जीत जोशीले "च्याप्टरहरूको क्षमता अभिवृदी", मोहन सिटौलाले "च्याप्टरहरूको न्युनतम कार्यक्रमहरू", डा. खगेन्द्रप्रसाद लुइटेलले " नेपाली साहित्यको विकासमा अनेसास च्याप्टरहरूको भूमिका", र पदम विश्वकर्माले " च्याप्टरहरूको सस्थागत विकास, कार्यक्रम, च्याप्टर संचालन प्रविधि" विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो |
सम्मेलनको तेश्रो दिन अनेसास लसएञ्जलस घोषणा पत्र जारी गर्दै आगामी सम्मेलन टेक्सासको डाल्लासमा आयोजना गर्ने घोषणा गरिएको थियो भने समापनमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो |

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक