20160524

अहिले गरमागरमको बिषय बनेको छ प्रधानमन्त्री के पि ओलीको "सपना" को बिषय !

- राजन अधिकारी
 "सपनाले देश बन्दैन योजना चाहिन्छ " हामी नेपालीहरूको खासियत भनेको कुनै पनि बिषय उठ्ने साथ त्यसमाथि गम्भिर भएर अध्यायन नै नगरी सतहीरूपमा बहस शुरू गरीहाल्ने अझैभनौ कागले कान लग्यो भनेर कसैले भनिदियो भने आफ्नो कान समेत नछामी कागको पछाडी दौडिहाल्ने मनोदशाबाट ग्रसित छौ त्यसैले कुनै गम्भिर बिषय पनि केबल मजाक हुदै रमाईलो र तमासामा गएर टुंगिन्छ । अहिले गरमागरमको बिषय बनेको छ प्रधानमन्त्री के पि ओलीको "सपना" को बिषय । तुईन बिस्थापित गरी झोलुनंगे पुल हाल्ने देखी शुरू भएको भाषण ६ महिना सम्म आउदा पाईपलाइनबाट ग्यॉंस , हावाबाट बिजुली, द्रुत रेलवे , पेट्रोल खानी हुदै पानी जहाजबाट सुलभ ढुंगानी गरी नेपाललाई समुन्नत राष्ट्र बनाउने र नेपालीहरूलाई खाना, नाना र छाना कै लागी बिदेश धाउनु नपर्ने आबस्था सृजना गर्छु भन्ने हो । प्रम का यी माथिका भाषणहरू उनका उत्कृष्ट सपना मान्दै कयौ बुद्दिजीबी र पत्रकारहरूले सपना देख्नेले नै काम गर्छ भन्दै प्रमलाई यथार्थताको धरातल सम्म हेर्न नसक्ने गरी हावा भरिरहेका छन भने सत्ता र भत्ताका भोका भ्रष्ट बिपक्षीहरू भने सासै फेर्न बिर्सेलान की जस्तो गर्दै ओलीको भाषण केबल हंसाऊने टुक्का मात्र भएको भन्दै
जसरी हुन्छ उनलाई बिस्थापित गरी आफ्नै दुनो सोझ्याउने दाउमा देखिन्छन । यो अबस्थामा हामी सामान्य र सरल नेपालीहरूले बुझ्नुपर्ने बिषय के होला जस्तो लाग्छ भने उल्लेखित प्रमले बोलेका बिषयहरू नत उनका रचनात्मक सपना हो नत हंसाउने उखान टुक्का नै , यी सबै बिषयहरू बिकशित राष्ट्रका जनताहरूले उपभोग गर्दै आएका र कतिपय म्याद समेत सकीसकिएका बिकाशका बिषयहरू हुन जुन प्रमले बिदेश भ्रमणको बेला देख्नु बुझ्नु भएको छ र अन्य नेताहरू लगाएत धेरै नेपालीहरूले समेत देखिसकेका छन अतएब वलीका माथिका भाषणहरू नत उनले देखेका नयॉं र रचनात्मक सपनाहरू हुनसक्छन नत हंसाउने उखान टुक्का नै । दिर्घकालिन योजना ( सिमाअबधि , प्रबिधि र लगानी ) का साथ शुरू गरे र गर्न पाए ति कुराहरू बिकाशका सुन्दर योजनाहरू बन्नेछन र कालन्तरमा देश र जनताको मुहार फेरिनेछ, गर्न नसके वा बिना बृहत्तर योजना हरेक हप्ता बिकशित देशको डकुम्न्ट्री हेर्दै एउटा एउटा महत्वकांक्षि बिकाशका कुरालाई भाषणको मसला बनाउदै सरल र निमुखा जनतालाई झुक्याउदै गईयो भने चॉंहि त्यो नत सपना हुन्छ नत टुक्का हुन्छ, हुन्छ त केबल बालापन! अति बिषम परिस्थितिमा गठित ओली सरकारले शुरू गरेका केही सकारात्मक कार्यहरू विषेशगरी राष्ट्रिय श्वाभिमानका बिषयहरूमा हरेक नेपालीहरूले मुक्त कण्ठले प्रशंसा गर्नु पर्दछ भला यसैका लागी नेपालीहरूले ठूलो अभाबको पिडा भोग्नु पर्यो तरपनि दुष्ट क्षिमेकीको अगाडी लत्रेको श्वाभिमानले केही जिबन्त भने पाएको छ । सुतेको छिमेकीको ढोका ढकढक्याई सम्बन्ध बढाउने प्रयास पनि भएको छ , मात्तिएको छिमेकीलाई कागतीपानी पिलाई नसा उतार्ने प्रयास पनि भएको छ । दुबै छिमेकीलाई सन्तुलनमा राख्न सके कालन्तरमा नेपाल र नेपालीको लागी फाईदा हुनेछ निस्चित छ भने सौताको रिसले पोईको कॉंखमा सु गरियो भने चॉंहि आंफैलाई गन्हंउछ यसमा पनि बिचार पुर्याउदै सम्बन्ध सुधारका प्रयासहरु गर्नुपर्दछ । देश बिकाशको लागी चाहिने आधारभूत तत्वहरू मध्य दृढ संकल्प र पबित्र भावना भएका राजनीतिक नेताहरू, बृहत्तर योजना , प्राबिधिक र आर्थिक सबलता त छदै छ तर यो भन्दा पनि महत्वपूर्ण बिषय स्थायी सरकार हो यस्तो सरकारले मात्र दिर्धकालिन योजना बनाउन सक्दछ र त्यसलाई कार्यन्वयन गराउन सफल हुन सक्दछ । बिकशित देशहरूका बिकाशको राज पनि यो नै हो । अमेरीकी कांग्रेसको दुई संरचना सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ का क्रमश १०० जना र ४३५ जना प्रतिनिधीहरूको समयावधि क्रमश ६ बर्ष र २ बर्षको हुन्छ भने कार्यकारी प्रमुख राष्ट्रपतिको कार्यकाल ४ बर्षको हुन्छ अझै प्रक्टिसमा २ कार्यकाल एउटै राष्ट्रपतिलाई दिई ८ बर्ष काम गर्न दिने चलन छ त्यसैले त आज अमेरीका विश्वको नंबर १ राष्ट्र हुन सफल भएको छ । नेपालमा सरकार गठन भएको १०० दिन पुरा नहुदै सरकार गिराउने खेल शुरू हुन्छ अनि कहॉंबाट योजना बन्छ अनि कसरी कार्यन्वयन हुन्छ?? त्यसैले त नेताहरूले जे बोले नी कि त सपना हुन्छ की त उखान टुक्का मात्रै बन्न पुग्छ । नयॉं संबिधानको पूनरलेखन हुने भयो या संसोधन हुने भयो भने बलियो रूपमा स्थाई सरकारको परिकल्पना गरियोस सायद यस्को लागी कार्यकारी अधिकार सहित को राष्ट्रपतिय प्रणाली नै उचित हुन सक्ला अनि मात्र २/४ प्रतिनीधि भएका दलहरूले वा दल भित्रैका स्वार्थी झुण्डहरूले खेल्ने घृणित सरकार गिराउने खेलबाट मुक्त भई राष्ट्र बिकाशमा दत्तचित्त भएर लाग्न सकिने छ । सबैको जय होस ! तथास्तु !!! राजन अधिकारी ( हाल अमेरीका )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक