20160525

पश्चिम नेपालको एतिहासिक शहर बुटवलका एक जना सर्बप्रिय सामाजिक ब्यक्तित्व द्वारिका उदयका नाममा स्थापना भयो "द्वारिका उदय प्रतिष्ठान"

पश्चिम नेपालको एतिहासिक शहर बुटवलमा एक जना सर्ब प्रिय ब्यक्तित्व थिए जसलाई हामी सबैले "द्वारिका दाई" को नाम बाट सम्बोधन गर्दथ्यौँ । न कहिलै चर्को बोल्ने, न कसैलाई पिर्ने, सामाजिक सेवा भनेपछी हुरुक्क द्वारिका दाई हराउनुभएको पनि केही बर्ष बितिसकेको छ । वहाँको खोजिमा वहाँ का सुपुत्र प्रदीप उदय र राज कुमार उदय एबम परिवारजनले थुप्रै जोर जुत्ता मात्र फटाएनन् कहाँ मात्र गएनन । तर द्वारिका दाइको अत्तो पत्तो छैन अहिले सम्म । द्वारिका दाई कस्ता भने सानाका पनि दाई ठुलाका पनि दाई , बुटवलका एउटा जानेमानेका ब्यक्तित्व । प्रदिप र राज कुमारको साथीभाइ म पनि वहाँलाई द्वारिका दाई नै भन्थेँ । द्वारिका दाईले पनि असाध्यै माया गर्नुहुन्थ्यो । अाफ्ना छोरा सरहको मान्छे छोराहरुको साथी मलाई पनि द्वारिका दाईले भाई भन्दै सोही अनुसारको सानीध्यता देखाउँदा  यस्तो लाग्थ्यो यि बुढा जती सरल अरु को होला । राम मन्दिर र
ट्राफिक चौक नेरको घरमा दाइले फोन गरी गरी बोलाउँदै सुख दु:खका कुरा र सामाजिक चिन्तन गर्दाको एउटा क्षण म कहिलै बिर्सिन्न । वहाँले बिहान साँझ इन्सुलिन लिनुहुन्थ्यो र भन्नुहुन्थ्यो के गर्ने रामप्रसाद भाई रोग लागेपछी अाफैले आफैलाई बिहान बेलुकी सुइ हानेर पनि बान्च्नु पर्ने रहेछ । त्यत्ती मात्र होइन म द्वारिका दाई, पाठक दाई र साथी गोपाल अधिकारीको बुवा (मैले नाम भुलेँ अहिले) ट्राफिक चौकको जुत्ता पसलको शो रुममा बसेर चिया खाँदै गफिँदाको क्षण म झल झली सम्झिन्छु । द्वारिका दाइले बनाएको पारी बुटवलको फुलवारीमा पुग्ने जो कोहीले  पनि द्वारिका दाई नसम्झी सुखै छैन । त्यस बाहेक बुटवलक्षेत्रमा द्वारिका दाइले पुर्याएको हरेक क्षेत्र को योगदान बुटवल बासिले कहिलै बिर्सिन सक्दैनन ।  नेपालको चलचित्र क्षेत्रमा अतुलनिय योगदान दिएका चलचित्र निर्माता, ब्यबसायी, समाजसेबी द्वारिका दाइको नाममा छोरा प्रदीप उदयले भर्खरै  "द्वारिका उदय प्रतिष्ठान"   स्थापना गरेर बाबुको ईतिहासलाई जिबित राख्ने काम शुरु गरेका छन । प्रदीप लाई यस अबसरमा भन्न मन लाग्यो - छोरा होउन त यस्ता । जसले बाबुको योगदानको ईतिहासलाई जिबित राख्न अब प्रतिष्ठान स्थापना गरेरै काम शुरु गरे । म यस अबसरमा साथी प्रदीपलाई अन्तरमन देखिनै धन्यवाद र राम्रो काम को  शुरुवातका लागि बधाई दिन चाहन्छु । म जहाँ भए पनि मेरो सधैं साथ र सहयोग हुने छ "द्वारिका उदय प्रतिष्ठान" का लागि ।
 - रामप्रसाद खनाल, हाल अमेरिका    
******************

                              समाजसेवा तथा चलचित्र क्षेत्रमा अनवरतरुपमा क्रियाशिल द्वारिका
प्रसाद उदयको नाममा ‘ द्वारिका उदय प्रतिष्ठान स्थापना भएको छ । प्र्रतिष्ठानले अव हरेक वर्ष बुटवललाई कर्मभुमी वनाई समाजसेवा तथा चलचित्र पत्रकारीता क्षेत्रमा क्रियाशिल १-१ जनाई ‘ द्वारिका उदय समाजसेवी तथा चलचित्र पत्रकारीता पुरस्कार प्रदान गर्नेछ । भविष्यमा अझ धनराशी वढाउँदै लैजाने उदेश्यले स्थापना भएको प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारका लागी ५ लाखको अक्ष्यकोष स्थापना गरिएको छ ।

द्वारिका उदय समाजसेवी पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रहेको छ भने चलचित्र पत्रकारीता पुरस्कारको राशी २२ हजार २ सय २२ धनराशी रहेको छ ।  द्वारिका उदयका छोरा चलचित्र निर्माता प्रदिप कुमार उदयले एक प्रेस विज्ञप्ती जारी गर्दै द्धारीका उदय प्रतिष्ठानको स्थापना भएको र यो खालको पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन । यससँगै  द्वारिका उदय प्रतिष्ठानले हरेक वर्ष वुटवलमा नेपाली फिल्मी अवार्ड गर्ने समेत निर्णय भएको उदले वताए ।
यो अवार्डमा २१ विधासहित एउटा लाईफटाईम एचिभमेन्ट अवार्ड समेत गरि २२ वटा पुरस्कार एक भव्य समारोहका विच प्रदान गरिने जनाईएको छ भने समाजसेवी तथा चलचित्र पत्रकारीता पुरस्कार यहि साउन महिनाको पहिलो साता प्रदान गरिने प्रदिप कुमार उदयले जानकारी दिए ।
द्वारिका उदय समाजसेवी तथा चलचित्र पत्रकारीता पुरस्कार छनौट समिती समेत चयन गरिएको छ । समाजसेवी पुरस्कारका लागी जिवन ओझाको संयोजकत्वमा ५ सदस्यीय छनौट समिती चयन गरिएको छ । उक्त छनौट समितीमा सतिष कशौधन, कृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, राजु पौडेल रहेका छन् । त्यस्तै मदन पौडेलको संयोजकत्वमा चलचित्र पत्रकारीता पुरस्कारको छनौट समिती चयन गरिएको छ ।
जसको सदस्यहरुमा विरेन्द्र जोशी र चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ रहेका छन् । राजधानि केन्द्रीत र अन्य देशमा गरिने अवार्ड भैरहदा बुटवलमा बुटवलमा द्धारिका उदय समाजसेवी तथा चलचित्र पत्रकारीता पुरस्कार र हरेक वर्षनै प्रतिष्ठानले वुटवलमै नेपाली फिल्मी अवार्ड घोषणासँगै यस क्षेत्रको चलचित्र वजार र चलचित्र पत्रकारीता थप माथी उठ्न सक्ने आशा गरिएको छ ।
चलचित्र निर्माता समेत रहेका प्रदिप उदयले लुम्विनीलाई केन्द्रमा राखेर अव चलचित्रका गतिवीधी हुने समेत वताएका छन् । यो कुराको सोच धेरै पहिलादेखी भएको थियो, उनले भने, –‘तर अव अपरिहार्य जस्तो देखियो र तत्कालै घोषणा गरिएको हो ।’




                                                      छोरा प्रदीप उदय

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक