20160531

एनआरएनहरुको समेत लगानीमा ग्रीनसिटी अस्पताललाई नेपालकै निजी क्षेत्रको अत्याधुनिक, सबै सुबिधा सम्पन्न नमुना अस्पताल बनाइने, विपन्नहरुको निःशुल्क नशा र ओपनहार्ट र्सजरी !


ग्रिनसिटी अस्पताललाई नमुना अस्पताल बनाउने गरी लगानी गर्ने निर्णय गर्यौँ - अध्यक्ष, डा. केशब पौडेल, एनआरएन  अमेरिका
बिदेशमा बसे पनि हाम्रो मन नेपालमा छ त्यसैले नेपालमा लगानी गर्दैछौँ -  मोहन ज्ञवाली,  बोर्ड अफ डाइरेक्टर -   एनआरएन  अमेरिका

काठमाडौ नेपालको बसुन्धरामा रहेको ग्रिनसिटी अस्पतालाई नुमना अस्पताल बनाइने  भएको नेपालको स्वास्थ्य सेवालाई छिटो छरितो कुनै पनि जटिल रोगको उपचारका लागि बिदेश जान नपर्ने गरी अस्पतालाई बिकास गर्न अमेरिका लगायत बिभिन्न देशमा
रहेका नेपालीहरुले आकर्षलगानी गर्ने घोषणा गरेका छन । काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाजसेबी लोकबहादुर टण्डनले अहिले निजी क्षेत्रको भरपर्दो र्सब सुलभ अस्पतालको रुपमा परिचित अस्पतालमा गैर आबासीय नेपालीहरुले लगानी गर्ने निर्णय  भएपछि  अब  नेपालको नुमना अस्पतालको रुपमा बिकास 
हुने  जानकारी गराउनुभएको

ग्रिनसिटी अस्पताललाई नमुना अस्पताल बनाई सामान्य नागरिक पनि कुनै पनि जटिल रोगका कारण उपचार नपाएर मृत्युबरण गर्न नपरोस भनेर र्सबसुलभ उपचार गर्ने नीति  अस्पतालले लिएको जानकारी अध्यक्ष टण्डनले गराउनुभएको

जटिल रोग लाग्नासाथ मेदान्त, अपोलो वा कुनै पनि अन्तरराष्ट्रिय अस्पताल धाउन नपर्ने एवं नेपालमै जस्तोसुकै रोग लागे पनि र्सबसुलभ रुपमा उपचार गर्न सक्ने गरी ग्रिनसिटी अस्पताललाई थप प्रभाबकारी कुनै पनि स्रोत साधनको अभाब नभएको बनाउन एन.आर.एन. अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, मोहन ज्ञवाली, रामप्रसाद खनाल सहित अमेरिका, अष्ट्रेलिया, हङकङ्ग, यु.के. नेपालका पनि केही व्यवसायीहरुले लगानी गर्ने  गरी  प्रक्रिया अन्तिम चरणमा पुगेको

 अस्पतालमा लगानी गर्ने निर्णय गर्न  नेपाल आउनुभएका एनआरएन  अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले  आफु पनि मेडिकल  डाक्टर भएकोले स्वास्थ्य क्षेत्रको महत्वबारे राम्ररी जानकारी भएको जटिल रोग लाग्यो भने बिदेश जानुपर्ने बाध्यता , त्यसमा गरीब असाहृय नागरिक जान नसक्ने अबस्थालाई चिर्न नेपालको स्वास्थ्य क्षेत्रमा  लगानी गरौ भन्ने उदेश्यले बिदेशमा बस्ने नेपालीहरुले हदयदेखि दिल फराकिलो बनाएको स्पष्ट पार्नुभएको

उहाले अब नेपालीहरु दिल्ली वा अन्य कुनै देशमा जान नपर्ने गरी बरिष्ठ चिकित्सक स्रोतसाधन सम्पन्न  अस्पतालको रुपमा ग्रिनसिटीलाई बिकास गर्ने  सम्पूर्ण  प्रक्रिया अगाडि बढाइसकिएको जानकारी गराउनुभएको   ग्रिनसिटी अस्पतालमा अहिले दक्ष अनुभबी चिकित्सक रहेको तर  केही साधन स्रोत जुटाउनुपर्ने खाचो रहेको अध्यक्ष पोैडेलले स्पष्ट पार्नुभएको

ग्रिनसिटी अस्पताललाई नमुना बनाउने गरी आकर्ष लगानी गर्ने निर्णय भए लगत्तै ओखलढुंगा जिल्ला स्थित कुन्तादेवी गाविस वडा नं. घर भई हाल काठमाडौंमा मजदुरी गर्दै आएका मुटुरोगी ३४ वषिर्य कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया -ओपनहार्ट र्सजरी) सम्पन्न भएको पनि  अस्पतालका अध्यक्ष टण्डनले जानकारी गराउनुभएको

काठमाडौको बसुन्धरास्थित  ग्रीनसिटी अस्पतालमा बरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टर्राईको नेतृत्वमा धमलाको निःशुल्क शल्यक्रिया सम्पन्न भएपछि नेपालमै पनि जस्तोसुकै अप्रेशन हुन सक्छ मुटु वा कुनै पनि समस्या परेमा बाहिर जानुपर्दैन भन्ने कुरा स्थापित भएको बताइएको   महिना भित्र ग्रिनसिटी अस्पतालले १६ वटा ओपन हर्ट र्सजरी गरिसकेको निजी अस्पतालबाट छोटो समयमा यति धेरै ओपनहर्ट र्सजरी नेपालको अन्य कुनै पनि अस्पतालमा नभएको डा भटर्राईले जानकारी गराउनुभएको

दैनिक ज्याला मजदुरी गरी गुजारा चलाईरहेका धमलाको लागि आवश्यक करीब लाख रुपंैया खर्च लाग्ने ओपन हार्ट र्सजरी सेवा निःशुल्क उपलव्ध गराउन सेभ हार्ट, नेसनल हार्ट सेन्टर अस्पताल स्वयंले आर्थिक सहयोग उपलब्ध गराएका हुन्

  मुटुरोगी धमलाको जन्मजात मुटुमा प्वाल एवम् पिएपीभिसी अर्थात फोक्सोबाट मुटुमा आउने नलीहरु उल्टो जोडिने समस्या देखिएको थियो नेपालकोर् इतिहासमा डा. भट्टर्राईले आफुले उक्त रोगको उपचार पहिलोपटक मिनिमलर् इन्भ्याजिभ र्सजरी -सानो घाउबाट ओपन हार्ट र्सजरी) मार्फ सम्पन्न गरेको बताउनु भएको शल्यक्रियामा डा. भट्टर्राईलाई  र्सजन डा. रन्जन सापकोटा, एनेस्थेसिया डा. विभुष श्रेष्ठ डा. आशिष अमात्य, पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुले सघाएका  थिए डा. भट्टर्राईले यस अघि पनि २०७२ आश्विन मंसिरमा यसै गरी नेपालकै दर्ुगम कालिकोट धादिङ्ग जिल्लाका १० जनाको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको जानकारी गराउनु भएको

पत्रकार सम्मेलनमा धमलाले  मिडियामा आएको खबरबाट आफुलाई अस्पतामा बोलाई जसरी  निशुल्क अप्रेशन गरियो त्यसले आफुलाई नया जीबन दिएको भन्दै अस्पताल परिबारलाई   धेरै धेरै धन्यबाद दिनुभएको

गतहप्ता नै आर्थिक रुपमा अत्यन्त विपन्न परिवारका नुवाकोट जिल्ला बागेश्वरी गाविस वडा नं. चोगाते बस्ने बाबु रामशरण तामाङ्ग आमा देबकी तामाङ्गका तेस्रो सन्तान १२ वषिर्य सुजन तामाङ्गको ढाडको नशाको निःशुल्क शल्यक्रिया नशारोग विशेषज्ञ डा. माया भट्टचनले गर्नु भएको  

अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले सेवा नै धर्म हो भन्ने उच्च आदर्शबाट प्रेरित भई विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभएको विगतमा अस्पतालबाट गरिएका सर्त्कर्महरुको उल्लेख गर्दै अध्यक्ष टन्डनले आर्थिक अभावकै कारण कोही पनि उपचारबाट बन्चित नहोस भन्नकै लागि अस्पतालले निःशुल्क सेवा उपलव्ध गराएको स्पष्ट पार्नुभएको सोही कार्यक्रममा विपन्न दर्ुगममा रहेका विरामीहरुलाई अस्पतालसम्मको पहुँच बढाउन समाजको लागि युवा ऐक्यवद्घता संस्थालाई ग्रीनसिटी हस्पिटलले एक थान एम्बुलेन्स प्रदान गरेको

ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिन दर्ुइ दलित वालिकाहरु महिना उमेरकी लोकमाया सुनार १३ वषिर्या लीला विकको निःशुल्क उपचार गरेको थियो त्यस्तै ३३ हप्तामा जन्मिएकी जन्मजात आन्द्रा बटारिएकी नुवाकोटकी एक वालिका ग्रीन लक्ष्मीलाई समेत अस्पतालले निःशुल्क शल्यक्रिया प्रदान गरेको थियो  

अस्पतालले गैर आवाशीय नेपाली संघको सहयोगमा  दैलेखमा गरीब आर्थिक रुपमा विपन्न ४६५ जनाको चेक जाँच गरी दैलेख काठमाडौंमा गरी जम्मा ४० जना पाठेघर खसेका महिलाहरुको पाठेघरको निःशुल्क शल्यक्रिया पनि सपन्न गरेको १८ घण्टाको यात्रा गरी यस अस्पतालका चिकित्सकहरुले एक हप्ता दैलेखमा रहेर त्यहाँका उपचारबाट बञ्चित महिलाहरुको उपचार गरिएको अस्पतालले आगामी दिनमापनि सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसाथ गर्ने


पत्रकार सम्मेलनमा अस्पतालले एक सामाजिक स्स्थालाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको थियो पत्रकार सम्मेलनमा अमेरिकाबाट अस्पतालमा लगानी गर्ने उद्धेश्यले गत महिना देखि नै लाग्नुभएको बरिष्ठ समाजसेबी मोहन ज्ञवाली  लगायतका ब्याक्तित्वहरुको पनि बिशेष  उपस्थिति थियो । 















 By: Tank Pant

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक