(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160506

शुरु भैसक्यो नेपालमा संबैधानिक संकट, संबिधानबिद भन्दछन - नेपालको संबिधानका हरेक धारामा त्रुटी छन, अब संकट एक पछी अर्को गर्दै आउनेछन !


आमा, त्यस्तो सन्तान जन्माइदेउ न !
 - राजन कार्की
 'जनतावाद नबोक्ने राजनीति टिकाउ हुन्न' भन्ने भनाई ०४६ सालपछिका २६ वर्षा दर्जनौं पटक शिद्ध हुनपुग्यो । यो सबै नागरिकबादभन्दामाथि मबाद, फरियाबाद, आफन्तबाद, नाताबाद, कृपाबाद, चाकरीबाद, लेनदेनबाद, दानबाद, आशर्ीवाद नै सबैथोक हो भन्ठान्ने राजनीतिका कारणले भएको हो । राजनीति र प्रशासनप्रति जनतामा बढ्नुसम्म घृणाभाव बढेको छ । रत्नाकर डाँका वाल्मिकी भएको इतिहास पढेका हामी कांग्रेसीमा जयप्रकाश नारायणकोजस्तो समाजवादी त्याग, माओवादीमा वुद्धकोजस्तो उच्च कोटीको मानवता र एमालेमा नैतिक मूल्य हर्ेन लालायित थियौं । तर, बिच्छी,
र्सप र छेपारोको चरित्रले यी तिनै पार्टर्ीी नेता समाचारका शिर्ष बने, जनताले पत्याएको 'राजनेता' बन्न सकेनन् । पञ्चायतमा हनुमानभक्ति राजनीति थियो, लोकतन्त्रमा भोजन राजनीति स्थापित हुनपुग्यो । भ्रष्टाचार नभएको कुनै निकाय नै रहेन । घूस नदिई जनताको काम हुनै नसक्ने स्थिति आयो । धनाध्ये पार्टर्ीी सामन्त नेताहरुका लागि रकफेलर र अलेक्जेण्डर दी ग्रेटको दर्ुइ उदाहरण मननयोग्य हुनसक्छन् । विश्वप्रसिद्ध रकफेलर मर्निङ्वाक गर्दै आउँदा बाटोमै आँखा चिम्लेर घाम तापिरहेको एउटा व्यक्ति देखेर जङ्िगए- बेकारको मान्छे । त्यो व्यक्तिले आँखा खोलेर हेर्‍यो अनि फेरि आँखा चिम्लियो । रकफेलर फेरि कड्किए- चिनिनस्, म रकफेलर । उसले आँखा नउघारिकनै भन्यो- तिमी धनाध्ये रकफेलर भएर के भयो त - मेरा लागि त तिमी गरीव हौ । रकफेलरले जिल्ल पर्दै सोध्यो- कसरी गरीव - त्यो व्यक्तिले भन्योे- तिमी कसरी धनाध्ये - रकफेलरले फेरि भन्यो- मसँग उद्योगधन्दा छ, थुप्रै पैसा कमाउँछु, कमाउँदैछु । उसले सोध्यो- त्यो पैसा के गर्र्छौ - अरु उद्योग खोल्छु, अरु कमाउँछु । त्यो व्यक्तिले आँखा उघारेर भन्यो- रकफेलर तिमी संसारको सबैभन्दा गरीव हौ । दर्रि्र र थाङ्ने विचार छ त्रि्रो । तिमी आधा विश्वको धनी होलाउ तर एक दिन तिमीलाई त्रि्रो शरीरले छाडिदिन्छ, तिमी बिलाएर जान्छौं । तिमी धूलो बन्छौ । संसार समयको गतिमा छ । विश्वास, आस्था र आनन्दमा छ । तिमी पैसामा धनी होलाउ, तर तिमी गरीव छौ । म विहानी र्सर्ूयको घाम तापेर प्रकृतिमा मग्न छु, परमानन्दमा पुगिराखेको छु । म र प्रकृतिवीचको सम्बन्धमा बाधा नहाल, मेरो समय बर्बाद नगर । रकफेलर जिल्ल परेर टोलाउँदै घरतिर लाग्यो । अलेक्जेण्डर दी ग्रेट । उनी तक्षसिला जितेर र्फकदै गर्दा एउटा जोगीले बाटो छेकेर ढसमस्स बसेको देखे । अलेक्जेण्डर रिसायो- चिनिनस् म को हुँ - म तक्षसिला जितेर आएको वीर अलेक्जेण्डर दी ग्रेट हुँ, बाटो छोड । त्यो जोगीले जवाफ दियो- तिमीले के कव्जा गर्‍यौ, मान्छे मार्‍यौ, के जित्यौ - तिमीजस्तो फुच्चे -डल्लो कदको) को सोच पनि फुच्चे नै रहेछ । त्रि्रो बलतेज ध्वाँसमात्रै हो । तिमीले मान्छेको मन जित्यौ - तिमीले प्रकृतिको हावा, पानी, घाम जित्यौ - मानिसको आस्था र आत्मालाई त जित्न सकेनौ । तिमी कमजोरलाई खुकुरी देखाएर वीर भएका होलाउ, तिमीजस्तो कायरसँग के कुरा गर्नु - यतिबेला म संसारको अदृश्य शक्तिसँग कुरा गरिराखेको छु, घाम तापेर प्रकृतिमा बिचरण गरिराखेको छु । र्सर्ूयको न्यानो घाम र मवीच मन्थन चलिरहेको छ, तिमी गए हुन्छ । जोगीको कुरा सुनेर अलेक्जेण्डर दी ग्रेट आर्श्चर्यचकित पर्‍यो र मनमनै सोच्दै आफ्नो बाटो लाग्यो । हाम्रा राजनीतिक नेताहरु पटक पटक सत्तामा पुगे, शासन गरे, न सम्मान कमाउन सके, न असल शासक नै बने । चुरो कुरो जनताको विश्वास र सम्मान जित्न सकेनन् । यिनले जनताको अपेक्षा पूरा गरे, न सुझाव माने । उल्टै धर्म, परम्परा, एकताका आधारहरु भत्काउने काम गरे । यिनले बाइसे र चौबिसे राज्यको कान्छो राज्य गोर्खा थियो र यो १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राज्यमा कुन दुःखले आर्जित भयो वर्तमान नेपाल भन्ने इतिहास पढेका भए यति निर्दयी नेता बन्ने थिएनन् । पुषर्ाको कुन दुःखले आजको नेपाल निर्माण भयो भन्ने इतिहास राम्ररी पढेको र मनमा विद्वेष नराखेको भए देश भत्कने र ब्रि्रने चौबाटोमा पुग्ने थिएन । यिनले बिधि कुल्चिए, दण्डहीनता बढाए, भ्रष्टाचार त यिनको चरित्र बनिसक्यो । राज्यका सबै अंगप्रत्यंगमा अतिक्रमण र विदेशी चलखेलको कारक विष यिनीहरु आफै हुन् भन्ने यिनलाई अझै हेक्का भइसकेको देखिदैन । मीठो भाषण गर्छन्, तीतो व्यवहार देखाउँछन्, कति दयनीय छन् हाम्रा नेताहरु । स्वामी बिवेकानन्दले भनेका थिए- जनता नभएको देश हुन्न, जनताको डर जहिले पनि नेतृत्वप्रति हुनर्ुपर्छ । जनताको भयले नेतालाई सत्मार्गमा लगाउने गर्छ । कौटिल्यले लेखेका छन्- सामाजिक संस्थाहरु जहिले पनि जनताको भयबाट त्रसित हुनर्ुपर्छ । डार्बिनको सिद्धान्तले पनि एकतामा शक्ति र अनेकतामा समाप्ति भन्छ । सोझा जनतामाथि हाम्रा नेताहरु घोर अन्याय गरिरहेका छन् । इतिहासअनुसार तेस्रो शताव्दि बीसीमा चीनका प्रशासक र पछि गुरु बनेका कम्फुसियसलाई एकदिन आप\mनै चेला राजकुमारले सोधे- राजकाजका अपरिहार्य ३ तत्व के हुन् - गुरुले भने- सैनिक संगठन, जनतालाई राहत र सरकारप्रति जनविश्वास । यी ३ मध्ये एउटा हटाउनु परे कुन हटाउने - राजकुमारको प्रश्नमा कन्फुसियसले भने- आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ । बाहृय खतरासँग जनता आफै लड्छन् । बाँकी २ तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने - गुरुले जवाफ दिए- खाने कुरा चाहिंदैन । मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ । राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ । जनविश्वास राज्यको जग हो । नेपालका वर्तमान नेतृत्व र युवा पुस्ताले बुझ्नर्ैपर्छ- १९७९ मा २५ अर्बको तेल बिक्री गर्ने इरानका राजा रेजा पहल्वीको सत्तालाई खुमेनीले ढाले । रेजा पहेल्वी जनविश्वास नपाएर ढलेका हुन् । अफगानिस्तानका जहिर शाह देखिने जनविश्वास नपाएर अपदस्त हुनुपरेको थियो । २०६४ सालमा नेपालको राजतन्त्र समाप्त भएको जनविश्वास गुमाएर हो । आजका जननेताहरुले पनि जनविश्वास गुमाएका छन् । जहाँ र जहिले पनि अयोग्य शासकका कारण जनताले पीडा भोग्नर्ुपर्छ । नेपाली जनता अयोग्य शासनको कोल पेलाईमा धरधरी रोइरहेका छन् । भूकम्पको विपदमा समेत जनतालाई नेताहरुले साथ दिएनन् । जनताको राहत समेत लुटेर खाए । नेपाललाई उत्तरदायी र आत्मविश्वासी पृथ्वीराज चौहानजस्तो नेताको खाँचो छ । आफैमा अविश्वासी र आपसी अविश्वासको संकटमा परेको स्वार्थी नेतृत्वले कसरी उत्तरदायित्वको बहन गर्नसक्छ - रङ्गभेद र जातिभेदका लागि जीवन अर्पण गर्ने नेल्सन मण्डेला दक्षिण अप्रिmकामा जन्मिए । ३० वर्षो काराबासपछि निस्केका काला मण्डेलासँग गोराहरुले हात मिलाए, संसार चकित पर्‍यो । सम्मान आर्जन गर्ने चमत्कार भनेको त्यस्तो हुन्छ, त्यागबाट चमत्कार हुन्छ । नेपालमा चर्को भाषण र स्वादिलो चुट्किलाको चमत्कारमात्र भइरहेको छ । अस्तीको पञ्चायत, हिजोको बहुदल र आजको लोकतन्त्र, जनतालाई घोडा चढ्ने व्यवस्थामा सिमित छ । हाम्रो राजनीति सीमा मिच्नेसँग भिड्न सक्दैन, सीमामा बलात्कार गर्नेलाई दण्डित गर्न सक्दैन । सीमास्तम्भ र सीमाबाट लखेटिएका असहायलाई न्याय दिन पनि सक्दैन । कमजोरलाई तर्सर्ााे, मार्ने, शोषण गर्ने, कारवाही गर्ने र राज्य ढुकुटी लुट्ने राजनीतिले आफूलाई राष्ट्रवादी दावी गरिरहेको छ । यिनको राष्ट्रवाद कति खोक्रो छ - जनयुद्ध र जनआन्दोलनबाट खारिएको बेनिभोलेन्स नेतृत्व भनेको त बाघको अनुहारको बनबिरालो पो साबित भयो । महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लागेर लड्नासाथ महारथी अर्जुनको काँधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ । त्यो देखेर श्रीकृष्णले अर्जुनलाई भने- पार्थ आफै शक्तिशाली बन्ने साहस गर । सत्य यही थियो र यही हो । हाम्रा भविष्य निर्माता नेताहरु ब्याधाको तीर लाग्नु अघिको अर्जुनजस्तै महारथी थिए । अर्जुनलाई श्रीकृष्णको साथ थियो, हाम्रा नेताहरुले जनताको विश्वास जित्ने कामै गरेनन् । भ्रष्टाचार र अनीतिका महारथी पो बने । अर्काको खुट्टामा टेकेर शक्तिशाली बनेका हाम्रा नेताहरु कतिखेर अर्काले टेको खुस्काइदिन्छ र ग्वार्लाम्मै ढल्ने हुन्, यिनीहरुमा आत्मविश्वास नै छैन । तैपनि यिनीहरु जनबल, जनमत र जनताको सरकारको धक्कु लगाउँछन्, जनताको र्समर्थन छ भन्ने धमास दिन्छन् । यीभन्दा कमजोर अरु को होला - अनि नेपालको राष्ट्रबाद कसरी दह्रो हुन्छ - यिनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र राजतन्त्रको स्थायी समाधान गर्न नसक्नुको यथार्थ कारण यही हो । नेताहरु यसो हुनुमा तवायफ विचार राख्ने बुद्धिजीवी, मर्सिनरी बनेका नागरिक समाज र मानवाधिकारवादीहरु भन्ने दोष लागेकाहरुकम दोषी छैनन् । यो विदेशी सम्मोहन, भरतनाट्यमको मुरलीलयको मुग्धताको परित्याग नभएसम्म नेपाली हुनुको गौरव यसैगरी पलपल मरिरहने छ । झुक्किएर बुद्ध र परिनिर्माणका कुरा गर्नेहरुको मुखबाट अक्टोबर क्रान्ति, बोल्सेविक क्रान्तिजस्ता अबिवेकी अभिव्यक्तिहरु दिनदिनै घनिभूत भइरहनेछन् । नायकको भूमिकामा नयाँ नेपाल दिन्छौं भन्ने कबूल गर्नेहरुले खलनायकको भूमिका पनि आफै गरिरहने छन् । लोकतन्त्रको लोकप्रियतामा ह्रास हुँदै जानेछ । अग्ला अग्ला नेताहरुको हविगत लेण्डुप दोर्जीको दर्जामा झर्दै गइरहेको छ । अहिले देशमा देखिएको बालुवाको महलजस्तो संघीय र संवैधानिक शासन यसको प्रमाण हो । बिस्मार्कको देश जर्मन हिटलरका ज्यादतिका कारण आज पनि लज्जित छ । सावधान, लोकतन्त्रका नेताहरुका कारणले नेपालको इतिहास कालै अक्षरले कलङ्कित भनेर नलेखियोस् । परिवर्तनपछिका ९ वर्षछि पनि ठूला ३ दल शासनमै छन् । यिनले बिर्सनै नहुने सत्य के हो भने सबैभन्दा ठूलो प्राणी डाइनासोर नासियो, आज छैन । भनिन्छ, आफू-आफूमा मारामार गर्दा डाइनासोर मासियो, जसरी महाभारतमा कुरु बंश । यी ठूला दलले आफूलाई डाइनासोर सम्झेका छन् भने यिनको मनमुटावले, अस्वस्थ प्रतिस्पर्धाले यिनीहरु समाप्त हुने दौडमा छन् । जनता आशौच बार्न तैयार भए हुन्छ । र, जनता जनता जुधाउने राजनीतिले जोखिममा परेको राष्ट्र पनि समाप्त हुनसक्छ, चेतना भया । १८६० मा प्रजातन्त्रका व्याख्याता अब्राहम लिंकनले दासता अमलेख गरेको इतिहास छ । नेपालमा दासप्रथा राणाले अमलेख गरे । राणा शासन ढलेको ५० वर्षछि २०५७ साल साउन २ गते कमैया प्रथा अमलेख गरिएको हो । कमलरीप्रथा पनि हटाइयो । कमैया र कमलरी पीडामै छन्, बादीजातिको अधिकार व्यवहारमा ल्याउन सकिएको छैन । १२६ जातिमा सिमान्त बर्ग र जातजाति र भाषाभाषी कति छन्, समानुपातिक भन्ने नेताहरुलाई थाहा छैन । २०६६ साल साउन २० गते चुडामणि बन्धुले झापाको धाइजनमा मालपाडेभन्ने नयाँ जाति र भाषा पत्ता लगाएका छन् । राज्य मौन छ । खोजी गर्ने हो भने नयाँ-नयाँ जाति र भाषा अझै भेट्टाउन सकिने सम्भावना रहेको छ । यस्तो बिबिधतामा एकतावद्ध भएर बाँचेका नेपाली कहिले परतन्त्रमा परेनन् तर स्वाभिमान, र्सार्वभौमिकता र बिधियुक्त समानुपातिक प्रजातन्त्रको घाम अझै झुल्केन नेपालमा । नयाँ संविधान कार्यान्वयन हुन नसकेर थप समस्याहरु सिर्जना हुनपुगेका छन् । कहिले दास नभएका नेपाली विदेशीको दास र राजनीतिक नेताहरुको कमैयाभन्दा कमसल राजनीति भोग्न बाध्य छन् । यसमाथि आइएनजीओको समानान्तर शासन पनि चलिरहेको छ । लोकतन्त्रमा प्रवेश गरे पनि व्यवहारमा हामी कमारोको नयाँ संस्करणमा छौं भन्दा फरक पर्दैन । किनभने हामी स्वतन्त्रका नाममा विदेशीतन्त्रमा, विदेशी सहयोगमा आश्रति छौं । हामीले नेतृत्व विकास गर्नै सकेनौं, यसको परिणति हो हामी आत्मनिर्भरभन्दा बढी परजीवीको हैसियतमा छौं । जर्मन एकीकृत राष्ट्रवादको दौडमा अगुवा विस्मार्क पुजनीय छन् । नेपाली एकीकृत राष्ट्रवादका अगुवा श्री ५ पृथ्वीनारायण शाहलाई विस्तारवादी सामन्त भनेर अपहेलना गरियो । राष्ट्रनिर्माताको सालिक भत्काउने, संग्रहालयमा राख्न आदेश दिने व्यक्ति हाम्रा नेता, नीतिकार र शासक बनेका छन् । यिनीहरु भन्छन्- नेपाललाई सिंगापुर बनाउँछौं, स्वीट्जरलैण्ड बनाउँछौं । स्वार्थ र अतिवादको थाङ्नामा सुतेर 'नयाँ नेपाल बनाउने' चटके भाषणलाई कसरी पत्याउने - इमान्दारिता, मेहनत र निष्ठाले देश बन्छ भन्ने उदाहरण अणुवमबाट ध्वस्त जापानले देखाइदियो । देश बनाउन प्रतिवद्धतामा पसिना मिसाउनु पर्छ भन्ने उदाहरण आजको जापान, दक्षिण कोरिया र सिंगापुर हो । समाजवादी र जनवादीको पगरी गुथेर जनताको पसीनामा पौडी खेल्नेहरु कहिले पनि देशभक्त हुन सक्दैनन् । जनताले पछार्नुपर्ने नेताले जनतालाई लछारेपछि निस्केको बिकृतिले देशलाई अस्तव्यस्त पारिसक्यो । संसद नाचघरजस्तो छ, सरकार गाईजात्रे छ, पार्टर्ीी सिद्धान्तहीन छन्, नेताहरु नैतिकहीन । कुनै जमाना थियो, आचार्य विनोवा भावे भन्ने गर्थे- विरोधीजति सबै मेरा मित्र हुन् । उनीहरुले मेरा गल्ती कमजोरी औंल्याई दिन्छन् र म आफूलाई सुधार गर्दै जानेछु । नेपाल परिवर्तन भयो, त्यस्तो ज्ञानको टुसो पलाएन । पार्टर्ीी नेताहरु अहिले पनि मनभरि द्वेष राख्छन् । बलले र धनले नेपालजस्तो अविकसित र अशिक्षित समाजमा चुनाव जित्न सकिन्छ । राष्ट्रिय नेता हुन सकिन्न । नेता भएपछि कानुन लाग्दैन, अपराधमा दण्डित हुनुपर्दैन । राजनीतिमा काला र कलंकितहरु हावी बन्नुको कारण अपराधिक प्रवृत्तिका नेता भएर हो । अपराधीहरुले राजनीतिलाई गंगास्नान र गौदान गरेर चोखिने अस्त्र बनाएका छन् । २१औं शताव्दिको युग विवेक, स्वतन्त्रता, स्वाभिमान, लोकतन्त्र र मानवाधिकारको हो भन्ने चुरो कुरो राजनीतिक दलहरुको नीति र नेताहरुको भेजा र भिजनमा घुस्न सकेन । यिनको अंशबण्डातन्त्रले राज्यका न्यायिक स्वतन्त्रता, विधिको शासन, शक्ति सन्तुलन र नियन्त्रणलाई नगरपालिकाको कन्टेनर भन्दा दर्ुगन्धित बनाइसकेको छ । द्रौपदीको चीरहरणजस्तै लोककल्याणकारी राज्यका सिद्धान्तहरु हरण भइरहेका छन् । धृतराष्ट्रको शासन र दुर्योधनको नेतृत्वमा दुसासनसहितका कौरवहरुको अमानवीयता र अहिलेको लोकतान्त्रिक नेपाल उस्तै भयाबह लाग्छन् र यो कालचक्र चिर्न एकजना 'विदुर'सम्म पनि लोकतन्त्रको आँगनमा कतै देखिन्न । कति कङ्गालतन्त्र बन्यो लोकतन्त्र । नैतिकतामा ह्रास आएपछि, निष्ठा समाप्त भएपछि, र सिद्धान्तलाई सौदाबाजी बनाएपछि, राजनीतिक नेतृत्व कसरी पतनमुखी हुँदोरहेछ - गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासहितको संविधान जारी भइसक्यो, राष्ट्रिय जीवनमा लागू हुनैसकेन । यी तिनै विषय यति ठूलो मुद्दा बनिसकेका छन् कि यही मुद्दाका कारणले देशमा रक्तपात र नरसंहार हुनसक्ने खतराका घण्टीहरु बज्न थालिसके । द्वन्द्व समाप्त भएर शान्ति स्थापित होला भनेको द्वन्द्व झन बढेर पो गयो । राजनीतिक दलहरुले जतिसुकै फुइँकी लगाए पनि संविधान महाभारतको युद्धको कारक मुसलजस्तो बनिसक्यो । देशमा विभाजन, विभेद र विखण्डनका यति ठूला आवाजहरु सुनिन थालेका छन् कि कुनै नेतामा त्यो आवाजलाई एकतामा रुपान्तरण गर्ने औकात देखिदैन । नेताहरुले जनआस्थामा कति घात गरिसकेका रहेछन् - देश हाँक्न मौलो चाहिन्छ । मौलो बन्न सकेनन्, पार्टर्ीीनेता, संविधान र संवैधानिक संस्थाहरु । राजनीति पागल घोडा दौडेजस्तो दौडिरहेको छ । लामकिरा बनेर जनता र देश डसेर राज्यसंयन्त्रमा बढाएको प्रदूषण र दुरावस्था सच्याउन साँचो अर्थमा व्यक्तिस्वार्थभन्दा माथि उठेको नेताको खाँचो छ । नेपाल आमा, त्यस्तो एउटा सन्तान जन्माइदेउ न ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक