20160612

अमेरिकाको भर्जिनियामा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट सम्मान

अमेरिकाको भर्जिनिया सेंटिल्लीमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले सम्मान गर्नुभयो ।   डायस्पोराका साहित्यिक हिरो होमनाथ सुबेदीले यो कार्यक्रम बिशेष प्रकारको र सदा भन्दा फरक भन्दै कार्यक्रमका अतिथिहरुलाई समर्पण गरी कविता बाचन गर्नुभएको थियो भने सम्मानित साहित्यकार त्रय: अधिकारी, क्षेत्री र अर्यालले सम्मान पछि नेपाली भाषा
साहित्य कलाका बारेमा मन्तब्य राख्दै कविताहरु बाचन गर्नुभएको थियो । साहित्यकारहरु हेमन्त श्रेष्ठ, रामप्रसाद खनाल, बासु श्रेष्ठ, नारायण अधिकारी, प्रेम सङ्रौला,  भूपनारायण घर्ति मगर, रबिन्द्र श्रेष्ठ, परशु तिमील्सेना  , नीरा शर्मा, पुरु सुबेदी, चेतन सिटौला, रजनी श्रेष्ठ, कल्पना सुबेदी लगायत आदिले आ आफ्ना कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा मन्जु सङ्रौला, खेम संग्रौला, मन कुमारी थापा र रामप्रसाद खनालले गीत गाउनु हुँदा माहोल रँगिन लाग्दथ्यो । बिशेष गरी अतिथिहरु दिनेश अधिकारी र एल बि क्षेत्रीका कविता एक पछि अर्को गर्दै जाँदा सहभागीले कविताको आज बेग्लै मज्जा पाइयो भन्दै कवितामा मनमुग्ध देखिन्थे । अनेसास वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट आयोजित यो कार्यक्रममा खुल्ला गरिएको थिएन करिब चार दर्जन साहित्यिक क्षेत्रका पात्रहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रमको अन्त्यमा कविडाँडा साहित्य समाज चितवनका तर्फबाट अग्रज कवी एल बि क्षेत्रीले अनेसासका वाशिङटन डिसी अध्यक्ष खनाललाई मायाको चिनो र केही पुस्तकहरु उपहार प्रदान गर्नुभएको थियो ।





















































Photo: Nepalmother.com and Enepalese.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक