20160606

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को रजत जयन्ती समाराेह जुन ४ र ५ मा भर्जिनियामा यसरी सम्पन्न भयो


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकाे रजत जयन्ती समाराेह भव्य रुपमा सम्पन्न भयाे । अमेरिकाका विभिन्न राज्यका च्याप्टरहरू तथा अस्ट्रेलिया जापान नेपालका प्रतिनिधिहरूले अनेसासले अब युवा अवस्था प्राप्त गरिसकेकाले दीर्घकालीन र दूरदर्शी याेजनाहरूका साथ कार्यारम्भ गर्नुपर्ने सुझाव दिनुभयाे । हाल असी च्याप्टर भइसकेकाे अनेसासले सबै च्याप्टरसित निरन्तर समन्वय र मार्गदर्शन गर्नका लागि अहिलेकाे सञ्चारका माध्यमकाे
उच्चतम प्रयोग गरी २४ घन्टा हेल्पलाइन सुविधा सुरु गर्न सहभागीहरूले सुझाव दिनुभयो ।
अनेसासका अध्यक्ष पदम विश्वकर्माले अनेसास अब रेडियोकार्यक्रमका साथ विश्वभर छरिएका नेपाली समुदायमाझ पुगेकाे र सबै च्याप्टरहरूसित निरन्तर समन्वय गर्ने व्यवस्था भएकाे बताउनुभयाे ।
अनेसास बोर्ड अफ ट्रस्टीजका अध्यक्ष डा श्याम कार्कीले अनेसासका लागि सन् २०१७ अर्को एेतिहासिक वर्ष हुने र त्याे भनेको अागामी वर्ष अनेसासको निजी भवन निर्माण गर्न अब सबै लाग्न अाफूले योजना बनाइसकेकाे बताउँदै यसका लागि अनेसाससम्बद्ध सबैबाट सगर्व सहयाेग गर्न अाह्वान गर्नुभयो ।
अनेसासका पिता भनेर चिनिनुहुने स‌ंस्थापक अध्यक्ष हाेमनाथ सुवेदी समाराेहमा सम्मानित हुनुभयाे । संस्थापक अध्यक्ष सुवेदीले अाफूले पाएकाे सम्मान अनेसासका लागि विगत २५ वर्षदेखि निरन्तर सहयोग र योगदान दिने सबै साहित्यकार र साहित्यप्रेमीको सम्मान भएकाे र अाफूले त्यसको प्रतिनिधित्वमात्र गरेकाे बताउनुभयो ।
प्रवासमा रहेका नेपालीले नेपाल देश नेपाली भाषा र नेपाली संस्कृतिका लागि गरेकाे भाैतिक मानसिक र समयकाे लगानीबाट अाफू साह्रै प्रभावित भएकाे बताउँदै नेपालका महामहिम राजदूत डा अर्जुन कार्कीले यो लगानीले प्रवासमा रहेका नयाँ पुस्ताका लागि नेपाली पुर्खाको पहिचान हस्तान्तरण हुने उल्लेख गर्नुभयो ।
अनेसासको इतिहास, रजतजयन्ती स्मारिका तथा अनेसासकाे पहिलाे महिला सम्मेलन स्मारिका विमाेचन गरियाे । अनेसासकाे विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरूकाे सम्मान, अनेसासका भावी दिशाबारे सहभागीहरूबाट सझावसहितका विचारगाेष्ठी तथा कवितावाचन कार्यक्रमका साथ रजतजयन्तीकाे एेतिहासिक समाराेह अाज भर्जिनिया मनाससमा समापन भयाे ।
तस्बीरहरु आफै यसरी समाचार बोल्छन: 































































 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक