20160606

नेपाली गीत संगीत आकाशका एउटा धुर्ब तारा अम्बर गुरुङ अब हामी बिच रहनुभएन !

                   हार्दिक श्रध्दान्जली !
 नेपाली गीत संगीत आकाशका एउटा धुर्ब तारा अम्बर गुरुङ अब हामी बिच रहनुभएन । नेपाली समय अनुसार अाज मंगलबार बिहान २.३७ मा बरिष्ठ संगीतसाधक अम्बर गुरुङकाे ग्रान्डी अस्पतालमा निधन भएको छ। वहाँ शारीरिक रुपमा हामी बिच नरहनु भए पनि वहाँका असंख्य साँगीतिक कोशेलिहरु हामी बिच रहनेछन । यस घडीमा हामी स्वर्गीय अग्रज संगीतकार अम्बर गुरुङ प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त समस्त परिवारजन, श्रोता, दर्शक सबैमा समबेदना प्रकट गर्दछौँ । 
 - रामप्रसाद खनाल, अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँच
 * अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रो समस्त परिवार
******************************** 
पाँच दशक भन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय पछिल्लो पुस्ताका धेरै संगीतकारका गुरु, राष्ट्रिय गीतमा संगीत भरेका वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ। लामो
समयदेखि विरामी रहेका उनको खासगरी खाने नलीमा समस्या देखिएको थियो।
उपचारकै क्रममा उनको मंगलबार विहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको अस्पतालले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। विज्ञप्तीमा भनिएको छ, "सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको आज राति दुइ बजेर सैंतीस मिनेटमा निधन भएको हो।" पाँच दशक भन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गुरुङ पछिल्लो पुस्ताका धेरै संगीतकारका गुरु मानिन्छन्।
विगत
दार्जिलिङमा जन्मेका गुरुङको रेकर्ड गरिएको पहिलो गीत "नौ लाख तारा उदाए"निकै चर्चित बनेको थियो।
प्रवासी नेपालीका बारेमा गाईएको त्यही गीत सुनेर तत्कालीन राजा महेन्द्रले उनलाई नेपाल आउने निमन्त्रणा दिएको बताइन्छ।
त्यही निमन्त्रणापछि उनी वि.सं २०२६ सालमा पहिलोपटक नेपाल आए।
गुरुङले सयौं गीतमा संगीत भरेका छन्।
ती मध्ये कतिपय गीतमा उनका आफ्नै शब्द र स्वर छन् भने कतिपय गीत स्वरसम्राट नारायण गोपाल र अरुणा लामालगायतका चर्चित गायकगायिकाले गाएका छन्।
यसैबीच उनी गोपाल योञ्जन र अरुणा लामादेखि लिएर हाल प्रसिद्ध धेरैजना संगीतकर्मीका गुरुसमेत हुन्।
नेपाल संगीत तथा नाट्य एकेडेमीका पहिलो कुलपति रहेका गुरुङलाई शास्त्रीयदेखि लोक र पश्चिमा संगीतको समेत विज्ञ मानिन्थ्यो।
पछिल्लो समय
उनीद्वारा संगीतबद्ध गीत रातो र चन्द्र सूर्य नेपाली सेनाले सैनिक गीत बनाएपछि गुरुङलाई नेपाली सेनाका सम्मानार्थ महासेनानी बनाईएको थियो।
गत वर्षको माघ महिनामा खाने नलीको उपचारार्थ भारतको मेदान्त अस्पताल पुगेका गुरुङको त्यो समयको उपचार खर्च नेपाल सरकारले व्यहोरेको थियो।
पछिल्लो समयको उपचार खर्च पनि सरकारले व्यहोर्ने आश्वासन दिएको गुरुङका परिवारले बताएका छन्।
खानेनलीमा राखिएको पाईप फुस्किएफछि उनलाई सोमबारबार अस्पताल लगिएको थियो।
गुरुङका ३ छोरा, एक छोरी र पक्षाघातबाट पीडित ७५ वर्षीया पत्नी छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक