20160606

अमेरिकी नेपाली समुदायमा फैलिएको लाइफ इन्स्योरेन्स ठगी प्रकरण सम्बन्धी आगो अझै सल्किंदै, भर्जिनिया इन्स्योरेन्स ब्युरो पनि तात्यो, गुनासा सुन्दै, पीडितलाई सुसुचित गर्दै र थप उजुरी लिँदै ब्युरो !

इन्स्योरेन्स ब्युरोका अधिकारीहरुले उपस्थित पीडितहरुबाट सोही स्थानमै लिखित उजुरी आह्वान गरे पछी पीडितहरु करिब दुई दर्जनले कार्यक्रम स्थलमै PFA का एजेन्टहरुको किटानी नामावली सहित  लिखित उजुरी पनि दर्ता गराए ।
 बिगत केही महिनादेखि अमेरिकी नेपाली समुदायमा फैलिएको लाइफ इन्स्योरेन्स ठगी प्रकरण सम्बन्धी आगो अझै सल्किंदै  गएको छ । विभिन्न चिन्ता, चासो र ठगीको गुनासो बढ्दै गए पछी इन्स्योरेन्स ब्युरो  छानबिनमा सक्रिय भएर लागेको छ । यसै अन्तरगत आज  यथार्थ  जानकारी लिन, दिन, स्पटमै थप उजुरीहरु लिन सरकारी र अधिकार प्राप्त स्वतन्त्र छानबिन  निकाय भर्जिनिया इन्स्योरेन्स ब्युरोले  भर्जिनियाको उडब्रिजमा  एक महत्वपूर्ण
छलफल कार्यक्रमको  आयोजना गरेर लाइफ इन्स्योरेन्स लिएका र आफुलाई ठगिएको महशुश गरेका पीडित ग्राहक, पोलिसी होल्डरहरु र पोलिसी नलिएका तर यस बारेमा जान्न बुझ्न  चाहनेहरुलाइ पनि  लाइफ इन्स्योरेन्सका बारेमा जानकारी दिँदै अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो । भर्जिनिया इन्स्योरेन्स ब्युरोबाट आएका सरकारी अनुसन्धान अधिकारीहरु, इन्स्योरेन्स बिशेषज्ञहरु सँग पीडित ग्राहकहरु, समुदायका क्रियाशिल अगुवाहरुले Premier Finance Alliance ( PFA )  का एजेन्टहरुद्वारा आफुहरुलाई कसरी कसरी ठगियो, ठग्ने प्रयास गरियो भन्ने बारेमा  भन्ने बिषयमा आ आफ्ना अनुभबहरु सुनाए । इन्स्योरेन्स ब्युरोका अधिकारीहरुले उपस्थित पीडितहरुबाट सोही स्थानमै लिखित उजुरी आह्वान गरे पछी पीडितहरु करिब दुई दर्जनले कार्यक्रम स्थलमै PFA का एजेन्टहरुको किटानी नामावली सहित  लिखित उजुरी पनि दर्ता गराए ।

उजुरीहरु परे पछी विशेष गरी पिएफएका एजेन्टले बेचेका इन्स्योरेन्स क्रेताहरुलाई सही सूचना दिन र सहयोग गर्ने हेतुले यो सार्वजनिक कार्यक्रम गरिएको अनुसन्धान अधिकारीले बताए । ब्युरोले कार्यक्रममा उपस्थित नभएका तर इन्स्योरेन्स प्रकरणमा आफुलाई ठगिएको महशुश गर्ने जो सुकैले तलको फर्म भरी हुलाक बाट पठाउन आग्रह गरेको छ । पीडितहरुलाई अनुसन्धान अधिकारी Investigator Christopher Smith सँग फोन ईमेल टेक्स्सबाट पनि संपर्क गर्न पनि आह्वान गरिएको छ । यस बाहेक तलको लिँकमा गएर अनलाइन बाट पनि उजुरी दिन सकिने ब्युरोका सिनियर इन्भेस्तिगेटर चुक मार्शलले सहभागीहरु लाई जानकारी दिए ।

स्मरण रहोस भर्जिनिया इन्स्योरेन्स ब्युरोले बिगत दुई महिना यता इन्भेस्तिगेटर खटाएर पिडितहरुको घर दैलोमै पुगेर उजुरी उपर अनुसन्धान गरिरहेको छ र ब्युरोका अनुसार उजुरी गुनासाहरु लगातार आइरहेकाले अनुसन्धान प्रक्रिया अझ केही लम्बिन सक्ने तर स्वतन्त्र ढंगले छानबिन गरी कारवाही अगाडि बढाइने बताएको छ ।

http://www.scc.virginia.gov/boi/complaint.aspx


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक