20160620

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गयो, नौ जना घाइते !

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गएको छ । त्यस आक्रमणमा परी अरू नौ जना घाइते भएका छन् । अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बिहान उनीहरू चढेको एक मिनीबसमा एक जना आत्मघाती व्यक्तिले बम विस्फोट गराएको थियो । त्यस विस्फोटमा परी १४ जनाको घटनास्थलमै ज्यान गएको छ । मारिने १४ जना नेपाली नागरिक भएको जानकारी सो मन्त्रालयले बिहान नै गराएको हो । एक विदेशी कम्पनीमा कामगर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५.४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएका थिए । उक्त बसलाई निशाना बनाएर एक हमलाकारीले आत्मघाती बम हानेको र त्यस आक्रमणबाट आक्रमणकारी र उक्त बसमा रहेका १४ जनाको ज्यान गएको गृहमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । घाइते भएका नौ जनामा पाँचजना नेपाली र अरू चार अफगान नागरिक रहेका बताइएको छ । काबुल नजिकैको पुल इ चर्खी सडकमा बस गुडिरहेका बेला एक जना आत्मघातीले बसलाई नै ताकेर विस्फोट गराएको बताइएको छ । मध्य काबुलमा रहेको एक विदेशी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत उनीहरू सोमबार बिहानै आफ्नो ड्युटीमा जान लागेका समयमा यो दुर्घटना भएको अनुमान गरिएको छ । आक्रमणकारी आत्मघातीले बसलाई ताकेर आफैमाथि बम
विस्फोट गराएको थियो । आक्रमणकारीको पनि घटनाहस्थलमै निधन भएको थियो ।

सो आक्रमणपछि त्यस वरपरका अरू सवारी साधनमा पनि क्षति पुगेको छ । घटनास्थल वरपरका घर पसलहरुमा पनि ठुलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । यस आक्रमणको अफगानिस्तानको तालिवान सङ्गठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । कार्यकारी प्रमुख अब्दुल्लाह र यहाँको गृहमन्त्रालयले उक्त बम हमलाको निन्दा गर्नुभएको छ । प्रमुख अब्दुल्लाहले आफ्नो ट्वीटर अकाउन्टमा सो घटना आतङ्कवादी कामबाहेक अरू केही होइन भन्दै यसप्रति दुःख व्यक्त गर्नुभएको छ । रासस÷सिन्ह्वा

घटनामा मारिएकाहरु:
अकुल तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौँ
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौँ

विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौँ
अमृतबहादुर थापा, लमजुङ
सुपबहादुर गुरुङ, स्याङ्जा

डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट

नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल

घाइते हुनेहरु:
प्रेमबहादुर क्षेत्री, मोरङ
चेतबहादुर शेरचन, म्याग्दी
कुमारबहादुर गुरुङ, गोरखा

मानबहादुर थापा, चितवन, मुग्लिन
कृष्णकुमार देउजा, चितवन
अमृत रोकाया क्षेत्री, सुर्खेत
च्याङ्बा तामाङ, नुवाकोट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक