20160625

नेपालको काठमाडौं र अमेरिकाको वाशिङटन डिसीमा यसरी बिमोचन गरियो रामप्रसाद खनालको कविता सँग्रह "देश हराएको मान्छे" !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले संयुक्त रुपमा गरे कार्यक्रमको आयोजना
रामप्रसाद खनालको कविता सँग्रह "देशहराएको मान्छे" को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भर्जिनिया मनासस शहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महा बाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण  सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले संयुक्त रुपमा बिमोचन

गर्नुभयो ।

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदीको अध्यक्षता भएको थियो भने उपाध्यक्ष अरुण रुपाखेतीले स्वागत भासण, अर्का उपाध्यक्ष भूप नारायण घर्ति मगरले सन्चालन गर्नुभएको थियो । उक्त बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा कयौँ साहित्यकार र सम्बन्धित क्षेत्रका अलावा अन्य क्षेत्रबाट पनि ब्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो ।

बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महाबाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे, डा. गुण  सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले देश हराएको मान्छे र समसामयिक बिषयमा आ आफ्ना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बिमोचन पहिलो चरणमा र साहित्यिक कार्यक्रम दोस्रो चरणमा गरिएको उक्त समारोहमा पुस्कर पन्तको हाँस्य कविता, मन कुमारी थापा र खेम संग्रौलाको गीत, सुस्मा खनाल र बिना घर्ति मगर को नाच पनि प्रस्तुत गरिएका थिए भने डा. रघुनाथ अर्याल, चक्र बिष्ट, कृष्ण अधिकारी, प्रकाश नेपाल, होमनाथ सुबेदी, अरुण रुपाखेती, रामप्रसाद खनाल, नीरा शर्मा, कल्पना सुबेदी, गुणराज लुइँटेल, सुदीप भद्र खनाल, भूप नारायण घर्ति मगर, परशु तिमल्सिना, ईन्द्र श्रेष्ठ, निलकण्ठ सुबेदी, विश्व बन्धु कार्की, चेतन सिटौला, कपिल घिमिरे, शकुन्तला अधिकारी लगायका अन्य साहित्यकारहरुका कविता हरु प्रस्तुत गरिएका थिए ।
समारोहमा कविता सँग्रह "देश हराएको मान्छे" का प्रकाशक तथा बितरक, हाल सम्म करिब एक हजार प्रकाशन गरिसकेका एशिया पब्लिकेशन र प्लाटिनम पब्लिकेशनका संस्थापक नबनिधी पन्तलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाको तर्फबाट बिशेष सम्मान गरिएको थियो। यसै गरी गोरखा पत्र संस्थानका पूर्व महा प्रबन्धक, मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे, अनेसासका केन्द्रिय सचिब प्रकाश नेपाल, चलचित्र निर्देशक अनिल संग्रौलालाई सम्मान गरिएको थियो भने अनेसास तथा का गतिबिधिलाई जन समाछा पुर्याउने डिसी नेपाल डट कम र इनेपालीज डटकम, रामहरी  सुबेदी, प्रशन्न संग्रौला सहित अनेसासका सहयोगी हातहरुलाई अध्यक्ष रामप्रसाद खनाल, राजदूत कार्की, महा बाणिज्य दुत महत, संस्थापक सुबेदीले प्रशँशा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष खनालले अनेसास डिसी मेट्रो कमिटीमा थप ५ जना क्रमश: चेतन सिटौला, नीरा शर्मा, विश्व बन्धु कार्की, शशी गुरुङ, निलकण्ठ सुबेदीलाई बिधान बमोजिम मनोनयन गरी प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।   
यसै बिच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न योगदान दिनुहुने प्रमुख अतिथि, अतिथिगण, साहित्यकारहरु र सहभागी सबैलाई कार्यक्रम पछी एक बिज्ञप्ती मार्फत पनि धन्यवाद प्रकट गर्नुभएको छ । 
कार्यक्रमका भिडियो तथा तस्बीरहरु तल प्रस्तुत छन:






















































































काठमाडौं मा यसरी सम्पन्न भयो देश हराएको मान्छे को बिमोचन कार्यक्रम । फोटो आफै समाचार बोल्छन ! 
२०७३ असार १२, काठमाडौं ।
 'देश हराएको मान्छे' विमोचित अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्रर्ााट्रय कलाकार मञ्च नेपाल शाखाले संयुक्त रूपमा आयोजना गरेको र्सजक रामप्रसाद खनालको कविता सङ्ग्रह 'देश हराएको मान्छे' नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले राजधानीमा विहिबार विमोचन गर्नु भयो । अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कुलपति उप्रेतीलेे 'देश हराएको मान्छे' कृतिका को प्रशंसा गर्दै र्सजक खनाल नेपाली लोकगीतको क्षेत्रका चर्चित प्रतिभा रहेको यस क्षेत्रमा विशिष्ट पहिचान बनाएको र साहित्य सिर्जनामा क्रियाशील रहेको तथा अब भविष्यमा पनि थप सिर्जनाहरू आउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले विमोचित कृति भित्रका कविताहरूमा डायस्पोरिक नेपालीका चेतनाले ओतप्रोत रहेको पनि बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि पर्ूव मन्त्री विशिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रतिले पनि र्सजक खनालको जीवन संर्घष्ामय रहेको, आफूले उनलाई सानैदखि चिनेको, खनालको जीवन अनेक क्षेत्रमा निकै तीव्र गतिसाथ अघि बढेको आफूले महसुस गरेको बताँउदै सिर्जनासंगै संयोजनकारी भूमिकामा समेत खनालको योगदान रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइटेलले र्सजक रामप्रसाद खनालका अनेकौं योगदानहरूको चर्चा गर्दै विमोचित कृति 'देश हराएको मान्छे' कविता सङ्ग्रहमा राजनैतिक कविता सङ्कलित रहेको बताउनु भयो । उहाँले थप अगाडि भन्नु भयो-सङ्ग्रह भित्रका कविताहरूले नेपाली राजनीतिक क्षेत्रमा देखापरेका विसङगति विकृत्रि्रति आक्रोशसमेत पोखेको र राष्ट्रवादी स्वर प्रकट भएको बताउनु भयो । यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ट आख्यानकार माया ठकुरीले पनि कृतिको प्रंशसा गर्दै खनाल प्रति थप सिर्जनाका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं कार्यक्रमका सभापति साहित्यकार राधेश्याम लेकाली, अन्तर्रर्ााट्रय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष कलाकार शिवहरि पौडेल, ग्रीन सिटी अस्पातलका प्रमुख लोकबहादुर टण्डन, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार किरण के.सी., नारी साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गीता कार्की लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विमोचित कृतिबाट वरिष्ठ स्रष्टा रामबहादुर पहाडी लगायतले कविता, गजल वाचन गर्नु भएको थियो भने स्रष्टाहरू किरण के.सी.,कृष्ण कडेंल कमला रिसाल वि.के., सरिता प्रजापति, नरबहादुर वी.सी. लगायतले गीत गाउनु भएको थियो । सोही कार्यक्रममा अनेसास नेपाल च्याप्टरलाई नगद पाँचसय डलरसहित अनेसास राम लामा बेस्ट च्याप्टर अवार्ड हस्तान्तरण गरिएको थियो । भने अनेसास रजत-जयन्तीको अवसरमा प्रदान गरिएको डायस्पोरा डेक्स स्थापना र सञ्चालनमा योगदान पुर्याए वापत अनेसास नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई रजत जयन्ती मेडल, मायाको चिनो र सम्मान पत्र हस्तान्तरण गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष १ मा खचाखच भरिएको सो कार्यक्रममा विशिष्ठ स्रष्टाहरू, कलाकार, समाजसेवी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।    


 
































                                                            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक