(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160828

अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न, पूर्व प्रधान न्यायाधीस र कलाकारहरु अभिनन्दित !

अमेरिकामा पनि तपाईंहरुले नेपाल बनाइसक्नुभएको रहेछ । मलाई त यहाँ तीज महोत्सबआउँदा अमेरिका होइन नेपालमै छु जस्तो अनुभुती भयो - खिलराज रेग्मी

 अमेरिका आएर धेरै कार्यक्रम देखेँ तर यती भब्य र सभ्य कार्यक्रम अनी जन सागर पहिलो पटक देखेँ - प्रेमराजा महत


 "यस्तो पो तीज महोत्सब ! क्या आनन्द आयो " - सहभागीहरु
 अमेरिकाबासी हजारौँ नेपालीहरुले टम्म भरिएको दुर्गा मन्दिरको हल, पार्किङ लट, बाहिर रहेको खाली चौर, वरपरका सडकका गल्लिहरु जतापनी नेपालीहरुको बाक्लो उपस्थिती, राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी, त्यसैगरि साथदिन आएका दाजुभाइहरु जब तीजका गीतहरुमा ढल्की ढल्की नाच्न थाल्थे, गाउँन थाल्थे, मंच सम्हाली नसक्नु थियो । कसरी कन्ट्रोल गर्ने उदघोसकहरुलाई हम्मे
हम्मे पर्थ्यो ।
यत्तिकैमा प्रमुख अतिथि, अतिथिहरु, अग्रज कलाकारहरु र आयोजकहरु तीजको गीतमा छमछमी नाचेर सामुहिक रुपमा तीज महोत्सब अमेरिका शुरु गरे । 

तिजको महत्वका बारेमा भुपनारायण घर्तिमगरको सहयोगमा डा. रघुनाथ अर्यालले पावर पोइन्ट मार्फत जानकारी गराउनुभएको थियो ।

 प्रमुख अतिथि भएर तीज महोत्सब उदघाटन गर्न सपरिवार कार्यक्रम स्थल आएका पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी दँग पर्दै सम्बोधनमा भन्दै हुनुहुन्थ्यो - मलाई अत्यन्त खुशी लाग्यो अमेरिकामा पनि तपाईंहरुले नेपाल बनाइसक्नुभएको रहेछ । मलाई त यहाँ आउँदा अमेरिका होइन नेपालमै छु जस्तो अनुभुती भयो । वहाँले अगाडि भन्नुभयो - आफ्नो कला सँस्कृती लाई जोगाइराख्नु पर्छ, तपाईंहरुले त्यो गर्नुभएको रहेछ म आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु । प्रमुख अतिथि रेग्मीले थप्नुभयो - मैले अमेरिका आएर थाहा पाएँ  - रामप्रसाद खनालजी को पहलमा ९ बर्ष अघी देखी अमेरिकामा यसरी तीज महोत्सब हुँदै आएको रहेछ त्यसमा सबैको साथ र सहयोग रहेछ, मलाई अत्यन्त खुशी लाग्यो । वहाँले आयोजकहरु सँगको कुराकानीका अबसरमा पनि हौँसला दिँदै अमेरिकामा पनि तपाईंहरुले नेपाल बनाइसक्नुभएको रहेछ । मलाई त यहाँ तीज महोत्सबआउँदा अमेरिका होइन नेपालमै छु जस्तो अनुभुती भयो ...यस्तै यस्तै भन्दैहुनुन्थ्यो ।

अग्रज लोक गायक एबम महा बाणिज्यदुत प्रेमराजा महत आफु यो महोत्सबको रौनक देखेर अत्यन्त हर्सित भएको बताउनुभयो । आज एन आर एन को कार्यक्रम छाडेर म यहाँ सहभागी हुँदैछु, वा यस्तो पो तीज महोत्सब ! आयोजकहरु सँग कुरा गर्दै महतले भन्नुभयो " अमेरिका आएर धेरै कार्यक्रम देखेँ तर यती भब्य र सभ्य कार्यक्रम अनी जन सागर पहिलो पटक देखेँ"
                             
नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै अाइरहेको तिज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा  सम्पन्न भएको छ । यस पटक नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन (ANTV) ले संयुक्त रुपमा तीज महोत्सब बिशेष ढंगबाट आयोजना गरेका थिए ।  जहाँ नाच्ने गाउने हरेक हरेकलाई मौका दिइएको थियो । अप्रतियोगी र प्रतियोगी सबै खाले कार्यक्रम समेटिएको उक्त कार्यक्रम आयोजक मध्येका एक अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ, महोत्सब आयोजक समितिका सदस्य सचिब एबम अनेसास डिसीका उपाध्यक्ष भुप नारायण घर्तिमगर, सचिब परशु तिमल्सिनाले सँचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गरिरहेकी सँयोजक एबम SANN अध्यक्ष मन्जु सँग्रौलाले आफु यस तीज महोत्सबबाट अत्यन्त उत्साहित भएको र यसलाई सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो । 

कार्यक्रमका बारेमा प्रकाशपार्दै आयोजक, अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले सन २००७ देखी आफु अमेरिका बस्दै आएको र सोही बर्ष देखी अमेरिकामा तीजलाई महोत्सबका रुपमा मनाउन लागिएको बताउनुभयो । त्यस अघी अमेरिकामा तीज कोठामा हुन्थ्यो होला, बाहिर आएको थिएन, हामीले औपचारिक रुपमा बाहिर ल्याएका हौँ, आज अमेरिकाका हरेक राज्य शहर जहाँ जहाँ नेपालीहरु बसोबास गर्छन् त्यहा त्यहा तीज खुल्ला रुपमा हुन थालएकोमा आफु हर्सित भएको बताउँदै वहाँले आफ्नो कला साहित्य सन्स्कृति चाड पर्बहरु, रिती रिवाजहरु लाई आफुहरुले अमेरिकामा पनि जिबित राख्न, अगाडि बढाउन प्रयास गरिरहेको बताउनुभयो । यस पटक नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन (ANTV) ले संयुक्त रुपमा तीज महोत्सब आयोजना गरिएको र एतिहासिक रहेको बताउनुभयो ।

नेपाली राजदुताबास अमेरिकाको तर्फबाट प्रतिनिधित्व गरेकी निता श्रेष्ठले अती उत्साहित हुँदै भन्दै हुनुहुन्थ्यो मैले अमेरिकामा यस्तो भब्य सँग तीज मनाइन्छ होला भनेर कल्पना पनि गरेकी थिइन । म त भर्खर भर्खर मात्र अमेरिका आएको पहिलो तीज यस्तो देख्दा म नेपाल मै छु जस्तो अनुभुती भैरहेको छ भन्दै वहाँले सबै लाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अबसरमा आयोजकहरुले पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन गर्नुभयो भने पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले अग्रज लोक गायक प्रेमराजा महत र अग्रज संगीतकार शम्भुजीत बास्कोटालाई लाइफ अचिवमेन्ट अवार्ड सहित अन्तरराष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्थाका तर्फबाट अभिनन्दन गर्नुभयो । यसैगरी टेलिभिजन स्टार रोशन प्रताप, चलचित्र नायक किरण प्रताप केसी, नायिकाहरु सारँगा श्रेष्ठ, अनुपमा प्रसाइ, नृत्य निर्देशक, कोरियो ग्राफर नबिन केसी, नृत्य क्षेत्रकी हस्ती लुना श्रेष्ठलाई पनि अभिनन्दन गर्नुभयो ।

चलचित्र क्षेत्रका धेरै नायक नायिकाका नृत्य निर्देशक, कोरियो ग्राफर नबिन केसी, लोकप्रिय नायिकाहरु सारँगा श्रेष्ठ र अनुपमा प्रसाइ, अर्की  नृत्य क्षेत्रकी हस्ती लुना श्रेष्ठले तीज नाच प्रस्तुत गर्नुभएको थियो । वहाँहरुकै  निर्णायक टिमले सबै प्रतियोगीताका बिजयीहरुको घोषणा गरेपछी आयोजकहरुबाट बिजयी हरुलाई पुरस्कार प्रमाणपत्र प्रदान गरिएको थियो ।
शनिबार दिउँसो १२ बजे शुरु भएको कार्यक्रम साँझ ७ बजे सम्म चलेको थियो । कार्यक्रममा ठुलो संख्यामा आउने जाने भैरहेको थियो भने अन्य ६ वटा कार्यक्रम जुधाइका बाबजुद हजारौँ नेपालीहरु यहाँ सहभागी भएर नाच गान गरेका थिए ।
तीज महोत्सबमा सहभागी प्रभा देउजा र अरु सहभागीहरु भन्दै हुनुहुन्थ्यो - "यस्तो पो तीज महोत्सब ! क्या आनन्द आयो । टोल टोलका समुह बनाउने, समाज टुटाउने फुटाउने, कोठेहरुलाई, राजनीति गर्नेहरुलाई यो तीज महोत्सब एउटा गतिलो सबक थियो, सबक सिकाउनुभयो तपाईंहरुलाई धन्यवाद, बुझ्नेहरुले बुझुन, सिक्नुपर्नेहरुले सिकुन"               
                

                     








































































































तीज महोत्सबका फोटोहरुका लागि प्रोफेसनल फोटो ग्राफर रबिन्द्र श्रेष्ठ ज्यूलाई धेरै धेरै धन्यवाद । नेपाली पोस्ट, नेपालमदर, एनेपालीजलाई पनि धन्यवाद ।      
तीज महोत्सबका सबै फोटोहरु हेर्न तलका फेसबुक लिंक क्लिक गर्न सक्नुहुन्छ :











 
तिज महोत्सबमा बिजयीहरुलाई दिइने पुरस्कारका प्रायोजक:

Commonwealth Mortgage inc.


( यदी घर किन्दै हुनुहुन्छ भने मोर्गेज / लोनका लागि आफ्नै नेपाली लोन प्रोसेसर देब दास राजबाहक Tel: 571-243-9434 , 571-620-0220 वा ताउफिक माटिन, Tel: 703-906-5909, 571-620-0220 मा Commonwealth Mortgage inc. लाई सम्झनुहोस ।)



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक