(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20160925

नेपाल बाट एउटा अत्यन्त दु:खद खबर आइपुग्यो: पूर्व गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा बेपत्ता !

नेपाल बाट एउटा अत्यन्त दु:खद खबर अाइपुगेको छ अमेरिकामा भर्खर मात्र । पूर्व मुख्य सचिव तथा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। थाहा खबरका अनुसार पृथ्वी राजमार्गको मुङ्लिन– कुरिनटार सडक खण्डको बीचमा पर्ने दारेचोक गाविस ३ घोप्ट भीरबाट घिमिरे चढेको स्कोपियो गाडी त्रिशुलीमा खसेको हो। बा ९ च १५३१ नम्बरको गाडी नदीमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका चार जनाको उद्दार गरिएको छ भने तीन जना बेपत्ता रहेका इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। दुर्घटनामा चालक भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता रहेकाहरुको
खोजी भइरहेको सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ। साँझ ५ बजे कार खसेको हो। घिमिरेसँग परिवारका सदस्य भएको हुन सक्ने प्रहरीको अनुमान छ। कार पुरै पानीमा डुवेको चितवनका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक