20160927

बिभाजित हुँदा हुँदै अबत नेपाल र नेपाली भनेको सुन्न पनि पनि गार्हो !

 अमेरिकाको संबिधान, नियम कानूनले अमेरिकामा अमेरिका भन्दा बाहिर कुनै पनि देशको राजनीतिक पार्टी वा पार्टीको भगिनी संगठन खोल्न, संचालन गर्न पुरै बर्जित गरेको छ तर पनि अमेरिकामा नेपाली काङ्रेसको भगिनी संगठन जन संपर्क समिति, एमालेको प्रबासी नेपाली मँच, रा.प्र.पा नेपाल को प्रबासी एकता समाज, माओवादीका बिभिन्न घटकहरुका छद्म नाममा, बाबुराम काजिको नयाँ शक्ती, मधेशबादी देखी जातिय साम्प्रदायिक पार्टीका पनि बिभिन्न नाममा भगिनी संगठन संचालनमा छन । नेपाल बाहेक अरु कुनै पनि देशका राजनीतिक पार्टी का संघ संगठन भगिनी संस्था अमेरिकामा खुलेको आज सम्म जानकारीमा आएको छैन । अहिले सम्म कहीँ कतै उजुरी नपरेर र अमेरिकी सम्बन्धित निकायको जानकारी मा न आएर मात्र हो यदी यो उनिहरुलाई जानकारी मात्र भयो भने लेखेर राख्नुस एक दिन अमेरिकी नेपाली समाजमा ठुलो भुकम्प जाने छ, समस्या उत्पन्न हुनेछ । कती डिपोट हुनुपर्ने छ भने कती कानूनी कार्वाहीमा पर्नु पर्ने छ । अमेरिका नेपाल होइन जहाँ
जसले जे गरे पनि हुन्छ ।
 अमेरिका त्यस्तो देश हो जहाँ जातिय र लैँगिक बिभेद को अन्त्य भएको पनि धेरै भैसक्यो । अमेरिकी कानून भन्छ - जातिय र लैँगिक बिभेद गर्न पाइँदैन तर हामी नेपालीहरु यहाँ पनि जातिय संगठन, लैँगिक संगठन खोलेर राजनीति गर्छौँ, जातिय, लैँगिक बिभेदका चर्का चर्का कुरा गर्छौँ । हामी नेपाली पुगेको कुनै पनि ठाउँँ बाँकी नरहने भयो बिटुलिन !! अमेरिकामा त यस्तो छ बाहिर अझ के हालत होला अनुमान गर्नुस ।
 कोरिया, जापान लगायतका केही देशमा यस्तै भए पछी सरकारी कार्वाहीमा परी कयौँ नेपाली डिपोट भएको, कानूनी कार्वाही मा परेका समाचार मिडियामा अाइरहेको हामीले देखेकै छौं अब अमेरिकामा पनि त्यो दिन न अाउला भन्न सकिन्न. सम्बन्धित हरुलाई चेतना भया !
 "नेपाल र नेपाली" यत्ती दुई वटा शब्द भित्र अट्ने हामी नेपालीहरु नेपाली फोहोरी राजनीतिको दुर्गन्धमा फसेर अहिले प्रवासमा पनि बिभाजित छौं । अहिले नेपाल र नेपाली होइन काङ्रेस, एमाले, माओवादी, रा.प्र.पा, मधेशबादी फलानो ढिस्कानो जातिय लैंगिक भाषा गत क्षेत्रगत हर हिसाबले बिभाजित हुँदा हुँदै अबत नेपाल र नेपाली भनेको सुन्न पनि पनि गार्हो पर्न थालेको छ । के यही हो त हाम्रो नेपाली परिचय ??!!




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक