20160904

डा. अनुपकै गीत "हजार सपना" बाट अमेरिकामा 1974 AD जस्तो प्रख्यात ब्यान्डले कार्यक्रम शुरु गर्न लागेको देखे पछि !

स्वर्गीय डा. सच्चे कुमार पहारी जस्ता एतिहासिक ब्यक्तित्व, अशल चिकित्सक, राजा बीरेन्द्रका तत्कालिन प्रमुख चिकित्सक र साबित्री पहारी जस्ती एउटी जुझारु महिलाका सुपुत्र मात्र नभएर डा. अनुप पहारी आफैमा एउटा नपत्याइँदो, शारीरिक रुपमा दुब्लो, सानो तर हर हिसाबमा उचो कदका मान्छे हुन उनी । राष्ट्र प्रेम, कुटनीति, अन्तरास्ट्रिय सम्बन्ध, आर्थिक, सामाजिक, राजनीतिक हर क्षेत्रका ज्ञाता मेरा अत्यन्त निकट मित्र हुन डा. अनुप । डा अनुप देख्दा लाग्छन यिनी कसरी सच्चे कुमार र साबित्री पहारीका पुत्र होलान र ! तर उनी यती सरल, गहन बिचार र बिबेक बोकेका मान्छे हुन त्यो संगत गरेपछी मात्र थाहा पाईन्छ । बुवा स्वर्गे हुनु अघि बुवा आमा सँगै कहिले मेरो घर मा त कहिले डा अनुपको घरमा हामीहरु धेरै गफिन्थ्यौं । डा. अनुप मेरा अत्यन्त मन मिल्ने निकट साथी हुन भने उनका माता पिताको पनि माया र आशिर्बाद पाउने, लिने म पनि अनुपको पारिबारिक सदस्य जस्तै निकट छु जस्तो लाग्छ ।   डा. अनुप लाई एउटा शोख छ गिटार बजाउँदै गीत गाउने । अनुप अबल दर्जाका गायक त पक्कै होइनन तर अबल दर्जाका गीतकार, म्युजिक कम्पोजर अबस्य हुन किनकी म त्यही क्षेत्रको मान्छे भएकाले त्यती जजमेन्ट गर्न सक्छु । पछिल्लो पटक डा. अनुपले हजार सपना नामक एउटा गीत लेखे म्युजिक कम्पोज गरे । उनले तीन पटक मलाई फोन गरे, कयौँ पटक मेसेज लेखे - मित्र मेरो गीत हेरिदिनुस् सुनिदिनुस् कस्तो
भयो ? प्रतिक्रिया पाउँ न भने । मेरो ब्यस्तताको कारण केही ढिलै भएपनी आज यो सानो टिप्पणी लेख्दैछु । बिदेशमा बस्ने अनुप, म र लाखौंँ नेपालीहरुको भावना हो अनुप को यो गीत । त्यसैमाथि यो गीतलाई 1974 AD जस्तो प्रख्यात ब्यान्डले लिएछ । डा. अनुपकै गीत हजार सपनाको नामबाट अमेरिकामा उक्त ब्यान्डले कार्यक्रम शुरु गर्न लागेको देखे पछि मित्र अनुपलाई भन्न मन लाग्यो - मित्र बधाई छ । यो गीत मात्र होइन तपाईंका अरु गीत पनि अब आउनु पर्छ, दर्शक श्रोताले सुन्न हेर्न पाउनु पर्छ, दर्शक श्रोताले गीतकार अनुपको भन्दै गीत गुनगुनाउदै गाउँनु पर्छ । बाँकी गीतका शब्द शब्दमा ।  धन्यवाद ।
- रामप्रसाद खनाल 
               

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक