20160905

अमेरिकाका लागि नेपाली राजदूतले गरे राहदानीमा सरलता र शिघ्रताको घोषणा

एन्मा र नासाको शनिवारदेखि सेण्टलुईस, मिजौरी अमेरिकामा भएको संयुक्त सम्मेलनले घिमिरे र कँडेललाई एन्माको अध्यक्ष र महासचिवमा चयन
एन्मा र नासाको संयुक्त सम्मेलनकै क्रममा पत्रकार सूर्य थापालाई बिषेश सम्मान
नेपाल मदर डट कमको तर्फ बाट अध्यक्ष बाला घिमिरे, महा सचिब भरत कंडेल सहित निर्बाचित सबैलाई र यसै गरी सम्मान प्राप्त पत्रकार सुर्य थापालाई हार्दिक बधाई !    
 अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा सिकागोबासी व्यवसायी बाला घिमिरे र महासचिवमा भरत कँडेल चयन भएका छन् । एन्मा र नासाको शनिवारदेखि सेण्टलुईस, मिजौरी अमेरिकामा भएको संयुक्त सम्मेलनले घिमिरे र कँडेललाई एन्माको अध्यक्ष र  महासचिवमा चयन गरेको हो । दुइ बर्षे कार्यकालका लागि चुनिएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा कैलाश कायस्थ र उपाध्यक्षमा वलाराम पन्थी र संजय घिमिरे चयन भएका छन् । त्यस्तै महासचिवमा भरत कँडेल र सचिवमा बेनीमाधव कँडेल (गोपाल) चयन भएका छन् । कोषाध्यक्षमा संजय श्रेष्ठ, भ्युपोयन्ट एडिटरमा माधव ढकाल चयन भइका छन् । कार्यकारी सदश्यमा अनिता
अधिकारी, डा नन्द जोशी, श्रीराम हरी न्यौपाने, निजर ठाकुर, दिवाकर दाहाल, दिलिप योगी, वुना दाहाल, श्याम वस्नेत, उर्मिला निर्दोषी, ओमप्रकाश दाहाल, नीता खतिवडा र मिडिया संयोजकमा केशव खनाल चयन भएका छन् । त्यस्तै बोर्ड अफ ट्रिस्टीमा मुकेश सिंह, डा. गौरी अधिकारी, राजेन्द्र खतिवडा, गोपेन्द्र भट्टराई र डा.सोहन खतिवडा छन् । वरिष्ठ सल्लाहकारमा शारदा थापा छन् । सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतवार सम्पन्न भएको छ । सम्मेलनमा नेपालका राजदुत अर्जुन कार्की, सांसद लगायत विभिन्न राज्यवाट आएका नेपालीको सहभागी थिए । समापन समारोहपछि नव निर्वाचित अध्यक्ष घिमिरेले भावी दिनमा संस्थालाइ सबैको सहयोग र सल्लाहमा अघि बढाउने प्रतिवध्दता जारी गरेका थिए । उनले संस्थाले सफलताका लागि सबैबाट सहयोगको अपेक्षा समेत राखेका थिए ।

यस अघि एन्मा र नासाको संयुक्त अधिवेशनको उदघाटन गर्दै अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले नेपाली राहदानी बनाउन लाग्ने समय कम गर्न दुतावासले मोबाइल उपकरण प्रयोगमा ल्याएको जानकारी दिएका छन् । यो मेशिनको प्रयोगले अब नेपाली राहदानी पहिलेभन्दा छिटो र छरितो रूपमा नेपालीले अमेरिकामा प्राप्त गर्न सक्नेछन् । मिजौरीको सेन्टलुईस शहरमा दुइ नेपाली संस्थाहरू एन्मा र नासाको संयुक्त अधिवेशनमा राजदुत कार्कीले यस्तो मोवाइल उपकरण प्रयोगमा ल्याईएको जानकारी दिएका हुन् । 'हामीसँग नेपाली राहदानी वनाउन उपयोग गर्ने चार वटा मोबाइल उपकरण छन्,' राजदुत कार्की भने-'यो सम्मेलन अवधिभर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनका लागि फोटो खिच्ने, फारम भर्ने देखि सम्पुर्ण काम यही हुन्छ र यो विवरण सिधै काठमाडौ पुग्छ ।'अबदेखि पासपोर्टका लागि भरिएको फारम कुरियरवाट नेपाल पठाउनु नपर्ने भएको प्राप्त गर्न दुई तिहाई समय वचत हुने समेत राजदुतले जानकारी दिए । आन्मा र नासाको अनुरोधमा दुतवासले प्रदान गर्ने सम्पुर्ण सुविधा पनि सम्मेलन स्थलवाटै गर्ने व्यवस्था गरेको थियो । 
'हामीले पहिलो यो सम्मेलन अवधि भरका लागि अधिकृत वारेसनामा, नेपाल भिसा, पासपोर्ट लगायतका काम यहीवाट गर्दैछौं,' कार्कीले भने-'यस्तो भएको यो पहिलो पटक हो ।'कार्कीले आफु राजदुत भएर आएपछि भएका उपलव्धिको बारेमा पनि उल्लेख गरेका थिए । नेपालमा महाभुकम्प गए लगत्तै राजदुतका रुपमा अमेरिका आएका कार्कीले उक्त विपत्तिका समयमा नेपाली समुदायले गरेको सहयोगको पनि प्रशंसा गरे । 
सहयोग कति प्राप्त भयो र कहाँ गयो  भन्ने बारेमा सबै विवरणा दुतावास वेवसाइटमा उल्लेख भएको उनले बताए । अमेरिका वस्ने नेपालीलाई टीपीएस दिनु पर्ने वारेमा राष्ट्रपति बाराक ओबामासँग अनुरोध गरेको र यसलाई औपचारिकता दिन लिखित रुपमा पनि अमेरिकी सरकारसँग आफुले आग्रह गरेको जानकारी समेत उनले दिए ।
यस्तै ६० भन्दा वढी नेपाली उत्पादनले अमेरिकी बजारमा भन्सार मुक्त प्रवेश पाउन सक्नु पनि आफ्नो कार्यकालको उपलव्धि भएको उनले चर्चा गरेका थिए । वासिंटन स्थित नेपाली दुतावासको मुख्य कार्य यहाँ वस्ने नेपाली समुदायसँग सहकार्य भएको वताउँदै राजदुत कार्कीले भने-'हामी देशको उन्नती, विकास चाहने नेपालीसंग सधै हातोमालो गर्न चाहन्छौं । यहाँ बस्ने तपाई नेपालीहरु देशको स्थायी राजदुत हो, म त अस्थायी हुँ,' उनले भने । 
 अहिले वासिंटन बृत्तमा रहेका विभिन्न निकाय र पक्षसँग नेपालको सम्वन्ध विस्तार भईरहेको उनले जानकारी दिए । प्रवासमा वस्ने सवै नेपालीलाई मिलेर अघि वढ्न पनि राजदुत कार्कीले सुझाव दिए । 'हामी अरुलाई राम्रो गर्छौ तर, आफुआफुमा राम्रो गर्न सकेका छैनौं,' राजदुत कार्कीले भने-'एउटा नेपालीले अर्कोलाई नकरात्मक दृष्टिले हेर्ने प्रवृत्तिमा सुधार हुनु पर्यो ।' आफु नेपाली समुदायसंग संस्थासँग मिलेर काम गर्न सधै तयार रहेको उनले बताए । उद्घाटन कार्यक्रममा नासाका अध्यक्ष विमल नेपाल लगायतले समेत मन्तव्य व्यक्त गरेका थिए ।

एन्मा र नासाको संयुक्त सम्मेलनकै क्रममा पत्रकार सूर्य थापालाई बिषेश सम्मान गरिएको छ । अमेरिकाको मिजौरी राज्यमा भएको सम्मेलनमा न्यूयोर्कमा बस्ने पत्रकार थापालाई नेपाली समुदायमा पत्रकारिता मार्फत पुराएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । नेपालको गुल्मी जिल्लामा जन्मिएर काठमाण्डौमा, पत्रिका, एफएमदेखि टेलिभिजन पत्रकारिता सम्बन्धी अनुभब संगालेका थापा अमेरिका आए पश्चात न्यूयोर्कबाट सन्चालीत हुने ह्वाईट हिमाल टेलिभिजनमा आवद्ध भएका थिए । नेपालबाट अमेरिकामा अमेरिकन सरकारको मान्यता प्राप्त पत्रकारको रुपमा पत्रकारिता गर्न आएका थापा अमेरिकाको नेपालीहरुको बाहुल्यता रहेको प्राय राज्यमा पुगेर समाचार संकलन तथा सम्प्रेषण गर्ने गरेका छन् । स्टेज कार्यक्रम सन्चालन तथा लाईभ टेलिभिजन कार्यक्रम सन्चालन गर्न बिषेश दख्खल राख्ने थापा अमेरिकन नेपाली समुदायमा चर्चित पत्रकारको रुपमा पर्दछन् । थापाले आफ्नो परिवार र ब्यक्तीगत स्वार्थ भन्दा माथी उठेर अमेरिकन नेपाली समुदायमा सुचना प्रवाह गरेको आफुहरुले देखिरहेको बताउदै एन्मा अध्यक्ष शुसील शर्माले थापा सम्मानका लागि योग्य ब्यक्ती भएको बताउनुभयो । 

त्यस्तै नासाका अध्यक्ष बिमल नेपालका अनुसार थापाले समुदाय अरुले भन्दा फरक र सबैलाई समेटेर पत्रकारिता गर्ने गरेको र एन्मा, नासालाई पनि लामो समयदेखि सहयोग गरेकोले सम्मान गरेको बताए । सम्मानपछि खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफुलाई थप उर्जा मिलेको बताएका छन् । 


Photos: Dhan Thapa

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक