20160911

कमल थापाले राजा र धर्मको ब्ल्याकमेल गर्दै, नैतिकतालाई तिलान्जली दिँदै जनतालाई धोख्खा दिएको आरोप लगाउँदै रा.प्र.पा नेपाल बिधिवत रुपमा यसरी टुक्रिएछ !

विष्टको अध्यक्षतामा देशभरका गरी ७९ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति पनि गठन, वरिष्ठ उपाध्यक्षहरुमा किशोरी महतो, विष्णुप्रसाद भट्टराई, सिनेट श्रेष्ठ र सचिवमा धनश्याम गिरी
काठमाडौं । एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानका अध्यक्ष केशरबहादुर विष्टले राजनीति भ्रष्टाचार गर्ने र अनैतिक गर्ने नीतिको रुपमा रुपान्तरण भएको बताएका छन् । उनले सबैको नीति राजनीति भएपनि
लुटने भ्रष्टाचार गर्ने, डकैती गर्ने, पिटने प्रवृत्तिको कारण इमान्दार राजनीति गर्नेहरु पनि फटाह भएको बताएका हुन् । 
राजधानीमा आइतवार राप्रपा नेपाल राप्रपा समानान्तर लगायतको सहभागीतमा गठित एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान घोषण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले भने,‘राजनीति गर्नेहरुले डाडूमा पानी तताएर परे पनि भयो ।’
राजनीतिक गर्नेहरुप्रति अहिले समाजमा इज्जत नभएको बताउदै उनले साइकल चलाउन जान्नेले हवाइजहाज चलाउन खोज्दा राजनीतिको मुल्य र मान्यता हराउदै गएको बताए । विष्टले भने,‘हा हा.. वदमासी र मनपरीले नै दस बर्षमा भाषा र जातिको नाममा राजनीतिले गलत बाटो लिदा पनि कोही बोल्न तयार छैनन किन ?’
देशको सन्दर्भमा संघीयता आवश्यक नै नभएको बताउदै नेपालमा अहिले संघीयताको नाम समेत थाहा नपाएका छैनन, कागजी कुरा मात्र थाहा भएर कहाँ हुन्छ ? उनले भने । संघीयताबाट देशको दुर्भाग्य सुरु भएको बताउदै अध्यक्ष विष्टले अहिले मनपरीको परिणाम नेपाली जनताले खेप्दै आएको बताए ।
‘जब–जब राजाले दुःख पाउछन तब–तब नेपाली जनताले दुःख पाएका छन’,उनले भने,‘२००७ सालमा राजाले दुःख पाउदा कोशी गुम्यो, ०१५ सालमा गण्डकी गुम्यो, ०४६ सालमा महाकाली गुम्यो, राजाले दुःख पाउदा देशले अस्मिता र भूगोल गुमायो ।’ देशमा राजतन्त्र र हिन्दुराष्ट्र चाहिन्छ भन्दा प्रतिगामी भएको गुनासो गर्दै उनले बेलायत र जापानलाई पनि गणतन्त्र मान्नेहरुले प्रतिगामी भन्न चुनौती दिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाप्रति लक्षित गर्दै विष्टले भने,‘राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा उभिने एउटा फटाहाले पनि गल्ती गर्यो ।’ अब गफ भन्दा पनि राजतन्त्र हिन्दुराष्ट्र र प्रजातन्त्रको लागि एकताबद्ध भएर लाग्नु पर्नेमा उनले भने जोड दिए । पूर्वपञ्चहरु २४ घण्टा पद नभइ बस्न नसक्ने बताउदै उनले यही कारण देशले दुःख पाइरहेको बताए ।
कार्यक्रमा उपाध्यक्ष किशोरी महतोले राप्रपा नेपालका अध्यक्ष कमल थापा मान्छे नै नभएको आरोप लगाए । उनले भने,‘को हुन कमल थापा ? उनले थापालाई प्रत्यक्ष चुनाव लडेर जितेर देखाउन पनि चुनौती दिए । उक्त कार्यक्रममा अभियानका प्रवक्ता दमन वस्नेतले राजतन्त्र हिन्दु राष्ट्र र प्रजातन्त्र जोगाउन देशव्यापी रुपमा अभियान थाल्ने बताए । उनले अब कमल थापालाई गाली गर्न छोडनु पर्ने धारणा व्यक्त गरे ।
अभियानमा पूर्व मन्त्री सिनेट श्रेष्ठ, राजावादी पार्टीका अध्यक्ष किशोरी महतो, नेपाल बौदिक श्रोत परिचालन केन्द्र लगायतले अभियानलाई साथ दिएका छन् । अभियानले सर्वधर्म समभाव सहितको सनातन हिन्दुराष्टको पुनस्र्थापना, संवैधानिक राजतन्त्र र एकात्मक राज्य प्रणाली स्थापना गर्नु आफ्नो मुख्य दायित्व भएको बताएको छ । गणतन्त्र धर्म निरपेक्षता र हालको संविधानको शसक्त रुपमा विरोध गर्ने निर्णय पनि गरेको छ ।
अभियानले विष्टको अध्यक्षतामा देशभरका गरी ७९ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति पनि गठन गरेको छ । मूल आयोजक समितिको वरिष्ठ उपाध्यक्षहरुमा किशोरी महतो, विष्णुप्रसाद भट्टराई, सिनेट श्रेष्ठ र सचिवमा धनश्याम गिरी रहेका छन् ।









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक