20161011

छबिलालले युद्ध सम्बन्धी किताब पढेर दशैँ मनाएछन । न कसैको हातको टिको लगाए रे न कसैलाई टिका लगाइदिए रे !! यस्ता अधर्मी छबिलाल नेपालका प्रधानमन्त्री रे !

अर्का अधर्मी  पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले दशैँमा दिइने आर्शीवाद परिमार्जनको प्रस्ताव अघि सारे
छबिलालले युद्ध सम्बन्धी किताब पढेर दशैँ मनाएछन । न कसैको हातको टिको लगाए रे न कसैलाई टिका लगाइदिए रे !! यस्ता अधर्मी छबिलाल नेपालका प्रधानमन्त्री रे ! यिनले धर्म कर्म सबै खाए, देश डुबाए, शान्ती क्षेत्र नेपाल लाई अशान्त मात्र बनाएनन हजारौँ को लाश बिछ्याए, यिनी जस्ता अधर्मीलाइ जनताले नेता मान्नु पर्ने रे ! प्रधानमन्त्री मानिदिनुपर्ने रे, यहाँ भन्दा ठुलो महिसासुर राक्षेसी राज, यहाँ भन्दा ठुलो अधर्म, यहाँ भन्दा ठुलो जनताको अपमान के हुन सक्छ ?? हे दुर्गा माता तिमी लाई म के भनुँ खोइ !!!
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वडा दसैँ टीका नलगाई पारिवारिक जमघटका साथ मनाएका छन् । दिनभर बालुवाटारमा बसेका प्रधानमन्त्रीले परिवारका सदस्यसँग बसेर दसैं मनाएका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले टीका नलगाई आफन्तसँग भेटघाट गरेर दसैं मनाएको उनका उपस्वकीय सचिव पूर्ण कार्कीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । ‘प्रधानमन्त्रीले आफू पनि टीका लगाउनुभएन र अरुलाई पनि लगाइदिनुभएन्’, कार्कीले भने, ‘सामान्य ढंगले परिवारका सदस्यसँग बसेर दसैं मनाउनुभएको छ ।’
दसैंको टीकाको दिन प्रचण्डका आफन्त प्रायः सबै बालुवाटार पुगेका थिए । पारिवारिक भेटघाट सँगै प्रधानमन्त्री प्रचण्डले दसैंको टीकाको दिन पुस्तक पढेर बिताएका छन् । ‘युद्ध सम्बन्धी कुनै पुस्तक पढ्नुभयो तर यकिन
यही भन्ने छैन,’ कार्कीले अन्नपूर्णसँग भने ।
यसै बिच नेपाली आतंकबादका अर्का पर्याय, छबिलाल पिछलग्गु तथा हाल छबिलालका ठुला दुस्मन बनेका      अर्का अधर्मी  पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले दसैंमा दिइने आर्शीवाद परिमार्जनको प्रस्ताव अघि सारेका छन् ।
मंगलबार देश विदेशमा रहेका हिन्दु दाजुभाइ तथा दिदीबहिनीलाई वडा दसैंको शुभकामना दिदै बाबुरामले आर्शीवाद परिमार्जनको प्रस्ताव गरेका हुन् ।
दसैंको टीकाको दिन पुरुष र महिलालाई टीका लगाउदा दिइने आर्शीवाद नै परिवर्तन गर्नुपर्ने प्रस्ताव भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत् सार्वजनिक गरेका हुन् ।
दसैंको टीकामा महिला र पुरुषलाई दिने आर्शीवादका संस्कृत श्लोक लेख्दै भट्टराईले आर्शीवादलाई बदलिएको युग सुहाउदो बनाउनु पर्ने तर्क अघि सारेका हुन् । उनले महिला र पुरुषका लागि एउटै आर्शीवाद बनाउनुपर्ने विचार समेत सार्वजनिक गरेका छन् ।
भट्टराईले भनेका छन्, ‘आज मान्यजनहरुले पुरुषलाई दिने आर्शीवाद र महिलालाई दिने आर्शीवादलाई बदलिएको युग अनुरुप परिमार्जन र समान गर्दा कसो होला ?’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक