20161017

अनेसासको भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्ष पद बाहेक सबै पदमा निर्बिरोध, अध्यक्ष पदमा पदम बिस्वकर्मा निर्बाचित !



अनेसासको भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्ष पद बाहेक सबै पदमा निर्बिरोध निर्बाचित हुनुभएका सबै साथीहरुलाई हार्दिक बधाई । त्यसै गरी अध्यक्ष पदमा पदम बिस्वकर्मा जी र कमला प्रसाई जी निर्वाचन लड्नु भएकोमा पदमजी १४ भोट बढी ल्याएर निर्बाचित हुनुभयो । पदमजीले २९२ र कमलाजी ले २७८ भोट पाउनु भएछ निर्वाचन समितिको घोषणा अनुसार । निर्वाचन प्रक्रियामा गैसकेपछी निर्वाचनको नतिजालाई स्वीकार गर्नै पर्छ जुन कुरा मैले निर्वाचन अघि पनि दुबै पक्षलाई लिखित रुपमै राखिसकेको थिएँ । जसले जिते पनि त्यो अनेसासको जित हुनुपर्छ भनेको थिएँ । असाध्यै थोरै मत अर्थात १४ मतको अन्तरले हार जित भयो अध्यक्ष पदमा । तर पनि परिणाम सबैले आत्मसाथ गर्नै पर्छ । अध्यक्षमा बिजयी पदम जी लाई बधाई । म कमला बहिनी लाई पनि बधाई दिन चाहन्छु किन कि वहाँले जुन सम्मान जनक मत पाउनु भएको छ त्यो मतले पदम जी र वहाँको कार्य समितिलाई एउटा राम्रो सन्देश दिएको छ, केही पाठ सिकाएको पनि छ । बिगतका कमी कमजोरीलाइ औंला उठाएको पनि छ । म म भनेर बुझ्नुहोला आत्मसाथ गर्नुहोला । निर्वाचित अध्यक्ष पदम जी र कार्य समितिका सबै साथीहरुले यो कुरा मनन गर्दै कमला बहिनीलाई पनि ससम्मान जिम्मेवारीका साथ अगाडि लैजानुको बिकल्प छैन । पाखा लगाउने कोशीस भएमा २७८ आजिबन सदस्यको मतको अपमान हुने छ कमलाको मात्र होइन । हिजो सम्म के भयो त्यो बिर्सिंदै आज देखी अनेसास सबै एक मन भएर अगाडि बढाउन म सबै पक्ष सँग आग्रह गर्दछु । अब पनि झिना मसिना र बिबादका कुरा झिकेर, बखेडा झिकेर हामी अलमल हुनेहो भने २६ बर्षको जवान अनेसासलाई हामीले अगाडि बढाउन सक्ने छैनौँ । फेरि पनि अध्यक्ष पदमजी र कार्य समितिमा आएका साथीहरुलाई बधाई दिंदै अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटीले उठाएका सवालहरु र पूर्व केन्द्रिय समितिले गरेका प्रतिबध्दता ३ महिना भित्रै व्याबहारिक रुपमा कार्यन्वयन भएको हेर्न हामी आत्तुर छौं । सबैको जय होस, अनेसासको पनि जय होस ।
- रामप्रसाद खनाल - अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी
( हामीले निर्वाचन अघि के भनेका थियौँ मेरो स्टाटस तल हेर्न सक्नुहुन्छ ।)


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक