20161008

"शक्तिस्वरूपा दुर्गा भवानीले हामी सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन आशीष दिऊन्": राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव, जातजाति र समुदायसमुदायबीच आपसी भ्रातृत्व कायम गर्न बडादसैं सफल रहोस् भन्ने कामना गरेकी छन् । उनले बडादसैंका अवसरमा शुभकामना वक्तव्य दिँदै भनेकी छन्, ‘ अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रूपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।’ विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा कायम रहने विश्वास उनले व्यक्त गरेकी छन् । बडादसैं तथा विजयादशमीले हिमाल, पहाड र तराईमधेस तथा मेचीदेखि महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न
जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न विश्वास राष्ट्रपति भण्डारीले वक्तव्यमार्फत गरेकी छन् । ‘नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माण अभियानमा अघि बढ्न सकौं । शक्तिस्वरूपा दुर्गा भवानीले हामी सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन आशीष दिऊन्’, उनले कामना गरेकी छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक