20161106

पढ्दा पढ्दै धरधरी रुनुपर्ने एउटा अत्यन्त दु:खद समाचार : हाम्रो देशमा पनि सरकार छ र ??

एउटा छोरो साउदीमा मर्यो, लाश ल्याउन सक्या छैन, अर्को छोरो बन्दुकले हानेर मारिदिए ! 
बलिन्द्रधारा आसुँ पोख्दै आमा बाबु भन्छन - एक हल गोरु छन, बेचेर लाश ल्याउँला भन्या गोरु  बिक्दैनन  !
कथित जनयुद्धको नाइके प्रधानमन्त्री भएको देशमा शायद यस्तै यस्तै हुन्छ होला !    
 धनकुटा नगरपालिका १३ का ६५ वर्षीय कमल भण्डारीको छोरा साउदी अरबमा मरेको एक महिना भयो । छोराो लाश ल्याउन खर्च जुटाउन घरको हलगोरु बेच्न खोज्दा एक महिना भइ सक्यो अझै विकेको छैन ।     रोजगारीका लागि गएको जेठ महिनामा साउदी जानुभएका भण्डारीका २१ वर्षीय छोरा सुशील भण्डारीको असोज १६ गते मध्यरातमा गाडीले किचेर मृत्यु भएको अपुष्ट खवर आएको छ । छोराको मृत्यू भएको यकिन भएपनि कुन मेनपावरबाट गएको हो र लास कसरी ल्याउने भन्ने वुझ्नका लागि आवश्यक खर्च नहुँदा लास ल्याउने समेत अत्तोपत्तो लाग्न सकेको छैन । आर्थिक अवस्था दयनीय रहेका भण्डारी
परिवारमा छोरा मारिएको शोक त छँदैछ यसका अतिरिक्त छोराको मृत्यूको कारण वुझ्नलाई राजाधनीसम्म आउन समेत आर्थिक हैसियत कमजोर भएपछि टाढाको कुरा भएको छ ।
मृतकका वुवा ६६ वर्षीय कमल भण्डारीका अनुसार अलिकति पनि पैसा नभएका कारण घरमा ऋण काढेर खरीद गरेको हल गोरु वेचेर जिल्ला सदरमुकाम लगायत विभिन्न निकायमा वुझ्न जाने निधो गरेको तर गोरु समेत नविकेका कारण केहि पनि चलमल गर्न नसकेको बताउनुहुन्छ । 
    जग्गाको नाममा जम्मा दुईरोपनी मात्र त्यो पनि एकवाली मात्र लाग्ने खेत भएका भण्डारीको मुख्य जीविकोपार्जन नै कृषी हो त्यो पनि अधियामा खेत कमाउने र त्यसका  अतिरिक्त ज्याला मजदुरी रहेको छ । यस्तो दयनीय आर्थिक अवस्थावाट गुज्रिरहेको अवस्थामा जेनतेन ऋण खोजेर जम्मा एक लाख साठी हजार रुपैया खर्चेर केही घरको गर्जो टार्लाकी भनेर छोरालाई  विदेश पठाउनुभएको थियो । तर विदेश पठाएको पाँच महिना बित्न नपाउँदै छोरोको मृत्यूको खवर सुन्न परेपछि अर्को वज्रपात आईलागेको छ । “ कुन मेनपावरवाट गएको हो त्यो पनि पत्ता लगाउन सकिएको छैन अव गोरु विकेपछि सवै खोज्छु ” । गहभरी आँशु पोख्दै भन्नुभयो । 
उहाँका अनुसार मृत्यू हुनु अघिल्लोदिन मात्र घरमा फोन गरेर वुवा अब दाईको ऋण कति छ म तिर्छु म पैसा पठाईदिन्छु भनेको झलझली याद आईरहेको छ तर के गर्नु अहिले यस्तो खवर सुन्न भोग्न परिरहेको कुरा निरस मुद्रामा बताउनुभयो । 
    यसैगरी मृतकका ५५ वर्षीय आमा तिला भण्डारी छोराको मृत्यूको खबर सुने सँगै उहाँको आँखा अझै ओभाएका छैनन् । पल पलमा छोराले विदेश जानु अघि भनेका कुराहरु सम्झेर उहाँ अझै भक्कानिनु हुन्छ । “ आमा म अब विदेश गएर पैसा कमाउछु अनि घर बनाउनुपर्छ काठ कटाउनुपर्छ अनि छाना पनि कर्कट पाताको हाल्नुपर्छ भनेर भन्थ्यौ के गर्नु दैवले मेरो खुशी चुडायो ” । 
उहाँले भक्कानिदै भन्नुभयो । माईला छोरोको मृत्यू भएको १७ दिन अघि मात्र जेठो छोराको जिल्लाकै डाँडागाँउ गाँउ विकास समितिमा भरुवा वन्दुकले गोली हानी हत्या गरिएको थियो । यसरी पीडा माथि पीडा थपिदै गएको भण्डारी परिवारका लागि अब एक मात्र नावालक छोरा रहनुभएको छ । आर्थिक अभावकै कारण १४ वर्ष पुग्दा पनि मुस्किलले डिल्ली भण्डारीले कक्षा पाँचमा मात्र पढिरहनुभएको छ । डिल्ली भण्डारीका अनुसार दाईले विदेशबाट पैसा कमाएर पठाईदिन्छु राम्रो सँग पढ्नु भन्ने गर्नुभएको सम्झिनुभयो । 
    सामान्य फुस्को छानो त्यसमाथि त्यो पनि चुहिने अवस्थामा पुगिसकेको छ । सरकारी मुखपत्र गोरखापत्रका अनुसार  घरको छानो त जेनतेन टालिएला भौतिक वस्तुले तर भण्डारी परिवारमा आईलागेको पीडा केले टालिएला त्यो भने उहाँहरुका लागि टाढाको विषय वनेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक