20161119

अमेरिकाको वाशिङ्टन डिसीका करिब ७० जना साहित्यकार, कवि देखी कलाकार सम्म सबै आ-आफ्नो कविता, मुक्तक, गीत र हाँस्य ब्यङग सहित यसरी प्रस्तुत भए साहित्यिक कार्यक्रममा

अमेरिका/ नोभेम्बरको चिसोले अलिकती चुस्स छुन लाग्दा १९ तारिखको शनिबारको दिन अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाका करिब ७० जना साहित्यकार, कवि देखी कलाकार सम्म सबै आ आफ्नो कविता, मुक्तक, गीत र हाँस्य ब्यङग सहित जुटेका थिए अन्तर्राष्ट्रिय कलाकार मँच र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालको निवास भर्जिनियाको एतिहासिक शहर विन्चेस्टर शहरमा । अमेरिका स्थित नेपाली राजदुताबासका डेपुटी चिफ अफ मिशन जिबन प्रकाश श्रेष्ठ मात्र होइन मानबाधिकार आयोगका पूर्व सचिब, अग्रज साहित्यकार, लेखक विद्वान शंकर श्रेष्ठ देखी डा. रघुनाथ अर्याल, पेशाले डाक्टर करिब एक दर्जन ब्यक्तित्व र करिब ७० जना साहित्यकार, कवि देखी कलाकार सम्मको गरिमामय उपस्थितिमा छँदै थिए कोठे कवि गाेष्ठीका स्थाई कवि, साहित्यकारहरु पनि । आयोजक रामप्रसाद खनालले कविता बाचन गरेर शुरु गरेको कवि गाेष्ठी खनालकै गीतमा आएर समाप्त हुँदा सम्म कविता, मुक्तक, गीत, हाँस्यब्यंगको यस्तो बहार आयो साढे तीन घण्टा समय बितेको कसैले पत्तै पाएनन । अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष एबम लोकप्रिया कलाकार शिवहरि पौडेलको कविता, हाँस्यब्यङग मात्र त्यहा प्रस्तुत
भएन विद्वान साहित्यकारहरु शंकर श्रेष्ठ, डा. रघुनाथ अर्याल, डा. हरिराज भट्टराई, प्रोफेसर एकराज भट्टराईका सारगर्भित कविता पनि त्यहा प्रस्तुत भए । डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. कबिता नेपाल घिमिरेका कविता सँगै पुराना कवि शरद निरौला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, लेखक साहित्यकार कृष्ण धराबासी, अग्रज पत्रकार सोमनाथ घिमिरे, कविहरु सुदीप भद्र खनाल, नीरा शर्मा, कल्पना सुबेदी, प्रेम सँग्रौला, बासु श्रेष्ठ, प्रकाश नेपाल, नीता श्रेष्ठ, भूपनारायण घर्तिमगर, मन थापा, परशु तिमल्सिना, पुस्कर पन्त, रबीन्द्र श्रेष्ठ, नारायण अधिकारी, रजनी श्रेष्ठ, बिना घर्तिमगर. आदिले कबिता बाचन गर्नुभएको थियो भने मन्जु सँग्रौलाले राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो । कविता, गीत, मुक्तक, हाँस्य ब्यङग देखी सबै कुरा समेटिएको उक्त बिशेष साहित्यिक कार्यक्रम कोठे कविता गाेष्ठीको ३३ औँ कार्यक्रम अन्तरगत आयोजना गरिएको आयोजक खनालले बताउनुभयो । कोही नेपाल जाने हतारो त कोही अर्को कार्यक्रममा जाने हतारो, नचाहँदा नचाँहदै पनि मन अमिलो पारी पारी बिच बिचमा बिदावारी माग्दै र सुटुक्क निस्किनेको पनि सँख्या ठुलै भयो । आयोजक खनालले कार्यक्रमको अन्त्यमा गीत सहित सहभागी सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमका केही तस्बीरहरु आफै यसरी समाचार बोल्छन :                                                                  






















































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक