20161120

एकतर्फी मात्र कुरा सुन्दा र सेन्टिमेन्टल हुँदा यस्तो पनि हुँदो रहेछ !

कन्चन शर्मा रेग्मी र उनका पूर्व पति दुबैको अन्तर्वार्ता हेर्नुस र नियाल्ने प्रयास गर्नुस जरो 
पत्रकार सुमन खरेलले कान्तिपुर टेलिभिजनमा कन्चन शर्मा रेग्मी सँग लिएको र प्रशारित अन्तर्वार्ता यो हप्ता भरी सँसारभर रहेका नेपाली बिच चर्चित रह्यो । मिडियाहरु छाइए, फेसबुक, ट्वीटर, अनलाइनहरु, युटुब सबै सबै तिर भाईरल भयो यो अन्तर्वार्ता । यो पङ्तिकारले पनि दुई पटक त्यो अन्तर्वार्ता हेर्यो र रोयो दुबै पटक । स्टाटस पनि लेख्यो कन्चनकै पक्षमा । तर दुई पटक हेर्दाखेरि यो पङ्तिकारलाई के लाग्यो सुमनजी को यो अन्तर्वार्ता एक तर्फी मात्र भयो कि ! एकतर्फी मात्र कुरा सुन्नुहुन्न ।  पत्रकारितामा पीडित पक्षलाई मात्र होइन पिडक भनिने पक्षलाई पनि उनका भनाइ राख्न दिनुपर्छ । यथार्थ कुरा बाहिर ल्याउनुपर्छ । कहिले काहिँ एक तर्फी मात्र सुनाईले अर्को पक्षलाई अन्याय पनि हुन सक्छ । नभन्दै अहिले त्यस्तै भएछ ।

                 पत्रकार सुमन खरेलको पत्रकारिता माथि हामीलाई पूर्ण विश्वाश छ, उनले कुनै गलत मनसायले वा नियत बस त्यो अन्तर्वार्ता प्रशारण गरेका हुँदै होइनन न त कान्तिपुर टिभीको नै गल्ती छ त्यसमा । मात्र त्यहा एउटा सानो कमजोरी भएको छ त्यो के भने कन्चनको अन्तर्वार्ता र बिषयको गाम्भीर्यता हेरि सुनिसके पछि सुमन खरेलजी ले कन्चनका पूर्वपति सँग पनि कुरा गरेका भए यात दुबै पक्षको कुरा आउँथ्यो यात सुमनजीले त्यो अन्तर्वार्ता रोक्नुहुन्थ्यो एयरमा जानबाट । त्यहा नेर थोरै कमजोरी भएकै हो यद्यपी पत्रकार / अन्तर्वार्ताकार सुमनजीले भनिसक्नुभएको छ कि "गत बिहीबार कार्यक्रम " सुमन संग " मा कञ्चन शर्मा रेग्मीकाे अन्तर्वार्ता पछि हामी अागामी कार्यक्रममा उहाँकाे परिवारका सदस्यहरुकाे कुरा सुन्न प्रयत्नरत छाैं। मानिस हाे, मानिसबाट जीवनमा गल्तीहरु हुन्छन नैं। यहाँ पनि कुनै गल्ती भएको भए, त्याे सच्चियाेस् भन्ने मात्र हाम्राे चाहना हाे। हामी अाधुनिक युगकाे एउटा सभ्य समाजमा बस्छाैं। सभ्यताकाे प्रदर्शन गर्दै कृपया परिवारका सदस्यहरुलाई कहिं कतैबाट पनि गाली, अपशब्द र अपमान नगरी दिनु हुन दुई हात जाेडी बिनम्र अनुराेध गर्न चाहन्छाैं।"

कुरा स्पस्ट छ सुमनजीले थोरै ढिला भएपनी कन्चनका आरोपित पति मोहन र छोराहरुको भनाइ पनि ल्याउँदै हुन्हुन्छ । पत्रकारिताको धर्म पनि यही हो - दुबै पक्षका कुरा लाई स्थान दिनु । दोशी को ? निर्दोस को ? त्यो त न्यायालयले मात्र भन्न सक्छ पत्रकारिताले होइन तर पत्रकारिताले यस्ता कुरा ब्यालेन्स गरेर अगाडि ल्याउनै पर्छ ।
यो अन्तर्वार्ता प्रकरण पछि कन्चनका पूर्वपति मोहन रेग्मीको पनि अरुनै मिडियाबाट अन्तर्वार्ता बाहिर आइसकेको छ । उनको अन्तर्वार्ता हेर्दा के लाग्छ भने उनी त कन्चन भन्दा झन बढी पीडित रहेछन, कन्चन पो पिडक रहेछन । यसर्थ दुबैका अन्तर्वार्ता हेरेर अडकल काट्नु बाहेक अरु बिकल्प रहेन ।
हामीलाई दु:ख लागेको छ दुबैको जिबनमा आएको अबिश्वास, पारपाचुके दुबै पक्षले भोगेका पिँडा प्रति । कसैका पति पत्नी बिचमा यस्तो दु:खद घटना कहिलै नहोस नेपाल मदर डट कम कामना गर्दछ ।

सडकमा पुगेकी कन्चन र म माथि ठुलो अन्याय भयो भन्ने उनका पूर्वपती मोहनको यो दु:खद प्रकरणले हामी सबैलाई, मिडियालाई, सेन्टिमेन्टमा बहेर कसैलाई ठाडै गाली गर्न उत्रिने प्रब्रितिलाई गतिलो सबक अबस्य सिकाएको छ र यस पछि सबैमा चेत आउने नै छ । हेरौं कन्चन र उनका पति मोहनका भनाइ जस्ताको तस्तै :                        
यस्तो थियो पत्रकार सुमन खरेलले कान्तिपुर टिभीका लागि लिएको र प्रसारित अन्तर्वार्ता

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक