20161201

गोरखाका नन्द प्रसाद अधिकारीको जसरी ज्यान लिए राक्षसहरुले त्यसैगरि डा. केसीको पनि ज्यान लिंदैछन !

एउटा महान डाक्टर जो आफ्नो निजी जिबन चटक्क भुलेर, बिहाबारी समेत नगरी जिबनभर गरीब दुखी निमुखा आपत बिपतमा परेका रोगी बिरामीको उपचार गर्दै जिन्दगी भर देश र जनताको लागि खटिरहेको छ , बोलिरहेको छ, भ्रस्टाचार, अन्याय, अत्याचार र बेथिती का बिरुद्ध लडिरहेको छ उसलाईपनि अपराधी राक्षसी राज्य सरकार मार्ने प्रपन्च गर्दैछ । आफ्नो छोराको हत्यारालाई कार्वाहीको माग गरेर अनशन बस्दा बस्दै गोरखाका नन्द प्रसाद अधिकारीको जसरी ज्यान लिए राक्षसहरुले त्यसैगरि डा. केसीको पनि ज्यान लिंदैछन तिनै
राक्षसहरु । चिन्नेहरुका लागि डाक्टर गोबिन्द केसी नेपालका गान्धी हुन, अन्ना हजारे हुन, नचिन्नेका लागि मात्र एउटा मूल्यहिन मान्छे हुन । मुर्दा समाजमा जिउँदाहरुलाई पनि मुर्दा देखिँदैछ । हुन त हामी देश बाहिर छौं, हामीले बोल्दा बिदेशमा बसेर नेपाल का कुरा गर्ने तँ को होस् ?? तँ त भुपु नेपाली होस, चिन्ता न ले भनेर हामी बिदेशमा देश दुख्ने मनहरुलाई घोच्ने ति जिउँदाहरुलाई सोध्न मन लाग्यो - देशमा बसेर ठुला ठुला कुरा गर्ने ए महाशयहरु तपाईंहरु कोही वास्तविक जिबित हुनुहुन्छ या मात्र आफ्नो स्वार्थ र झोले पनको श्वासप्रश्वास गर्ने तर आत्मा नैतिकता सब सब मरिसकेका मात्र देख्दा मान्छे जस्ता देखिने मान्छेहरु हुनुहुन्छ ?? यदी कोही वास्तविक जिबित हुन्हुन्छ भने साथ दिनुस् डा. केसीको कदममा । म भौगोलिक हिसाबले टाढा भए पनि डा. केसीसँग छु किन कि उनी देश सँग छन, न्यायको लडाईंमा छन, भ्रस्टाचार अन्याय अत्याचार र बेथितीको बिरुध्दमा छन । सलाम छ डा. केसी तपाईंको देश प्रेम, न्यायको लडाईं र बेथिती बिरुद्धको अभियानलाई । सलाम छ ति जिबितहरुलाई जो डा. केसीको साथमा छन । फोहोरी राजनीति गर्नेले मात्र भन्ने जय नेपाल होइन मन देखी नै सबैले भनौँ - जय नेपाल ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक