20161202

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको अध्यक्षमा साहित्यकार तथा कलाकार कृष्णमुरारी ढुङ्गेल निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको अध्यक्षमा साहित्यकार तथा कलाकार कृष्णमुरारी ढुङ्गेल निर्वाचित हुनुभएको छ । विश्वभरि सञ्जाल भएको समाजको कोलोराडो च्याप्टरको अध्यक्षमा ढुंगेल सर्वसम्मत निर्वाचित हुनुभएको हो । नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिसकिएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । निर्वाचन समितिका संयोजक विनोद त्रिपाठीले नव निर्वाचित पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै उनीहरूलाई सपथ खुवाएका थिए । यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः कृष्णमुरारी ढुङ्गेल, मिना पौड्याल, गौतमसागर राई, दामोदर लुईटेल र रमेश कोइराला रहेका छन् । कार्यक्रमको अन्तिम सत्रमा कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय कोसाध्यक्ष समेत रहनुभएका ढुँगेल नेपालको एउटा राम्रो कलाकार मात्र होइन चलचित्र
निर्देशक पनि हुनुहुन्छ । वहाँ लाई नेपाल मदर डटकमको तर्फ बाट पनि हार्दिक बधाई । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक