20161216

अमेरिकामा हिउँ परिरहेको बेला सडक दुर्घटनामा परि एक जना नेपाली छोरीको ज्यान गयो

अहिले अमेरिका कयौँ राज्यहरुमा हिउँ पर्न शुरु भएको छ । हिउँ परिरहेका बेला सडकमा गाडी चलाउँदा साबधानी अपनाउन सबैमा हामी अनुरोध पनि गर्दछौँ ।
अमेरिकामा एकै परिवारका चार जनाको सडक दुर्घटना मा ज्यान गएको केही दिन पछी फेरी हिउँ परिरहेको बेला सडक दुर्घटनामा परि एक जना नेपाली छोरीको ज्यान गएको छ । नेपाली विद्यार्थी ममता कंडेलको सडक दुर्घटना मा ज्यान गएको प्रहरीले पुस्टि गरेको छ । अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली छात्रा ममता कंडेलको मृत्यु भएको भनिए पनि कंडेलको पूर्ण विवरण आउन अझ बाँकी छ । प्रहरीले घटनाको छानबिन गरिरहेको, मृत्‍यु भएकी कंडेलको अब पोस्ट मार्टमका लागि
अस्पतालमा राखिएको जनाएको छ । कार दुर्घटना मा मृत्‍यु भएकी कंडेल प्रती हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना हामी र हाम्रो नेपाल मदर डट कम परिवार को तर्फबाट । 
   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक