20161217

अमेरिकाको फ्लोरिडामा अर्को सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु, तीनजना नेपालीहरु घाइते

           नेपाली छात्रा 
ममताको दुर्घटनामा ज्यान गएको एक दिन पछि फेरी अर्की नेपाली छोरीले अमेरिकामा ज्यान गुमाएकी छन ।  
अमेरिकाको फ्लोरिडामा  अर्को सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने तीनजना नेपालीहरु घाइते भएका छन् । दुर्घटनामा  अलाबामा निवासी नेपाली अस्लेशा पण्डितको मृत्यु भएको  छ भने  २० बर्षीय संगम सुबेदी, २० बर्षीय छात्रा श्रद्धा  चन्द ठकुरी र अभिज्ञा घिमिरे घाइते भएकोथाहा लागेको छ ।  
फ्लोरिडाको स्टेटरोड २० र ७९ को इन्टरसेक्सनमा दुर्घटना भएको हो ।   
      घाइतेहरुको बे मेडिकल सेन्टर फ्लोरिडामा उपचार भइरहेको छ भने घटना बारे सम्पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान जारी रहेको फ्लोरिडा प्रहरीले बताएको छ । 
 कार दुर्घटनामा मृत्‍यु भएकी अस्लेशा पण्डित प्रती हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना हामी र हाम्रो नेपाल मदर डट कम परिवारको तर्फबाट । घाइते तिनै जनाको शिघ्र स्वास्थ्यलाभको कामना पनि ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक