20161218

नबुझेर संघीयतामा गएर एमालेले गल्ति गरेको बताए एमालेका उपाध्यक्ष बामदेव गौतमले !

‘ संशोधन प्रस्ताव फिर्ता नलिए संसदमा रगत बग्ला, हामी बरु त्यही मरौला। तर छोड्नेवाला छैनौं।’
एमाले उपाध्यक्ष बामदेव गौतमले संघीयता स्वीकार गरेर एमालेले गल्ती गरेको बताएका छन्। एमाले निकट युवा संघ नेपालले आइतबार राजधानीको हार्दिक होटलमा गरेको कार्यक्रममा गौतमले नबुझेर संघीयतामा गएर एमालेले गल्ति गरेको बताएका हुन्। गौतमले भने,‘माओवादी र मधेसवादी दलहरुले संघीयताको कुरा उठाएका थिए। हामीले नबुझेर त्यसलाइृ स्वीकार गरेर हामीले गल्ति गर्यौं। अब हामीले गल्ती स्वीकार गर्नुपर्छ।’ मधेस
आन्दोलनका नाममा तराईमा पहाडीया लेखेट्ने काम सुरु भएपछि देशलाई द्वन्द्वमा जानबाट रोक्न एमालेले संघीयतालाई दबाबमा स्वीकार गरेको उनले स्पष्ट पारे।
गौतमले त्यसबेला संघीयताका विषयमा पार्टीमा समेत कुनै बहस र छलफल नभएको खुलासा गरे। ‘माधवजी छलफलका लागि जानु भएको थियो, तत्कालीन का‌ंग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भन्नुभयो,’ गौतमले भने। उनले माओवादीले भनेअनुसार नै संविधानसभाको निर्वाचन भएको दावी गरे। संसारमा नेपालसहित २७ देशमा संघीयता रहेको भएपनि नेपाललाई आफ्नै मौलिकता भएको संघीयता बनाउन नसकिएको उनले बताए।
उनले नेपालमा बहुराष्ट्रको संघीयता बनाउने षड्यन्त्र भएको आरोप लगाए। उनले कतिपय देश संघीयतामा गएर फर्कदा गृहयुद्ध भएको बताए। गौतमले भने,‘संघीयता भनेको मन मिलेका मान्छेहरु अंकमाल गरेर बस्नका लागि हो। तर, नेपालमा द्वन्द्व सिर्जना गर्नका लागि र आपसमा मार काट गराउनका लागि सिर्जना गरिएको नक्कली विषय हो।’
गौतमले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेर संविधानलाई विफल बनाउन खाजेको आरोप पनि लगाए। उनले संशोधन प्रस्ताव फिर्ता नलिए त्यसको विरोधमा आफूहरुले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए। उनले भने,‘संसदमा रगत बग्ला, हामी बरु त्यही मरौला। तर छोड्नेवाला छैनौं।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक