- अधिबक्ता होम थापा
(एल एल.एम्, पिएच. डि.)
सम्माननीय प्रधानन्यायाधीश ज्यू
पत्र लेखिरहन पटक्कै मन थिएन।तर नलेख्नबाट मनलाई मेरो अन्तरआत्माले पटक्कै रोक्न पनि सकेन। अन्तरआत्माको पुकार अगाडी मेरो चैतन्य लाचार भयो । हीन भयो । शरणागत भयो।अनि बाध्य भएर, खुम्चिएर तपाँईलाई एउटा प्रारम्भिक र छोटो-मोटो पत्र लेख्न गईरहेको छु। २०४६ सालको जनआन्लोलन पश्चात स्वतन्त्र, सक्षम र निर्भीक ठानिएको न्यायपालिकाको ईतिहाँसमा जून दिन तपाँईले प्रधानन्यायाधीशको शपथ गर्नु भयो। त्यो दिन म लगायत पुरा लोकतन्त्र प्रेमी हामी सबै नेपाली जनता र सिड़्गो राष्ट्रले गौरवानूभूति महसूस गरेका थियौं। देश भित्रको सञ्चार माध्यमले मात्र होईन बिदेशी सञ्चार माध्यममा पनि तपाँई चर्चाको पात्र बन्नु भएको थियो । उसमाथी भ्रस्टाचार बिरुद्धको शून्य सहनशिलताको रुपमा तपाँईलाई सबैले चितृत गरेका थिए । तपाँईको नेतृत्वमा न्यायपालिका भित्र रहेका केहि बिसँगतीहरु सँगतिपूर्ण मार्गमा आउनेमा हामी बिशेस गरी कानुनक्षेत्रमा सङ्लग्नहरु बढी आ शाबादी थियौ । तपाँईका बिभिन्न ठाउँका बिभिन्न कार्यक्रममा अभिब्यक्तिक सार्बजनिक भनाईहरूलाई हामी औधी महत्व दिन्थ्यौ । र २०४७ सालको संबिधानले ब्यबस्था गरेको न्याय परिषदको संरचना र ब्यबस्थाको तुलानामा अहिलेको संबिधानले ब्यबस्था गरेको परिषदको संरचनामा राजनैतिक प्रभाब बढी हुने देखिए पनि सांचो उहाँकै हातमा हो भनेर एक किसिमको आशा र भरोसा तपाँई माथी नै थियो । किनकी संरचना र ब्यबस्था जे जस्तो भएपनी त्यस माथि अन्तिम निर्णय गरी कार्यान्यनमा ल्याउने ब्यक्ती नै प्रमुख हो । जसलाई समबन्धित ब्यक्तीको पृष्ठभूमि, उसको ब्यक्तित्व, उसको बिचार, ज्ञान्, जीवनशैलि आदिले नै प्रभाब पर्ने कुरा हुन । यि सबै कुरालाई दृष्टिगत गरेर हामी कानूनका
बिद्यार्थीहरु तपाँईको सार्बजनिक अभिब्यक्तीहरुलाई बडो चासो दिन्थ्यौ । एक आपसमा चर्चा परिचर्चा गर्थेउं । र राजनैतिक पार्टीले जे जसरि संविधान बनाई घोषणा गरेपनी न्यायपालिका र लोकतन्त्रको सुदृढीकरणमा न्यायपालिकाको भूमिका अहम हुने र न्यायपालिकाको क्षेत्रमा त्यसको पथ प्रदर्शक तपाँई नै हुने ठान्नेमा हामी आशबादी थियौ ।किनकी न्यायको संक्रमणकालिन अवस्थामा सक्षम,स्वतन्त्र र निर्भीक न्यायपालिका त्यसमाथी अवचलित मन,दृढ निष्चय, निर्भीक पात्र र तदनुरुपको ब्यक्तित्व र चरित्र भएको नेतृत्वको आवश्यकता थियो।कारण यसै बेलामा संबिधानलाई कार्यान्वयन गर्ने सवालमा राजनैतिक पार्टीहरूले जे पनि गर्न सक्ने ‘भय’ र त्यसबाट उत्पन्न परिस्थितीले हजारौं हजार ब्यक्तिको बलिदानीपूर्ण सपनामा तुषारापात हुने सम्भावनाको पूर्वाभास हामीलाई पहिल्यै देखी नै थियो।जसबाट विशेष गरि हाम्रा जीवन,स्वतन्त्रता र मूल्य-मान्यता संग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका सवालहरूको जबर्जस्तिपूर्ण गर्भपात गराउने खतरामा राजनैतिक पार्टीलाई रोक्न सक्ने सामर्थ्य न्यायपालिकाको र त्यसको नेतृत्वकर्ता तपाँई र त्यसकै हैसियतमा न्यायपरिषदको नेतृत्वको निरणय मा देखेका थियौ । त्यो किन ? यहा उल्लेख गरिरहन परेन । जसलाई कठोर तपस्या पछी दशानन्द्ले हातमा परेको वस्तु आफ्नो इच्छा बेगर खस्न नदिने " क्षिन्नमस्ता " वरले पूर्ण भए झै तपाँई पनि आफ्नो बिगत र ब्यक्तित्व अनुसार परिपूर्ण र सुशोभित हुनुहुन्छ भनेर आंकलन गर्थ्यौं। तर विडम्बना! देशको दुर्भाग्य भन्नु पर्छ। एक हफ्ता भन्दा अगाडी पौष २८ गते मध्यरातमा तपाँईकै निवासमा न्यायपरिषदको पटक पटकको अनौपचारिक औपचारिक बैठक सम्पन्न र त्यसको प्रकृति र निर्णयले भने नेपालकै न्यायपालिकाको ईतिहाँसमा कैयन प्रश्नवाचक र विश्मयबोधक चिन्हहरु एकैचोटी लगाईदिएकोछ। प्रश्नहरुका साथसाथै विश्मयहरु पनि जोडीएको छन यि सबालहरु सँग । । प्रश्न र विश्मयहरु जोडिएको छ लोकतन्त्र संग। प्रश्न र विश्मयहरु जोडीएको छ , स्वतन्त्र, सक्षम र निर्भीक न्यायपालिकाको सवाल सँग । प्रश्न र विश्मयहरु जोडीएको छ बिधी र प्रकृया सँग । प्रश्न र विश्मयहरु जोडीएको छ न्यायधिश नियुक्तिको मापदन्ड सँग । प्रश्न र विश्मयहरु जोडीएको छ तपाईंका अग्रज न्यायपरिषदका परिकल्पनाकार स्व.बिस्वनाथ उपाध्यायको परिकल्पना सँग । प्रश्न र विश्मयहरु जोडीएको छ स्वार्थको द्वन्द सँग । प्रश्न र विश्मयहरु जोडीएको छ तपाईंका सार्बजनिक अभिब्यक्तीहरु र ब्यबहारहरु सँग आदी इत्यादी। यस्ता अनगिन्ती प्रश्न र विश्मयबोधक चिन्हहरु कालान्तर सम्म रहिरहने छन जब सम्म यसको ब्याख्या र पुस्त्यांई तपाँई स्वयं या अन्य स्वतन्त्ररुपबाट हुने छैनन् । सम्माननीय प्रधानन्यायाधीश ज्यू , विश्वव्यापी स्वतन्त्र, सक्षम र निर्भीक न्यायपालिकाको अवधारणा भित्र के के कुराहरु पर्दछन्? भनिराख्न उपयुक्त ठान्दिन।त्यसमाथी त्यसको नेतृत्वकर्ताको भूमिका पनि के कस्तो हुनुपर्छ? लेख्नको लागी असान्दर्भीक ठान्दछु। र मलाई यो पनि थाहा छ, तपाँई यि कुराहरूबाट अनभिज्ञ पनि हुनुहुन्न। उसमाथी नेपालको न्यायपालिकाको नेतृत्वकर्ता हरिप्रसाद प्रधान देखि हालसम्मका न्यायपालिकाको ईतिहाँस , अनि २०४७ र २०७२ सालको संबिधानले ब्यबस्था गरे अनुरूप न्यायपरिषदको काम,कर्तव्य र अधिकारसंग पनि तपाँई राम्रै संग परिचित हुनुहुन्छ । यसका अतिरिक्त तपाँई बिगतमा एकाध केहि नातेदारलाई तपाँईका अग्र्जहरुले काखी च्यापी न्याधिश बनाएका र उदेक लाग्दो घटना त नेपाली समाजमा प्रचलित उखान " आफै बोक्सी आफै धामी " समेत भएका दृष्टान्तहरु देखी एक होनहार न्यायधीश भरतराज उप्रेतीको आत्महत्या प्रकरण हुँदै न्यायधीश शपथ ग्रहण पछी न्यायमुर्तीहरु (आधुनिक भगवानहरु ) पार्टी कार्यालय पुगेका दृष्टान्तहरूसंग तपाँई परिचित हुनुहुन्न भन्ने संका गर्नु पनि सामान्य सोचाईको हत्या हुन जान्छ।प्रजातन्त्र लोकतन्त्रमा न्यायलय संधै राजनैतिक प्रभावबाट मुक्त हुनुपर्ने विश्वव्यापी मान्यताको बुझाईबाट पनि तपाँई अपरिचित हुनुहुन्न।न्यायालय स्वतन्त्र, सक्षम र निर्भीक हुन न्यायधीश पनि कस्तो हुनुपर्छ ? त्यो भनिरहन पनि आवश्यक छैन। एक पटकको न्यायधीश संधैको न्यायधीश भन्ने प्रचलित मान्यताबाट पनि तपाँई विमुख हुनुहुन्न । न्यायमुर्ती र न्यायलयका गम्भिर किसिमका फैसलाबाट आत्महत्या प्रकरण अनि मानसिक रोगी र बर्बादीका उदाहरणहरुबाट पनि तपाईं जानकारीयुक्त नहुने अनुमान गर्न पनि सकिदैन। यसता अत्यन्तै सम्बेदनशिल कुराहरु सँग सरोकार हुने र राख्ने न्यायपालिक र त्यहाँ आसिन आधुनिक भगवानको रुपमा चितृत हुने न्याधिस नियुक्ती प्रकरणको सन्दर्भमा न्यायपरिषद कै ईतिहाँसमा बहुमतको आधारमा त्यो पनि आफ्नै निवासमा अंझ मध्यरातमा जुन निर्णय गर्नु भयो त्यो न्यायपालिकिय ईतिहाँसमा कालरात्री नजिरको रुपमा स्थापित हुने छैन भनेर म कसरी भनु? यसले तपाँईले आर्जेका कैयौं सकारात्मक कुराहरूमाथी कालो धब्बा लगाउने छैन र ईतिहाँसले यो धब्बा चाहेर पनि बिर्सने छैनन् भनेर म कसरी अनुमान गरु ?किन कि जब जब त्यो कालरात्री निर्णयको प्रभावको कारण जनताले न्यायको अनुभूति प्राप्त गर्दैनन्र अनि त्यस बाट उनिहरुको जीबन्, स्वतन्त्रा र सम्पतीमा गम्भिर आघात हुन जान्छ तब तब सयौं हजारौं दीन्, हीन, दुखी र पीडित आदी आदी विशेषणले युक्त जनता र उनिहरुको परिवार वा आस्रीत ब्यक्तीहरुको आशु,अश्य र सत्तोसरापको केहि अ्शले तपाईंलाई भेदन गर्देन भनेर म मेरो मुल्य मान्यता र सस्कृती अनुसार कसरी नभन्न सकुला र? हुनत दु:खी,गरीब,दूरदराज,पहुचबिहीन,आवाजबिहीन आदि आदि विशेषणले युक्त जनताहरूले न्यायको अमूर्तरूपी छबि अनुरूप अहिले पनि न्याय त पाएका छैनन्।अब त झन सामन्यकरण गरी भन्दा त्यस्ता घाउहरुमा नुन चुक छर्किने बाहेक केहि हुने छैन भनेर कसरी अनुमान गर्न सकिन्छ र ? ब्यक्ती समाजमा बस्छ । र समाज परोक्ष अपरोक्षरुपमा न्यायालय वा न्यायपालिका अनि न्यायालय वा न्यायपालिकाको तहहरु अनि त्यहाँ आसिन ब्यक्तीहरु, अनि तत तत तहका प्रमुख वा नेतृत्वसँग न्यायको आशा र भरोसा दुबै राख्छ । यस अर्थमा तत तत तहका न्यायपलिकीय प्रमुखले बिधी र प्रकृयाको पालन त गर्नु पर्छ नै । अझ उच्चतम तहको न्यायपलिकीय प्रमुख र उसको पदीय हैसियतले प्राप्त हुने पदले समाज र उसको न्यायको अपेक्षालाई पनि बिर्सनु हुँदैन । प्रचलित र लोकप्रिय समाजशास्ततृय बिधिशास्त्रको चुरो कुरो पनि यसै भित्र पर्छ । यस सन्दर्भमा न्याय परिषदको कुरा गर्दा परिषद आफै सम्बिधानले ब्यबस्था गरे अनुरुप एउटा मुर्त अङग हो ।मुर्त अङगले जनतासँगको समबन्ध र उनिहरुको आशा अनि अपेक्षासँग जोडिएको अमुर्त न्याय प्रदान गर्ने सवाल अत्यन्तै सम्बेदनशिल मानिने कुरा कहीकतैबाट लुकेको छैन । यस प्रसङ्गमा ऐतिहासिक महत्व राख्ने अत्यन्तै सम्बेदनशिल ठानिएको उच्च अदालतको न्याधिश नियुक्ती आफै मुर्त अङ्गबाट अमुर्तमा रुपान्तरित भइ अमुर्त बिधी र प्रकृयाहरु बाट प्रभाबित हुँदा दिर्घकालिन रुपमा ब्यक्ती र समाजको जनजीबन्, प्रणाली र समरचनामा के कस्तो असर पर्न सक्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । यसका अतिरिक्त न्यायालय र न्यायमुर्ती ठानिएका प्रती जनताको पूर्वधाराणा र तदनुरुपको ब्यबहारले तत तत बिशयमा जनताको बिश्वास कस्तो हुने हो अनुमान गर्न नसकिने बिशय पक्कै होईन । यस सन्दर्भ र प्रसँगमा के तपाइले सार्बजनिक रुपमा अभिब्यक्त गरेको भने झै “न्याधिश सन्यासी हुन्, योगी हुन्, योगीलाई समसारिक मोह हुँदैन्” भन्ने कुरा चरितार्थ होला ?अनि के ब्यबाहरिक कसिको खरो प्रारम्भिक चरण कै परीक्षामा तपाईं उत्तिर्ण हुनुभयो त ? हुनु भएको भए नियुक्तीको तपाईंहरुले बनाएको मापदन्ड के थियो र के भयो? सम्बिधानको मौलिक हकहरुले ‘राज्यका सबै निकायमा हुने नियुक्ती समाबेसी समानुपातिक आधारमा हुनु पर्ने’ कुरा भए कि भएनन? सन्ख्या, स्थान र समयको नैतिक सिमा रेखा भन्दा बाहिर गरिएको कार्य र निर्णयको गुरुत्वआकर्सनसक्ती निस्चित ग्रहमा हुने समान्य दर भन्दा अस्वभाबिक हुनुलाई के ठान्न सकिन्छ? स्वतन्त्र, योग्यता, क्षमता, बिद्द्वतता, अध्ययनशिल्, नैतिकवान्, चरित्रवान, न्याय गर्न सक्ने योग्यता, क्षमता र बिबिध गुणलेयुक्त ठानिएको ब्यक्ति, ब्यबसायिक्तामा दखल राख्ने, असाधारण प्रतिभाले युक्त आदी इत्यादी ब्यक्ती लाई बुझ्ने, खोज्ने अनि समेटने कार्य भयो कि भएन ? समेटन पर्ने समेटिए कि समेटिएनन? अनि नसमेट्न पर्ने समेटिए कि समेटिएनन? दलीय त्यो पनि गुट, उपगुट अझ त्यस माथी ब्यक्ती बिशेसको चाहना अनुसारको ठाडो प्रभाब र हस्तक्षेपलाई नियन्त्रण गर्ने प्र्यास गर्नु भयो कि भएन? आदी आदी । यदि गर्न सक्नु भएन भने तपाइकै सृस्तीबाट सृजितहरुले जनता सँग गएर न्यायको पथ या सतमार्गमा नै आफुलाई दोर्याउछन भन्ने के पूर्वानुमान र जनअनुमान गर्न सकिएला र? यि तमाम कुराले तपाईंको बारेमा चितृत गरिदै आएको तपाईंको ब्यक्तित्व, छबि, स्वभाब्, अनि तपाईंले सार्वजनिकरुपमा दिदै आएका बिभिन्न अभिब्यक्तीहरु एकै चोटी राजा नहुस झै ईन्द्रको आसन ग्रहण गर्न जादा बिच बाटोमा नै सप्तऋषिको श्रापले अर्कै प्राणीको रुपमा आफु रुपान्तरण भएको कथा सँग मिल्न गएको छैन भनेर म कसरी भन्न सक्छु र? राजा नहुस झै तपाईं के कुरा मा मोहित हुनु भयो? मोहित हुनु पर्ने कारण के थियो? र त्यो मोह कहिले सम्म? कुनै पनि मान्छे आफ्नो बिबेकको प्रधानसेनापती आफै हो कि होईन? यदी हो भने पद र अधिकारको हिसाबले त्यसलाई युक्तीयुक्त उपयोग गर्न के ले रोक्यो? तर स्मरण रहोस मोह बिबिध कुराहरु सँग जोदिएको हुन्छ । अनि क्षणिक र क्षणभङुर पनि हुन्छ । जब ब्यक्ती त्यो मोहबाट मुक्त हुन्छ उसले आफुले आफुलाई मान भङ्ग भएको ठान्छ । र परिणाम त के हुन्छ त्यो घाम जती छर्लङै सबैलाई थाहा भएकै कुरा हो ।जे होस तपाईंको ऐतिहासिक कदम र नेतृत्वदायी परिपक्वता अब न्यायिक इतिहासले नै जाच्ला ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक