(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170123

अहंकार, घमण्ड, असहिष्णुता, एकले अर्कोलाई दबाउन चाहने वा आफूलाई अर्कोभन्दा बलियो देखाउन चाहने पशुजन्य स्वभाव अहिलेका मानिसको आम समस्या हो ।

मानिसका समस्यामाथि एक चिन्तन



मानिस समस्यै समस्याले जेलिएको देखिन्छ । मानिसका समस्याहरु मानव समाजकै समस्या हुन् । एकातिर सीमित हातहरुमा धन–दौलत र साधन–श्रोतको प्रचुरता छ भने अर्कोतिर बहुसंख्यक मानिसलाई साँझ–बिहान हातमुख जोर्नको चिन्ता छ । करोडौं मानिस त भोकमरीकै अवस्थामा छन् । संसारको अत्यधिक जनसंख्या मध्यम वर्गमा पर्दछ । यस वर्गको मानिसले साँझ–बिहान जसोतसो पेटभरी खाएको त छ तर उ दुई छाक पेटभरी
खाने र परिवार धान्ने ध्याउन्नमै सारा जीवन खर्चिन बाध्य छ । युद्धग्रस्त क्षेत्रका आम मानिसका पीडाको त बयान गरेर साध्य छैन । संसारका मुट्ठीभर धनी व्यक्ति र धनी देशका शाषकहरुको कहिल्यै नमेटिने धनको भोकका कारणले नै युद्ध हुने गरेका छन् या गराइएका छन् । न्यायोचित ढंगले उत्पादित धनको वितरण गर्ने हो भने यस संसारमा आर्थिक अभाव नामको कुनै समस्या बाँकी रहने छैन । यसैले वर्तमान विश्वका सारा समस्याको मूल जरो वर्गभेद नै हो भन्ने कुरामा माक्र्सवाद विश्वस्त छ । तर के वर्तमान विश्वका मानिसहरुको मूल समस्या वर्गीय मात्रै हो त ? यस बारे भने अलि बढी गंभीर भएर घोत्लिन जरुरी देखिन्छ ।
संसारको अत्यधिक जनसंख्या मध्यम वर्गमा पर्दछ । यस वर्गको मानिसले साँझ–बिहान जसोतसो पेटभरी खाएको त छ तर उ दुई छाक पेटभरी खाने र परिवार धान्ने ध्याउन्नमै सारा जीवन खर्चिन बाध्य छ ।
समाज शोषक र शोषितमा विभाजित भएका कारणले आम मानिसका समस्या, दुःख–पीडा वर्ग विभाजनमा आधारित समाज–व्यवस्थाले सिर्जना गरेको हो भन्ने विषयमा कुनै शंका छैन तर मानिसका समस्या खान–लाउन र बाँच्नका लागि गरिने संघर्षमा मात्रै सीमित छैनन् । यदि धनी र गरीब–सर्वहाराका बीचको संघर्ष मात्रै मानव जीवनको समस्याको एक मात्र कारण हुँदो हो त धनीका घरमा कहिल्यै झगडा नहुनु पर्ने हो । हरेक धनी–पूँजीपतिले समाजको सबै धन–सम्पत्ति एक्लै कुम्ल्याउनका लागि गर्ने अस्वस्थ्य प्रतिस्पर्धाका कारणले उसका प्रतिद्वन्दीसँग मात्रै झगडा या अन्तर विरोध हुनुपर्ने हो । तर त्यस्तो छैन । धनी–मानीका परिवारमा पनि झैं–झगडा भैरहन्छन्, उनीहरु पनि नानाथरीका कुण्ठाबाट ग्रसित देखिन्छन् । यसैगरी गरीब मानिसको परिवारको समस्या खाने–लगाउने–बाँच्ने आर्थिक संघर्षमा मात्रै सीमित देखिन्न । श्रीमान–श्रीमती, सासु–बुहारी, आमा–बाबु–छोरा, दाजु–भाइ, दिदी–बैनी, साथी–संगातिका बीचमा हुने विभिन्नखाले मनमुटाव, वैमनस्य, एक–अर्काका विरुद्ध अविश्वास र त्यसबाट सिर्जना हुने एक–अर्काका विरुद्धका विविध षडयन्त्र र हत्या–हिँसा समेतका परिघटनाहरुमा वर्गीय समस्या मात्रै देखिन्न ।
अहंकार, घमण्ड, असहिष्णुता, एकले अर्कोलाई दबाउन चाहने वा आफूलाई अर्कोभन्दा बलियो देखाउन चाहने पशुजन्य स्वभाव अहिलेका मानिसको आम समस्या हो । त्यसो नहुँदो हो त एउटै वर्गका मानिसमा आपसमा र अझ एउटै परिवारभित्र परस्पर मनोमालिन्य, अविश्वास र यस्ता प्रवृतिले सिर्जना गर्ने समस्या देखा पर्ने थिएनन् ।
अहंकार, घमण्ड, असहिष्णुता, एकले अर्कोलाई दबाउन चाहने वा आफूलाई अर्कोभन्दा बलियो देखाउन चाहने पशुजन्य स्वभाव अहिलेका मानिसको आम समस्या हो । त्यसो नहुँदो हो त एउटै वर्गका मानिसमा आपसमा र अझ एउटै परिवारभित्र परस्पर मनोमालिन्य, अविश्वास र यस्ता प्रवृतिले सिर्जना गर्ने समस्या देखा पर्ने थिएनन् ।
समूहमा बस्ने पशुहरुको नेतृत्व व्यक्तिगत युद्धबाट तय हुन्छ । समूहमा धेरै नरहरु छन् भने तिनीहरुमा हुने युद्धमा बलियो ठहरिनेले नै नेतृत्व गर्ने र वंश विस्तारको पहिलो अधिकारको हैसियत राख्दछ । यही कुरालाई मानव समाजसँग जोडेर पूँजीवादले आफ्नो जन्मकालमै घोषणा गर्यो– ‘मानव समाजमा पनि बलियो पूँजीपतिले मात्रै प्रतिस्पर्धाको बजारमा बाँच्ने हैसियत राख्दछ (सर्भाइभल फर दी फिटेस्ट)’ । यसको जवाफमा एंगेल्सले निकालेको निश्कर्ष थियो– ‘बलियोले मात्रै बाँच्न पाउने कुरालाई सही ठहर्याउने हो भने त मानिस र पशुमा कुनै अन्तर नै भएन । बलियोले मात्रै बाँच्न पाउने कुरालाई जायज ठहर्याउनेहरुले बुझ्नुपर्यो– मानव समाजले आफूलाई पशु जगतबाट लाखौं वर्ष पहिले मुक्त गरिसकेको छ ।’
एंगेल्सले निकालेको निश्कर्ष थियो– ‘बलियोले मात्रै बाँच्न पाउने कुरालाई सही ठहर्याउने हो भने त मानिस र पशुमा कुनै अन्तर नै भएन । बलियोले मात्रै बाँच्न पाउने कुरालाई जायज ठहर्याउनेहरुले बुझ्नुपर्यो– मानव समाजले आफूलाई पशु जगतबाट लाखौं वर्ष पहिले मुक्त गरिसकेको छ ।’
मानिसलाई एक–अर्काका विरुद्ध षडयन्त्र गर्न त वर्गीय समाजले नै सिकायो तर वर्गीय समाज कहाँबाट आयो ? आदीम साम्यवादी समाजको गर्भबाट नै वर्गीय समाजको उदय भएको हो । कबिला–कबिलाहरुका बीचमा एकले अर्काको सम्पत्ति र विचरणको क्षेत्र खोस्नका लागि गरिने युद्धले कालान्तरमा दास प्रथाको शुरुवात गरायो । शुरुमा युद्धबन्दीहरु या त मारिन्थे या आफ्नै गणमा सामेल गरिन्थे । पछि उनीहरुलाई दास बनाउनु विजेता गणका लागि श्रेयस्कर हुन थाल्यो । विजेता समूहभित्र समानता र हारेकाहरुलाई दास बनाउने प्रचलन अर्थात् समाजको एउटा सिंगो हिस्सा मालिक र अर्को हिस्सा दास हुने प्रचलन लामो समयसम्म चलेको हो । निरन्तर भैरहने युद्धका कारणले समाजमा एकल नेतृत्वको आवश्यकता बोध भएपछि सामन्ती ब्यवस्थाको उदय भयो–मालिकहरुकै बीचबाट वा समानहरुमध्येकै प्रथमलाई राजा बनाइयो । यसरी देखिन्छ वर्गबिहीन समाजकै गर्भबाट वर्गीय समाजको उदय भएको हो । मानव श्रृष्टिको उषाकालदेखि दास युग शुरु हुनुभन्दा पहिलेका विभिन्न चरणसम्म मानिस जंगली त थियो तर उसमा वर्गभेद थिएन । वर्गभेद नभएकै कारणले उसले अधिकार र कर्तब्यमा भेद गर्न जानेको थिएन । एक जना आमाले आफ्नो बच्चालाई दुध खुवाउन पाउनु उसको अधिकार हो या कर्तब्य ? दुबै हो । यसैगरी आदिम साम्यवादी समाजमा समुदायको लागि काम गर्नु कुनै व्यक्तिको अधिकार थियो वा कर्तब्य ?दुबै थियो । यस अर्थमा कि, समुदायमा बस्न पाउनु उसको अधिकार थियो र सबैले काम गरेर मात्रै समुदायको अस्तित्व जोगिन सक्थ्यो यसैले समुदायमा बस्नु कर्तब्य पनि थियो ।
मानव श्रृष्टिको उषाकालदेखि दास युग शुरु हुनुभन्दा पहिलेका विभिन्न चरणसम्म मानिस जंगली त थियो तर उसमा वर्गभेद थिएन । वर्गभेद नभएकै कारणले उसले अधिकार र कर्तब्यमा भेद गर्न जानेको थिएन ।
पुरानो सहकारिता वा सामुदायिकताका अवशेष अहिलेसम्म जिवितै छन् र पुनः समानताको दिशातिर बढ्ने मानवीय चाहनाका लागि तिनै जीवित अवशेषले नयाँ ढंगले काम गर्न थालेका छन् । उदाहरणका लागि सहकारी संस्थाहरुलाई लिन सकिन्छ । एकजना सहकारीसंस्थाको सदस्यका लागि त्यसको साधारणसभामा भाग लिनु अधिकार हो वा कर्तब्य ? दुबै हो । साधारणसभामा भाग लिन पाउनु अधिकार हो किन भने त्यहाँ उसको हिस्सेदारी छ, उपस्थित भएर साधारण सभा सफल पार्नु हरेक सदस्यको कर्तब्य हो किनभने सदस्यहरुको भागिदारी भएन भने साधारणसभा नै सम्पन्न हुँदैन । वर्तमान समाजमा अधिकार र कर्तब्य एकाकार भएको यो एउटा झिनो उदाहरण मात्रै हो । अहिलेको समाजमा अधिकारको उपभोग र कर्तब्य पालनका बीचमा धेरै ठूलो खाडल छ–एकातिर सबै अधिकारहरु थुप्रिएका छन् जो समाजको धनी वर्गले प्रयोग गर्दछ र अर्कोतिर कर्तब्य नै कर्तब्यको पहाड छ जसको बोझले कामदार वर्ग थिचिएको छ ।
अधिकार र कर्तब्यका बीचको भेद वर्गीय समाजले नै सिर्जना गरेको हो र यही भेदले मानिसका मनमा षडयन्त्रका तानाबाना भरिदिएको छ । यही भेदले नै मानिसलाई कुण्ठाग्रस्त र षडयन्त्रकारी बनाइदिन्छ । आजको आम मानिस जताततै कुण्ठाग्रस्त भेटिन्छ । गरीब साँझ–बिहानको हात–मुख जोर्न पनि गतिलो गरी नसकेका कारणले कुण्ठाग्रस्त छ, धनी निरन्तरको लोभले कुण्ठाग्रस्त र षडयन्त्रकारी छ ।
अधिकार र कर्तब्यका बीचको भेद वर्गीय समाजले नै सिर्जना गरेको हो र यही भेदले मानिसका मनमा षडयन्त्रका तानाबाना भरिदिएको छ । यही भेदले नै मानिसलाई कुण्ठाग्रस्त र षडयन्त्रकारी बनाइदिन्छ । आजको आम मानिस जताततै कुण्ठाग्रस्त भेटिन्छ । गरीब साँझ–बिहानको हात–मुख जोर्न पनि गतिलो गरी नसकेका कारणले कुण्ठाग्रस्त छ, धनी निरन्तरको लोभले कुण्ठाग्रस्त र षडयन्त्रकारी छ । भौतिक सुख धनी वर्गको मानिसले उपभोग गरिरहेको छ भन्ने कुरामा सन्देह छैन तर मानसिक रुपमा उ पनि सुखी छैन । जीवनभरी धनको पछि दौडेको दौड्यै गर्नु र अरुभन्दा आफूलाई अझै बढी धनी बनाउनका लागि नानाथरी तिकडम र जालझेलमा निरन्तर लिप्त रहनु कहाँको सुख हो र ? अर्कोलाई अनेक हिसाबले पछार्नु र समाजको धन बढीभन्दा बढी आफैंले कब्जा गर्ने उपक्रम गर्नुलाई नै सुख मानेका कारणले गर्दा धनी वर्गको व्यक्ति र उसको परिवारमा अनेकथरी समस्या सिर्जना हुने गरेका छन् । धनी हुनका लागि समाज र सरकार (जो कि समाजकै अंग हो) लाई त ठगिन्छ ठगिन्छ, आफ्नै ब्यावसायिक साथि वा पार्टनरलाई पनि ठगिन्छ । यसक्रममा ठगिको संस्कार नै बन्छ अनि परिवारको एक सदस्यले अर्को सदस्यलाई ठग्छ ।
गरीबहरुले धनीको सिको गरेर आफू पनि धनी हुन त सक्दैनन् तर तिनका षडयन्त्रकारी ब्यवहार चाहिँ आत्मसात गरेका हुन्छन् । धनीहरुले दलाली गर्दछन् । गरीबहरुसंग दलालीका लागि केही हुँदैन, उनीहरुले दलालीको संस्कार सिक्छन् । धनीहरुको दलाली धन कब्जा गर्नमा केन्द्रित हुन्छ, गरीबहरु एक–आपसमा षडयन्त्र गर्छन् र आफैंलाई कमजोर बनाउँछन् । धनीहरुले जीवनभर दलाली गर्छन्, गरीबहरुले पुँजीवादी ब्यवस्थामा हुने चुनावका बखत आफ्नो मत धनीका हातमा बेचेर आफ्ना वर्ग बैरीकै दलाली गर्दछन् ।
अर्कोलाई अनेक हिसाबले पछार्नु र समाजको धन बढीभन्दा बढी आफैंले कब्जा गर्ने उपक्रम गर्नुलाई नै सुख मानेका कारणले गर्दा धनी वर्गको व्यक्ति र उसको परिवारमा अनेकथरी समस्या सिर्जना हुने गरेका छन् । धनी हुनका लागि समाज र सरकार (जो कि समाजकै अंग हो) लाई त ठगिन्छ ठगिन्छ, आफ्नै ब्यावसायिक साथि वा पार्टनरलाई पनि ठगिन्छ । यसक्रममा ठगिको संस्कार नै बन्छ अनि परिवारको एक सदस्यले अर्को सदस्यलाई ठग्छ ।
श्रमिक–सर्वहारा वर्गको मुक्तिका लागि बनेका कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरुका बीचमा आपसमा किन गुटबन्दी हुन्छ ? एउटै समान उद्देश्य बोकेर संगठित हुनेहरुले आफूमध्येको योग्यलाई किन सहजै छनौट गर्न सक्दैनन् र छनौट भैसकेकालाई किन सहजै स्वीकार गर्न सक्दैनन् ? चाकरीवादका विरुद्ध गठन भएको कम्युनिष्ट पार्टीका नेताहरु किन चाकरीबाजहरुले घेरिन रुचाउँछन् ? किन कम्युनिष्ट पार्टीहरु पनि विभाजित हुन्छन् ? यी सबैका पछाडि निजी शक्ति प्राप्त गर्ने चाहना लुकेको हुन्छ जो पदमा पुग्ने र त्यसको दुरुपयोग गरेर आफू अरुभन्दा बढी धनी हुने चाहनासँग अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ । अरुभन्दा बढी धनी हुन चाहने कुण्ठाले नै अरुभन्दा बढी शक्तिशाली हुन प्रेरित गरिरहेको हुन्छ । अनि, प्रत्येक कुण्ठाले नयाँ षडयन्त्रको खेती गर्न प्रेरित गर्दछ र हरेक नयाँ षडयन्त्र कुण्ठासंग जोडिएको हुन्छ ।
धेरै उच्च चेतना भएका अति सीमित मानिस बाहेक आजको समाजमा कोही सन्तुष्ट छैन, कोही पनि भित्रि मनबाट समग्ररुपमा खुसी छैन । सबैलाई केही न केही पिरलोले सताएकै छ । बाँच्न पुग्ने औसल आवश्यकता पुरा भएपछि सन्तुष्ट हुन नसक्ने हो भने वर्गीय समाजमा कहिल्यै सन्तुष्टिको बिन्दु (प्वाइन्ट अफ सेटिसफ्याक्सन) भेट्टाउन सकिन्न ।
थप प्रगतिका लागि निरन्तर प्रयास गर्ने तर प्राप्त उपलब्धीमा सन्तुष्ट र खुसी हुन सक्ने खुबीको विकास गरेमा मात्रै सुखी हुन  सकिन्छ । थप प्रगतिका लागि निरन्तर प्रयास गर्न छोड्ने हो भने मानव समुदायकै विकासक्रम रोकिनेछ । अगाडि बढ्नका लागि निरन्तर प्रयास गर्नु मानवीय स्वभाव वा प्रकृति नै हो, यसैले उ पशु होइन, मानिस हो । समाज अगाडि बढ्नु भनेको उत्पादनका साधन र तिनको ब्यवस्थापनमा निरन्तर परिमार्जन गर्नु हो । यही काममा निरन्तरता दिएकै कारणले मानिस पशु जगतबाट अलग छ । अर्कोतर्फ धन–दौलत होस् वा त्यसका लागि आवश्यक पर्ने राजनीतिक शक्तिका लागि जस्तोसुकै षडयन्त्र गर्न पनि पछाडि नपर्ने कुरा अहिलेको वर्गीय समाजका मानिसको प्रवृति भएको छ । यो प्रवृति र यसबाट उत्पन्न चेतना पशुभन्दा पनि निकृष्ट खालको छ । जति धन थुपारे पनि नअघाउने र कहिल्यै सन्तुष्ट हुन नसक्ने स्वभावको विश्लेषण गर्ने हो भने यहाँनिर मानिस पशुभन्दा धेरै निकृष्ट देखिन्छ । एउटा हिंस्रक बाघले पनि पेट भरिएपछि फेरी भोक नलागुन्जेल शिकारमाथि आक्रमण गर्दैन, कसैलाई मार्दैन । अघाएको बाघको नजिकैबाट मृग गयो भने पनि उ शान्त भावले आराम गरिरहेको हुन्छ । बाघले पेट भर्ने काम पुरा गरेपछि पुरा सन्तुष्ट हुन्छ । मानिस भने जति खाए पनि अघाउँदैन ।
जति धन थुपारे पनि नअघाउने र कहिल्यै सन्तुष्ट हुन नसक्ने स्वभावको विश्लेषण गर्ने हो भने यहाँनिर मानिस पशुभन्दा धेरै निकृष्ट देखिन्छ । एउटा हिंस्रक बाघले पनि पेट भरिएपछि फेरी भोक नलागुन्जेल शिकारमाथि आक्रमण गर्दैन, कसैलाई मार्दैन । अघाएको बाघको नजिकैबाट मृग गयो भने पनि उ शान्त भावले आराम गरिरहेको हुन्छ ।
सुखको श्रोत हो– प्राप्त उपलब्धीमा सन्तुष्ट हुनु र थप उपलब्धीका लागि संघर्ष गर्नु । थप उपलब्धीका लागि प्रयास गर्दा आफ्ना वर्ग मित्रका विरुद्ध कुनै षडयन्त्र नगर्नु मानव हुनु हो । अहिलेको मानिसमा मानवीय पक्षकै अभाव देखिन्छ ।
मानिसमा ब्याप्त कुण्ठा वर्गीय समाजकै देन हो । समाजवादको माथिल्लो चरणमा पुगेपछि मात्रै वर्गको विलोपन शुरु हुने छ । त्यसका लागि अझै एक सय वर्ष लाग्न सक्छ । के तबसम्म कुरा बुझेका मानिस पनि कुण्ठित र सधैं दुःखी भएर बस्ने त ? जे उपलब्ध छ त्यसैमा रमाउन सिकियो भने मात्रै सुखी हुन सकिने छ । अहिलेको मानिसमा यही कुराको अभाव छ ।
 - Janatasamchar.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक