20170127

गीत संगीत क्षेत्रकै एक जना "कलँक" प्रकाश ओझा १० वर्षको लागि जेल चलान !

गीत संगीत क्षेत्रकै एक जना "कलँक गायक" प्रकाश ओझालाई १० वर्षको जेल सजायको फैसला सुनाइएको छ । सर्वोच्च अदालतले गायक ओझालाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको हो । सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ । सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाएर फैसला गरेको हो । सुनसरी इटहरीका ओझालाई
सर्वोच्चले मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा माघ पहिलो साता नै ५–५ गरी १० वर्ष जेल सजाय सुनाएको थियो तर यो फैसला हालसम्म सार्वजनिक भएको थिएन । फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लुकिछिपी गीत संगीत रेकर्डिङको काम गर्दै आएका थिए । शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ओझालाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ । गायक तथा हास्य कलाकार ओझा ०५९ को यौनकाण्डमा दोषी ठहर भएका हुन् । ओझाले ज्योति खड्कालाई नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेका थिए । उनले त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए । उनले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग समेत अनैतिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए । त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ । यो घटनाकी पीडित जेसिका (ज्योति) खड्काले झण्डै दुई वर्ष अघि आत्महत्या गरेकी थिइन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक