20170315

शहिद शव्दलाई पैसाको तराजुमा तौलेर लोकतन्त्रले लोकलज्जाको विषय बनाइदिएको छ

- राजन कार्की
शहिदको मान, अपमान के भइरहेको छ ? शहिद प्रेरणाको श्रोत बनेको छ कि अवमूल्यन भइरहेको छ ? यसबारेमा विषद छलफलको आवश्यकता देखिन्छ । सत्ताको खेलमा लोक मरिरहेका छन् र तिनलाई शहिद घोषणा गरिहाल्ने र राज्यकोष दुरुपयोग गरिहाल्ने बनी बसिसक्यो नेताहरुलाई । शहिद पैसाको भोको हुन्न । शहिद त माटो, स्वाधीनता र राष्ट्रियताका लागि लड्ने सगरमाथा हो । त्यस्तो शव्दलाई पैसाको तराजुमा तौलेर लोकतन्त्रले लोकलज्जाको विषय बनाइदिएको छ ।
शहिदको सपना, शहिदको सहादत पैसामा तौलिन सकिन्छ ? वर्तमान नेतृत्व  तह पैसा भएपछि जे पनि हुन्छ भनेर एकातिर राष्ट्रियता पैसा र स्वार्थका लागि कमजोर पार्दै गएको छ, अर्कोतिर शहिदको परिभाषालाई बिकृत पार्दै लगेको छ, जुन क्रियाकलाप आफैमा राष्ट्रघात हो भन्दा फरक पर्दैन ।
देशमा राणा शासन थियो, राणा शासनविरुद्ध लाग्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई १९९७ सालमा गोली ठोकेर, झुण्ड्याएर मारियो । त्यो जहाुनीया शासन, यो लोकतान्त्रिक शासन । जहिले पनि सत्ताले शासन टिकाउन जनताको टाउकै उडाउनु पर्ने, गर्धन नै छिनाल्नुपर्ने, गोली नै ठोक्नुपर्ने ?
क्रमभंगताका भाषण धेरै भए, नैतिकपतन रोकिएन । स्वाधीनताका कुरा धेरै भए, नेपालीपन छिन्नभिन्न पार्ने राजनीतिलाई व्यापार बनाउनेहरुको बोलबाला छेकिएन । राजनीतिमा इमान भएन भने देश विग्रन्छ, नेपाल बिग्रिनुको मुल रोगव्याधि यही हो । बेइमानीको ओखती बनेको भए, मुलुक तन्दुरुस्त हुनेथियो, यसरी राष्ट्र ब्रमनालमा पुग्ने थिएन ।
०६३ सालको परिवर्तनपछि गिरिजाप्रसाद, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओलीपछि पुन: पुष्पकमल दाहाल प्रधानमन्त्री भए । यी सबैको कार्यकालमा जनता मारिएका छन् । १९ दिने जनआन्दोलनमा १९ मारिए, ०७२ सालको मधेस आन्दोलनमा ६ दर्जन मारिएछन् । ०७३ सालको फागुन २३ गते सप्तरीमा ४ जनालाई टाउकैमा गोली ठोकियो । किन टाउकोमा गोली हानेको भन्ने प्रश्न उठेपछि सुरक्षाकर्मीले बीचबचाउ गरे, गोली हान्दा प्रदर्शनकारी सुतेछन्, सुतेपछि टाउकोमा गोली लाग्नु स्वभाविक हो भन्ने अर्थ निकालेको छ पुष्पकमल दाहाल सरकारले ।
त्यसो भए राणा शासनका नरशमशेर र लोकतन्त्रका यी शासकहरुमा कति फरक भयो र ?
२००७ सालमा राणा शासन अन्त भएपछि पनि जनता मार्ने क्रम रोकिएन । २०१७ साल र त्यसपछि पनि पञ्चायत विरोधीहरुलाई मारिएकै हुन् । ०३६ सालमा पनि केही मारियो, ०४६ सालको परिवर्तन पनि जनताको रगत बगेपछि नै आएको हो । नेपालको शासन सत्ता जहिले पनि षडयन्त्र र हत्याकाण्डबाट परिवर्तन हुने चल्ने र फेरि परिवर्तन हुनेगरेको छ । यो क्रम १९०३ असोज ९ गते कोतमा शक्तिशालीहरुवीचको मारामारबाट सुरु भएको हो, जसलाई कोतपर्व भनिन्छ । यही कोतपर्व मच्चाउने योजनाकार जंगबहादुर १९१३ मा श्री ३ महाराज बने । त्यसपछि निरन्तर अनेक खालका कोतपर्वहरु भइरहेका छन् । अहिले सप्तरीमा जे देखियो, त्यो खुला कोतपर्व हो । १० वर्षे जनयुद्धमा यति ठूला ठूला अमानवीय हत्याकाण्डहरु भए कि त्यसको इतिबृतान्त पढ्ने हो भने हिटलरको इतिहास पढ्नै पर्दैन । २०६३ अघि र पछि, जति पनि महाराज बनेर सत्तासीन भएका छन्, ती सबै साना ठूला कोतपर्वका नायकहरु हुन् । तिनको जीवनी पढे थाहा हुन्छ, काुचुली फेरेकाहरु सबै रगतले नुहाएका राताम्मे देखिन्छन् ।
सत्य के हो भने काुढे भ्याकुर चलो नेपालमा मात्र पाइन्छ, कोतपर्व गर्ने मानसिकता भएका नेताहरु पनि नेपालमा मात्र छन् । त्यसकारण त कहावत छ– अजव नेपाल गजब काश्मीर ।
राजनीतिक परिवर्तनले राजकाज गर्नेहरुको परिवर्तन भइरह्यो, राष्ट्र र जनताको स्थिति र परिस्थितिमा कुनै परिवर्तन हुनसकेन । यसबारेमा कौटिल्यले भनेका छन्– जति बुढो भए पनि दुष्ट, दुष्ट नै रहन्छ । जति पाके पनि तीतोफल तितै रहन्छ । हाम्रा राजनीतिक नेताहरुको सन्दर्भमा गाउुले उखान ठ्याक्कै मिल्छ– आफु भने काली, नाकमा लाउने बुलाकी । त्यसकारण त नेता र तिनका निकटहरु नवसम्भ्रान्त भए, देश र जनता टीवी रोग लागेको बिरामीजस्तो टीठलाग्दा बन्दै गएका छन् ।
लोकतान्त्रिक नेताहरुले गजबको परिपाटी बसालेका छन्– कोही मर्‍यो कि पार्टीको झण्डा ओढाइहाल्ने र उसलाई शहिद घोषणा गरिहाल्ने । शहिद भनिदिएपछि सरकारबाट १० लाख निकासा गरिहाल्ने । जुन पार्टी सरकरमा गयो, आफ्ना पार्टीका कार्यकर्ता सडक दुर्घटना, रुखबाट खसेर, कालगतिले मरेका सम्मलाई पनि शहिद घोषणा गरिएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार झण्डै १५ सयभन्दा बढी शहिद घोषणा गरेर रकम निकासा दिइसकिएछ । कुनै दिन नेताहरुले शहिदमा घोषणामा पनि कोटा प्रणाली लागु गरेर दुर्घटना, झडप, राजनीतिक शहिदको शीर्षक राख्न बेर छैन । किनभने नागरिक मारेर सत्ता र शक्ति आर्जन गर्ने जुन रोग लागेको छ नेताहरुलाई ।
लोकपद्धतिमा लोकमत, लोकसम्मति कसरी आर्जन गर्ने भन्ने लोकमार्ग हुन्छ, लोकतन्त्रको सुगारटान गर्नेहरुले लोकमार्गमा न उभिन सके, न हिड्न । नैतिकता गौण र सत्तास्वार्थ प्रधान हुने गरेकार परम्परागत सोचलाई नेताहरुले बदल्न सकेनन्, सुधारिन सकेनन् र राजनीतिलाई व्यवसाय बनाइरहेका छन् । आफ्नो व्यवसायमा अलिकति धक्का लाग्ने भयो भने यमराज हुन बेर मान्दैनन् यिनीहरु ।
नेपालमा हिजोको बर्माको जस्तो जंगी शासन छैन, न त बंगलादेशमा लागु गरिएको एर्सादको जस्तो जंगी कानुन नै लागु भएको छ । कुनै बेला इन्दिरा गान्धीले लगाएको जस्तो आपातकाल पनि लागेको छैन । ०६३ सालको परिवर्तनपछि खुलेको लोकतान्त्रिक मार्गमा कुनै बाधा अड्चन छ भने त्यो नेताहरुको सत्ताप्रतिको हिंस्रक मनस्थितिमात्र हो । हिंस्रक सोच बोकेर र सत्ताको र्‍याल काढेर नागरिकको टाउकोमा गोली ठोकेर र मानसिक अन्याय, यातना दिएर कुशासकहरु सधैं लोकतान्त्रिक साइनबोर्डमुनी जंगे शासन चलाइरहन सक्लान् ?
नेपाली सेना छ, सेना राजनीतिबाट अलग छ र प्राप्त सुचनाको संश्लेषण, विश्लेषण, सेन्सर गरेर सतर्क भइरहेको छ । संविधानले सेनालाई जंगी शासनको अधिकार दिएको छैन, नभएको अधिकार खोज्ने चासो सेनाले गरेको पनि देखिदैन । तैपनि सेनाले बोल्यो– अखण्डताविरुद्ध कुनै पनि हदसम्म जान र देशको अखण्डता बचाउन नेपाली सेना तैयार छ । सेना सदैव संवैधानिक निर्देशको पक्षमा अडिग रहेको देखिन्छ । यही एउटा संस्था छ, जसलाई राजनीतिकरणको ऐंजेरु खान सकेको छैन ।
लिथुआनियामा गोली ठोकेपछि गोर्वाचोभको ख्याति शुन्य हुनपुग्यो । स्टालीन मर्नासाथ सुरु भएको रुसभरिबाट उनको सालिक उखेलियो । तियानमेन चोकमा टेंकले मान्छे पेलाएपछि देङ सियाओपेङको मलमले आदर खद्दर हुनपुग्यो । नेपालका कम्युनिष्टहरुले बुझ्नुपर्ने हो, आमाको त त्यो गति, कान्छामामाको कुन गति ?
तैपनि क्रान्ति बन्दुकको नालबाट आउुछ भन्न छाडेका छैनन् यिनले । दिल्लीले दम दिएर नचाएका पुतलीजस्ता माओवादी, १२ बुुदेमा सही गरेर लोकतन्त्रमा फर्किए र यही लोकतन्त्रले तिनलाई पटक पटक सत्ता दिलायो । तैपनि नागरिकलाई आगोमा झोसेर खली खान छाडेका छैनन् । नानीदेखिको बानी– जो रक्तपिपासु ड्याकुल्लाजस्ता छन्, रगत नपिएसम्म यिनको आुत भरिन्न, तिर्खा मेटिन्न । त्यसैले फागुन २९ गतेको होली, फागुन २३ गते नै रक्तपात मच्चाएर खेले, मनाए । लाग्छ, नेपालमा मान्छेको मुल्यभन्दा गोली सस्तो हुनथाल्यो । मानौं, गोली कालीमाटी तरकारी बजारको सबैभन्दा सस्तो बन्दाकोवी हो ।
अरु भुरे टाकुरे दल निर्णायक विकल्प हुने कहिले हो कहिले ? रह्यो ठूलो पार्टी नेपाली कांग्रेसको कुरा । पहिले कांग्रेस सकिए देश सकिन्छ भन्नेहरु अहिले कांग्रेस नरहे प्रजातन्त्र रहन्न भन्न थालेका छन् । जब कि पञ्चायत हुुदा पनि देश सकिएन । ०४६ सालपछिको कांग्रेसी शासन र अहिले पनि शासनमै रहेको कांग्रेस रहदा पनि प्रजातन्त्र बलियो हुनसकेन । आतंक हिजो थियो, आतंक आज छ । आततायी नउल्टिएसम्म लोकतन्त्रको विकृति र विसंगति सुल्टिन्न । एकजना लेखकले कतै लेखेका थिए– देवदत्तको घाइते रजहाुसलाई कुन शिद्धार्थले बचाउला ? नेपाल र नेपाली त्यही देवदत्तको घाइते रजहाुस हो ? आज बुद्धको जन्मथलो शिद्धार्थको खोजीमा छ ।
सुन्निएर मोटाउनु र गोली ठोकेर बलियो हुनु, नेताहरुको दृष्टि भ्रम हो । बन्दुकले लोकतन्त्रलाई खरानी बनाउुछ, नेता र पद्धतिलाई खरानी घसाउुछ भन्ने सत्य हाम्रा सान्चा पहलमानीमा विश्वास गर्ने नेताहरुले कहिले बुझ्लान् ?
यो रगतको राजनीति गनाउन थाल्यो । देशैभरि दुर्गन्ध फैलाउन थाल्यो । जुन लोकतन्त्रमा राजनीतिक दलहरु मिलेर जातीय, भेगीय, भाषा र क्षेत्रीयतावाद मिसाउने निधो गरे, अव नेपाल इरानको सिया र सुन्नी, अफ्रिकाको हुतु र तुत्सीको जस्तो द्वन्द्व निम्त्यायौं । अझै सुधार गर्न सकिन्छ तर सत्ता लम्पट र विदेशीका सामु लम्पसार पर्नेहरु सुधार होइन, सत्ताकै पछि पछि भैंसीको किर्ना टाुसिएझैं टास्सिएर राष्ट्र र जनताको रगत चुसिरहेका छन् । यो क्रम, यो चलन, यो तरिका नरोकिने हो भने आधुनिक कौरव वंशको बिनासलीला कसैले रोक्न सक्नेछैनन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक