20170305

प्रेम सँग्रौलाले प्रस्तुत गरे नेपालको बर्तमान अवस्थाको कहालीलाग्दो तथ्यांक !


Nepal's position in global economies with its underlying development indicators' विषयक एक दिने कार्यशालामा विश्व बैंकमा लामो समयसम्म बरिष्ठ अर्थशाश्त्रीका रुपमा कार्यरत प्रेम सँग्रौलाले प्रस्तुत गर्नुभएको कार्यपत्र सुनेकी हेरेकी मन कुमारी थापालाई कार्यक्रम सकिएको २४ घण्टा बित्न लाग्दा पनि कार्यक्रमको ह्याङओभर उत्रेको रहेनछ । वहाँले नेपाल मदर सँग भन्नुभयो - देश त खत्तमै पारेछन हाम्रा शाशकहरुले । प्रेमजीले प्रस्तुत गर्नुभएको देशको बर्तमान अवस्थाको सचित्र तथ्यांक हेर्दा मन रोयो । पति भूपनारायण घर्तिमगर सँग कार्यक्रममा पुगेकी उनले कार्यक्रममा पनि र कार्यक्रम बाट फर्के पछि श्रीमान श्रीमती दुबै ति तथ्यांक र देशको अवस्थाका बारेमा राती सम्मा निन्द्रा बिथोलिने गरी छलफल गरेपछी श्रीमान घर्तिमगरले नेपाल मदर सँग तितो पोख्नुभयो - के कारण देशको यो अवस्था भयो ? हामी किन यस्तो बिकराल अवस्थामा पुग्यौं ? देशको अवस्था यस्तो बनाउने नेताहरु, शासकहरुलाई यहाँ बिदेशमा पनि हामी एयरपोर्ट सम्म पुगेर फुलमालाले किन स्वागत गर्छौं ? देश यसरी किन बिग्र्यो भनेर खोइ हामीले उनिहरुलाई प्रश्न गरेको ? हामीहरुनै गलत छौं अनी नेता कसरी सच्चिउन ! देश कसरी उभो लागोस । वहाँले प्रेम  सँग्रौलाजीको तथ्यांक र कार्यपत्र हेर्दा मन भरी आक्रोस पैदा भएको अनुभब सुनाउनुभयो । बरिष्ठ अर्थशास्त्री गोबिन्द तिमल्सिनाले संचालन गर्नु भएको सो कार्यक्रममा वासिंटन डिसी वरपरका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की, इकोनोमिक कन्सुलर कैलाश पोखरेल , डा. श्याम थापा, पवन खनाल, प्रकाश नेपाल, गोपाल रेग्मी, डा. अनुप
पहाडी, ठाकुर ढकाल, मन थापा, डा. गोपी उप्रेती, डमरू अधिकारी, बिपिन पाठक, नानीराम पोखरेल, भूपनारायण घर्तिमगर लगायत आदिले प्रस्तुत कार्यपत्र उपर आ अाफ्ना धारणा राख्नुभएको थियो । विश्व बैंकमा कार्यरत अर्थशाश्त्री द्वय प्रेम सँग्रौला र गोबिन्द तिम्सिनासँग नेपालको अर्थतन्त्र, तथ्यांक सहित समसामयिक बिषयमा बिशेष भिडियो  कुराकानी हामी यथाशिघ्र नेपाल मदरमा प्रकाशन गर्दैछौँ प्रतिक्षा गर्नुहोला । धन्यवाद ।
कार्यक्रम का केही तस्बीरहरु :


कार्यक्रमको समाप्ति पछि कार्यपत्र प्रस्तोता सँग्रौलाले यसरी धन्यवाद ज्ञापन गर्नुभएको छ :
Dear friends,
Thank you for attending the talk program on Nepal's position in global economies with its underlying development indicators'. Our special thanks go to the honorable ambassador Dr. Arjun Karki, the Nepalese Embassy staff and families, and all distinguished participants.

All of you made the discussion much more interesting and interactive and hence very fruitful. Our special thanks to eNepalese and DCNepal for your full coverage of the event. We really appreciate your unconditional contribution to the community. We hope that all of you found the seminar informative and worthwhile. Our primary goal was to convey messages from available data related to Nepal and countries around the world. I, as a presenter, really enjoyed your active participation. You were a great group and your enthusiasm and positive spirit helped make our time together both productive and fun filled. Thank you for your comments and suggestions and I assure you that each of your suggestions will be considered so that the future seminar will be even more successful. If you have any questions regarding this topic and any specific issue, please feel free to contact me.
Thank you.

- Prem Sangraula         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक