- चेतन सिटौला
साधना
ॐ गुरुवे नमः धर्मो सक्षति रक्षितः जस्ले धर्मको रक्षा गर्छ उस्लाई धर्मले स्वतः नै रक्षा गरिरहेकै हुन्छ ।
नांगा वावा सम्बन्धमा आफ्नो विचार राख्नु हुने सम्पूर्ण महिला तथा सज्जनबृन्दमा यहाँहरुको आफ्नो गच्छे (कोही बलबडा, कोहि धनबडा, कोही उमेरबडा, कोही मानवडा, कोही सानबडा) अनुसारको अभिभादन छ । तर शास्त्र त भन्छः
बल न धनबड़ा मान न सानवडा उमेरवडा न कोइ ।
सवबडा अज्ञान मात्रका ज्ञानभन्दा बडा न कोइ ।।
सर्वप्रथम हामीले धर्म के हो भन्ने बिषयमा नै बुझन जरुरी छ । हामीले धर्म भनेको हिन्दु धर्म भन्ने बुझने गरेका छौ। जो सरासर गलत छ । हिन्दु धर्मलाई नै धर्म मान्ने हो भने पनि यसको नाम बैदिक सनातन हिन्दु धर्म हो । तर मानिसको वास्तविक धर्म भनेको यो लोक र परलोक दुबै सुधारी मोक्षको लागी निरन्तर प्रयन्त गरिरहनु हो । वैदिक सनातन हिन्दु धर्म भने मोक्ष प्राप्तकालागि अवलम्बन गरिने एक मार्ग मात्र हो । त्यस्ता मार्ग भने समाजमा धेरै छन् जस्तैः बुद्धीजम, जैनीजम आदी । तर जुनसुकै मार्ग लिएपनि अन्तिम लक्ष्य भनेको
मोक्ष वा इश्वर प्राप्ती नै हो ।
मोक्ष के हो ? मानिसको मस्तिष्कमा यतीधेरै बल हुन्छ कि जसको बर्णन गर्न सकिदैन । मानिसका विचार मस्तिष्कमा उत्पन्न हुन्छन् । प्रत्येक स्वस्थ्य मानिसका प्रत्येक स्वासमा ३ नयां अथवा मिनेटमा ४८ देखि ५४ तक नयां विचार उत्पन्न हुन्छन् । नित्य साधानाले मस्तिष्कमा उत्पन्न हुने सवै विचारहरुलाई शान्त गराई हाम्रो पार्थिव शरिर र यसभित्र रहने अरु ४ सुक्ष्म शरिर समेत जम्मा ५ शरिरलाई समेत शान्त राख्नु वा यी पाँचै शरिरलाई आत्मा र परमात्माको एकआपसको प्रत्यक्ष सम्बन्धसम्म पु¥याउनु मोक्ष हो ।
आत्मा र परमात्मा भनेको के हो ? र यो कहाँ हुन्छ ?
आत्मा भनेको परमात्माको अँश हो र परमात्मा भनेको परमआत्मा वा सतचिदआनन्द स्वरुप परमब्रह्म मरमेश्वर हो । आत्मा जीवित प्राणीका शरिरमा वास गर्छ भने परमात्मा आकाशपातालमा सर्वत्र फैलिएको हुन्छ । परमात्मा भनेको हाम्रा नजिकै रहेको एटलान्टीक ओसन जस्तै हो भने आत्मा भनेको एटलान्टीक ओसनबाट एक गाग्रो पानी उठाई ल्याएर हाम्रो घरमा राख्नु र फेरी त्यो पानी त्यै समुन्द्रमा मिसाई दिनु त्यो पानीको मोक्ष मानिन्छ ।
५ शरिर भनेको के हो ? र यो कहाँ हुन्छ ? र यी शरिरमा को बस्छ ?
१. अन्नमय कोषः यस शरिरलाई पार्थिव वा स्थुल शरिर भनिन्छ । यसलाई देख्न पनि सकिन्छ । यस शरिरभित्र अरु ४ शरिरहरु वास गर्छन । यो शरिर पञ्चतत्वले बनेको हुन्छ । यस शरिरको मुख्य केन्द्र भनेको मस्तिष्क हो । मानिसका सबै विचारहरु मस्तिष्कमा नै पानीका फोका उठे झै उठ्छन र फुट्ने गर्छन । यिनै विचारका आधारमा मानिसको व्यक्तित्व निर्माण हुने गर्छ । यी विचारहरुलाई पुरै शान्त गराउनका लागि साधना गर्नु पर्ने हो ।
२. प्राणमय कोषः यस शरिरदेखि सुक्ष्म शरिर शुरु हुन्छ । यस प्राणमयकोषमा प्राण बस्दछ । वा प्राणमयकोष शरिरको स्वामी प्राण हो । शरिरलाई छाया जस्तै मानेपनि हुन्छ । यो सुक्ष्म हुनाले सिद्घी प्राप्त नगर्ने व्यक्तिले देख्न सक्दैन । प्राणमयकोष शरिर अन्नमयकोष शरिरभित्र बस्ने गर्छ ।
३. मनोमयकोषः यो शरिर प्राणमयकोषभन्दा पनि सुक्ष्म हुन्छ । यो मनको विचारबाट बनेको हुन्छ । अथवा मनोमयकोष शरिरको स्वामी मन हो । जसले सिद्घी प्राप्त गरेको छ त्यसले मात्र यस शरिरलाई देख्न सक्दछ । मनुस्यको मृत्युपश्चात जीवात्मा मनोमयकोषको रुपधारण गरी सवै राम्रा नराम्रा वा पाप धर्मको हिसावकिताव प्रारब्धको रुपमा यसै शरिरमार्फत अगाडि जान्छ । मनोमयकोष शरिर प्राणमयकोष शरिरभित्र वास गर्ने गर्छ ।
४.विज्ञानमयकोषः यो शरिर मनोमयकोषभन्दा पनि सुक्ष्म हुन्छ । यसै शरिरम मानिसको सबै ज्ञानविज्ञान चेतना बसेको हुन्छ । विज्ञानमयकोषको स्वामी बुद्धि हो । यस शरिरलाई पनि सिद्घी प्राप्त गर्ने व्यक्तिले मात्र देख्नसक्छ । यो शरिर मनोमयकोष शरिरभित्र बास गर्ने गर्छ । यस शरिरका पनि सबै अंगप्रत्याङ्गहरु छायाकै रुपमा टाउकाको केशदेखि खुट्टाको नङको टुप्पासम्म फैलिएका हुन्छन् ।
५.आनन्दमयकोषः यो आनन्दमयकोष शरिर अतिसुक्ष्म हुन्छ, र यसै शरिरमा आत्मा बास गर्छ । अथवा यस शरिरको स्वामी आत्मा हो । परमात्मासंग सम्पर्क गर्न सक्ने शरिर भनेको यहि शरिर हो । तर ज्ञानीहरु वा शास्त्र भन्छ मानिसको समय खराव आएको वेला ज्ञान वा बुद्धिले पनि आत्मालाई सहयोग गर्दैन भने मन त झन सँधै आफ्नो स्वार्थमा मोजमस्तीका लागि आत्मालाई गलत सल्लाह दिईरहन्छ ।
साधना के हो ? के साधना विना मोक्ष सम्भव छ ?
मानव शास्त्रको नियम के छ भने जो बात बार—बार मनमा उत्पन्न हुन्छ त्यहि विश्वास रुपमा वदलिन्छ र आफ्नो मन तथा शरिरका सम्बन्धमा जस्को जस्तो विश्वास हुन्छ त्यस्तै नै लक्षण प्रकट हुन्छ । “यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी” जस्तो जस्तो भावना हुन्छ, उस्लाई त्यस्तै सिद्धि प्राप्त हुन्छ । सत्यता नै प्रसन्नताकी जननी हुन भन्नुहुन्छ वावा खप्तड स्वामी र साधना विना मोक्ष सम्भव छैन । जसरी निरन्तर सम्पर्कमा आउने मित्रका सम्बन्धमा उसको सवै हालखवर हामीलाई सम्झना हुन्छ त्यस्तैगरी हामी नित्य जे साधना गर्ने गछौं त्यहीमात्र विषयमा हामी अभ्यस्त हुन्छौं । हामीएकाग्र चित्तले मनुस्य जुन वस्तुको कामना गर्छ, त्यो बस्तु उसलाई कल्पना मात्रैले प्राप्त हुन्छ । “यं यं काम कामयते सोद्रस्य सङ्कल्पादेव समुत्तिष्ठति ” छन्दोग्य उपनिषद् । यसको अर्थ हामीले चाहेमा प्राप्त नहुने केही छैन ।
मानिसहरू मोक्षका लागि धर्मका नाममा साधना गर्ने मार्गहरू भने बिभिन्न अपनाउने गर्छन । कोही पुजापाठ गर्छन, कोही तन्त्रमन्त्रमा सिद्धी प्राप्त गर्छन, कोही गीता, भागवत सुन्छन, कोही नाम जप्छन, कोही कुनै एक भगवानको ध्यान गर्छन, कोही कसैको पनि ध्यान नगरी सतचीत आनन्द शुन्य स्वरूप भगवानको आरधना गर्छन । समाजमा मानिसहरु ३ प्रकारका हुन्छन । १. साधनमुखी वा भौतिकबादी वा तमगुणीः २. भाौतिक साधनको उपभोग गर्दै साधना गर्ने वा भौतिक र अध्यात्म दुबैलाई अगाल्ने वा रजोगुणीः ३. साधना नै जीवनको लक्ष्य संझने अध्यात्मवादी वा सतगुणी ।
४ जात भनेको के हो ? साधनामा ब्राह्मण जातीको के स्थान छ ? मानिसहरु सबै जन्मदा शुद्र जातको जन्मन्छन र ज्ञान ,सस्कार र उच्च जीवन शैलीले मानिस बिस्तारै शुद्रबाट बैश्य, बैश्यबाट क्षेत्री, क्षेत्रीबाट, ब्राहमण बन्दछ । यो ४ जातसम्बन्धी नाम जन्मदै प्राप्त गर्ने संज्ञा नभईकन ज्ञान संस्कार र उच्च जीवनशैलीले प्राप्त गर्ने एक पुरस्कार जस्तै ओहदा हो । तर हाम्रो समाजमा जानकारहरूले आफ्नो कुल उच्च देखाउने लोभको कारण गलत प्रथा बस्न गै कालान्तरमा समाज नै भताभुङ्ग हुन पुग्यो । हामी सबैले जानेकै हो कि नारदमुनी एक दासीपुत्र थिए । ब्रह्मर्षि विश्वामित्र एक क्षेत्रीय राजकुलमा जन्मीएर धेरै बर्ष राज्य गरे पश्चात ज्ञान प्राप्त गरेरै ब्रह्मर्षि बनेका हुन । ब्रह्मर्षि बाल्मीकीलाई नचिन्ने को होला र । स्वामी प्रपन्नाचार्यलाई झन हामी सबैले चिनेकै हो । त्यसैले यी माथीका विभूतिहरु पहिले ज्ञान हासिल गरी ब्राह्मण बने त्यसपछि स्वामी वा ऋषि वा महर्षि वा ब्रह्मर्षि अस्तु । ॐतत्सत
( लेखक चेतन सिटौला धार्मिक, सामाजिक आभियन्ता र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीको सल्लहाकार पनि हुनुहुन्छ - सम्पादक )

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक