20170311

लाश माथिको राजनीति !

 सप्तरीमा  गएको  सोमबार प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका पाँच जनाको शवयात्रा शनिबार भएको छ । लगातार पानी परे पनि दिउँसो साढे एक बजेबाट शवयात्रा निकालिएको हो । शवयात्रामा मोर्चाका नेतासहित धेरै मानिसको सहभागीता छ । राजविराजबाट निकालिएको शवयात्रा तोपा, मन्सापुर, हनुमाननगर, भारदह, बरमझिया, कञ्चनपुर, रुपनगर, महुली, विरेन्द्र बजार, सितापुर, रुपनी, शम्भुनाथ, कठौना, कल्याणपुर, खर्चुहिया, कडरबोना, कुशहा बजार हुँदै सिरहाको लहानस्थित शहिद चौकसम्म परिक्रमा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले जनाएको छ ।
शवयात्रा पश्चात अन्तिम संस्कारकालागि शव परिवारजनको जिम्मा लगाइने मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवले जानकारी दिएका छन् । शवयात्रामा संघीय गठबन्धन एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, पूर्वमन्त्री राजलाल यादवलगायतका केन्द्रीय नेताको सहभागिता छ ।
प्रहरीको गोली लागेर मलेठ–२ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पिताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरीका ३५ वर्षिय सिनियर अहेव आनन्दकुमार साह, मलेठ–४ का विरेन्द्र महतो र जमुनी मधेपुरा–१ कौटवीका ५० वर्षिय ईनरदेव यादवको ज्यान गएको  थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक