20170326

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले सपथ सहित कार्यभार शुरु गर्‍यो

अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फ बाट प्रमाणपत्र हस्तान्तरण
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार शुरु गरेको छ । अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फ बाट प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यस अघि गत दुई बर्षको आर्थिक प्रतिबेदन पुस्कर पन्त र अनेसास डिसीले गरेका कार्यहरुको प्रतिबेदन अध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । सविना अर्जेल र पूर्व उपाध्यक्ष भूपनारायण घर्तिमगरले संचालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका तर्फबाट प्रमुख थापाले अध्यक्ष खनाललाई निर्वाचन प्रतिबेदन हस्तान्तरण समेत
गर्नुभएको उक्त कार्यक्रममा "अनेसास ईतिहास" पुस्तक सार्वजनिक समेत गरिएको थियो ।
संस्थाका संस्थापक होमनाथ सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरुको घोषणा गर्दै वहाँहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । भर्जिनियाको मनासस शहरमा सम्पन्न उक्त कार्यक्रममा प्रेम सङ्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, निलकण्ठ सुबेदी, चेतन सिटौला, नीता श्रेष्ठ लगायतका कवि कवयित्रीका रचना पाथ गरिएका थिए । निर्वाचन समितिका आयुक्त सुजित अर्जेलको स्वागत भासणमा सम्पन्न उक्त कार्यक्रममा अनेसास डिसीका पूर्व अध्यक्ष एबम दुई बर्षका लागि पुन सर्ब सम्मत अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत संगीत, कला र सँस्कृतिका केही गर्ने हाम्रो अठोटमा यहाँ हरु सबैको साथ र सहयोग जारी रहनेनै छ भन्ने कुरामा हामी पूर्ण बिस्वस्त छौं भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका तर्फ बाट साहित्यकार सीता पाण्डेलाई सम्मान  गर्नुभयो भने समीक्ष्या सापकोटालाई प्रशँशा पत्र प्रदान गर्नुभयो ।   कार्यक्रमका तस्बीरहरु आफै यसरी समाचार बोल्छन ।
     
                  धन्यवाद र आभार ब्यक्त गर्दछु ।  


  "गीत संगीत, कला, सँस्कृति, नेपाली भाषा र साहित्य
देश बिदेश जहाँ रहे पनि त्यसलाई जोगाउनु हाम्रो दायित्व"
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्ष पदमा मलाई दोस्रो पटक पनि निर्बिरोध रुपमा, सर्ब सम्मत रुपमा चयन गर्नुहुने समस्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का आजिबन सदस्यज्यूहरु, सदस्यज्यूहरु, संस्थाका संस्थापकहरु देखी अन्य हस्तिहरु सम्म सबै प्रति आभार प्रकट गर्दछु । नेपाली फोहोरी राजनीतिले ग्रस्त डायस्पोरा र त्यसैमा पनि अमेरिकाको वाशिङ्टन डिसी मा बसेर राजनीति भन्दा अलग रहेर, माथि उठेर अगाडि बढ्न कम चुनौती छैन यद्यपी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी जस्तो ठुलो, महत्वपूर्ण कमिटीमा बसेर, राजनीति बाट टाढा रहेर, नेपाली भाषा, साहित्य, गीत संगीत, कला, सँस्कृतिको लागि, नेपाली मन र नेपाली पनका लागि योगदान दिन पाउनु म र मेरो टिमको अहोभाग्य हो । बिगत दुई बर्षमा हामीले जे गर्यौँ त्यो सबैका आँखा अगाडि छर्लङ्गछ अब फेरी दुई बर्षका लागि म र मेरो नयाँ टिमलाई थप जिम्मेवारी काँधमा आएको छ । हामी कुरा गरेर होइन व्यबहारमा उतारेर देखाएका छौं र देखाउने छौं । यस अबसरमा म कमिटीका निबर्तमान साथीहरुलाई हृदय देखिनै धन्यवाद दिँदै नयाँ टिममा आउनुभएका साथीहरुलाई स्वागत गर्दछु र  साथ र सहयोगका लागि अनुरोध गर्दछु । नेपाली भाषा, साहित्य, गीत संगीत, कला, सँस्कृतिको लागि हाम्रो संस्था अलग ढंगले, स्वतन्त्र रुपमा अगाडि बढ्ने म प्रतिबध्दता ब्यक्त गर्न चाहन्छु । धन्यवाद ।
                           - रामप्रसाद खनाल - अध्यक्ष
                     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
                      वाशिङ्टन डिसी मेट्रो कमिटीअमेरिका
                           -
                          *************************************************

 
 








 



























 













































निर्बाचित  कार्य समितीको नामावली:-

 :- रामप्रसाद खनाल: -  अध्यक्ष
:- अरूण रूपाखेती: - उपाध्यक्ष
:- बिमला निरौला: - उपाध्यक्ष
:- रजनी श्रेष्ठ: - उपाध्यक्ष
:- भुपनारायण घर्तिमगर: - महा-सचिव
:- नीरा शर्मा:- सचिब
:- पुष्कर पन्त: - कोषाध्यक्ष 
:- अनिल खनाल:- सदस्य
:- रबीन्द्र श्रेष्ठ: - सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : - सदस्य
१३:- नीलकण्ठ सुबेदी: - सदस्य
१४:- कृष्ण अधिकारी: - सदस्य
१५:- बृहस्पति लम्साल: - सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: - सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: - सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: - सदस्य
२२:- सुनीता खत्री : - सदस्य
२३:- बिना घर्तिमगर: - सदस्य 
२४- मनिषा प्रसाईसदस्य 
२५ - अम्बिका गुरुङ :  सदस्य
२६ - कृष्ण पुडासैनी
२७-   बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर 
सँरक्षक र सल्लाहकारको नामावली

 १ - सँरक्षक - होमनाथ सुबेदी 

सल्लाहकारहरु:

२ – डा. गुण सुबेदी

३ – डा. रघुनाथ अर्याल

४ - डा. अनिल सुवाल

५ – डा. राजेश सुबेदी

६ – डा. सुरेश बस्नेत

७ – डा. सुनिल शर्मा

८ – डा. राजु बिक

९ – डा. जुडी फ्रेडिक्सन

१० – डा. नन्दिता सुबेदी

११ – डा. रेहा पोखरेल

१२ – डा. कबिता घिमिरे

 १३ – डा. होम बहादुर थापा

१४ - अशोकनाथ तिवारी

१५ - मन कुमारी थापा

१६ - सुजीत अर्जेल

१७ - गोबिन्द मैनाली

१८ - प्रेम सङ्रौला

१९ - मोनिका माली

२० - शरद निरौला

२१ - हरि घिमिरे

२२ - हरिराज भट्टराई

२३ - बिजया शाह

२४ - प्रकाश नेपाल

२५ - भीम रेग्मी

२६ - मन्जु कार्की

२७ - सुदीपभद्र खनाल

२८ - राजिब मैनाली 
२९ - डा. गोपी उप्रेती
३०- चेतन सिटौला
३१- सीता पाण्डे
३२- पुरु सुबेदी
३३ - खिमानन्द आचार्य









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक