20170401

विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या : विश्व स्वास्थ्य सङ्गठन

विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भन्नुभयो, “यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।” गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ । त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् । मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी
चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ । मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ । कतिपयदेशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरै मात्रै लगानी गरिएको छ । मानसिक स्वास्थ्यको समस्या भएका झण्डै पचास प्रतिशतले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् । सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक