20170401

रबीन्द्र मिश्रको साझा पार्टीको "एकबाट तीन अभियान"


Sajha Party को आह्वानमा दर्जनौं एकाईहरु निर्माण भएका छन्। तिनै एकाईहरु नै पछि संगठनका आधारशिला हुनेछन्।
गत ३ हप्तामा देशभरी
त्यसका लागि साझा पार्टी हाल निर्माण भैसकेका हरेक समितिलाई आफू वरपरका टोलहरुमा कम्तिमा तीनवटा नयाँ समिति निर्माण गर्न सघाउन हार्दिक अपील गर्दछ, जसलाई हामीले ‘एकबाट तीन’ अभियानको सज्ञा दिएका छौं। नयाँ बन्ने समितिले पनि त्यही नीति अख्तियार गर्नु पर्नेछ। हामीले युद्धस्तरमा काम गर्नु पर्ने आवश्यकता भएकोले यो अभियानलाई सक्दो छिटो संचालन गर्न हामी विनम्र अनुरोध गर्दछौं।
***एकाइ निर्माणबारे हाम्रो मूल आह्वानको पूर्ण पाठ***
विभिन्न तहका एकाइहरूको द्रुत निर्माण पार्टीको रणनीतिको एउटा सबैभन्दा महत्वपूर्ण हिस्सा हो, किनभने तपाईंको सहभागिता बिना हाम्रो साझा सपना पूरा हुन सक्दैन। हामी ‘माध्यम’ मात्र हौं, परिवर्तनको वास्तविक वाहक तपाईं नै हो। त्यसैले संगठन निर्माणका लागि पार्टीले माथिबाट तल (Top-Down) होइन, मूलत: तलबाट
माथि (Bottom-Up) को नीति अख्तियार गरेको छ। सो कार्यका लागि हामीले निम्न लिखित बाटो अवलम्बन गर्ने निर्णय गरेका छौं।
-- तपाईं आजका मितिसम्म राजनीतिकरूपले स्वतन्त्र हुनुहोला या अन्य पार्टीसँग सक्रिय या निष्क्रिय रूपमा आबद्ध हुनु होला। स्वतन्त्र हुनुहुन्छ भने समस्यै भएन। तपाईं कुनै पार्टीमा आबद्ध हुनुहुन्छ या कुनै पार्टीलाई समर्थन गर्नुहुन्छ तर तपाईंलाई भित्री मनमा ‘म अहिले आवद्ध रहेको या मैले समर्थन गरेको पार्टीबाट कुनै पनि हालतमा यो देश बन्दैन” भन्ने लाग्छ भने तपाईं जहाँ भए पनि इमानका साथ छाती खोलेर साझा पार्टीको एकाइ निर्माणमा सक्रिय हुन हामी हार्दिक अपील गर्दछौं। पार्टीगत आस्थाभन्दा ठूलो देश हो; पार्टी साधनमात्र हो, साध्य होइन। इमान बेच्नु हुँदैन तर वस्तुगत स्थितिहरु बदलिएपछि इमान बोकेरै आस्था बदल्नु गलत हुँदैन भन्ने हाम्रो मान्यता हो।
-- कुनै पनि टोलमा १८ वर्ष उमेर पुगेका, साझा पार्टीको मूल्य-मान्यता र विधानप्रति विश्वास भएका ७ जना या त्योभन्दा बढी एकजुट भएमा उनीहरूले पार्टीको एकाइ गठन गर्न सक्नेछन्। यो देश हाम्रै जीवनकालमा समृद्ध बनाउने हो भने साझा पार्टीले राष्ट्रिय चुनाव कम्तीमा सामान्य बहुमत लेराएर जित्नैपर्छ र त्यसका लागि देशभरका हरेक गाउँ या टोलमा तपाईंले सक्दो छिटो एकाइहरू गठन गर्नुभएन भने हाम्रो सामूहिक सपना साकार हुनेछैन।
-- तपाईंले सबभन्दा तल्लो निकाय गठन गर्नु भएपछि मात्र त्योभन्दा माथिका एकाइहरु निर्माण हुँदै जानेछन्, किनभने हरेक तल्लो निकायबाट चुनिएका प्रमूख प्रतिनिधिहरू त्यो भन्दा माथिल्लो निकायका सदस्य हुनेछन्। यद्दपि हामी पार्टी निर्माणको प्रारम्भिक चरणमा हुनाले, आवश्यक परेको खण्डमा, पार्टीको संक्रमणकालीन विधानले पार्टी नेतृत्वलाई निश्चित निर्णहरु लिने अधिकार प्रदान गरेको छ।
-- पार्टीको केन्द्रीय संयोजन समितिको निर्णयका आधारमा प्रादेशिक संयोजन समितिहरू गठन हुनेछन् र प्रादेशिक संयोजन समितिले केन्द्रीय संयोजन समितिसँगको सल्लाहमा जिल्ला संयोजन समिति गठन गर्न सक्नेछ। जिल्ला संयोजन समितिको निर्णय र रोहबरमा संक्रमणकालीन अवधिका लागि गाउँपालिका/नगरपालिका/उप–महारनगरपालिका संयोजन समितिहरु बनाइनेछ।
-- त्यसरी निर्माण भएका एकाइहरूको संरचना, काम, कर्तव्य र अधिकार विधानले निर्दिष्ट गरे अनुरूप हुनेछ, जुन निर्माण हुने क्रममा छ।
-- एकाइ निर्माण गर्ने वित्तिकै त्यसको औपचारिक जानकारी ९८५१२५३००१ मा फोन गरेर साझा पार्टी, केन्द्रीय कार्यालयको संगठन विभागलाई गर्न हुन अनुरोध गर्दछौं।
- रबीन्द्र  मिश्र

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक