20170402

अराजकता र अस्थिरताको नमुना: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारलाई भौतिक कारवाही गर्ने निर्णय

पहिलो चरणमा निर्वाचन खारेजीको माग गर्दै पोस्टर टाँस्ने, दोस्रो चरणमा उम्मेदवार र जनतालाई चुनाव खारेजीबारे सम्झाउने, तेस्रो चरणमा सचेत गराउँदा पनि उम्मेदवारी दिए भौतिक कारवाही गर्ने, चौथो चरणमा गाउँ र नगरका बुथ कब्जा गर्ने र पाँचौ चरणमा विजयी उम्मेदवारलाई चुनाव सकेपछि भौतिक रुपमा कारवाही गर्ने रे ! 
- राजकुमार गोले


विप्लव नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारलाई भौतिक कारवाही गर्ने निर्णय गरेको छ । काभ्रेमा शनिबार भएको गोप्य भेलाले रणनीतिक योजना तयार पारेको हो । पूर्वी पश्चिम ताम्सालिङ राज्य समितिको आयोजनामा भएको भेलामा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, चितवन, धादिङ, नुवाकोट र रसुवाका करिव ४ सय कार्यकर्ता उपस्थित थिए । भेलालाई महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले विशेष सम्बोधन गरेका थिए । भेलामा सहभागि एक नेताले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । पार्टीको गोप्य भेलाले आधा दर्जन रणनीति तयार पारेको छ । पहिलो चरणमा निर्वाचन खारेजीको माग गर्दै पोस्टर टाँस्ने, दोस्रो चरणमा उम्मेदवार र
जनतालाई चुनाव खारेजीबारे सम्झाउने, तेस्रो चरणमा सचेत गराउँदा पनि उम्मेदवारी दिए भौतिक कारवाही गर्ने, चौथो चरणमा गाउँ र नगरका बुथ कब्जा गर्ने र पाँचौ चरणमा विजयी उम्मेदवारलाई चुनाव सकेपछि भौतिक रुपमा कारवाही गर्नेजस्ता रणनीति तयार पारेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार निर्वाचन बिथोल्ने कार्यक्रम रोक्न खोजे प्रतिकारमा उत्रने निर्णय समेत भेलाले गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक